• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा.केसीको जिवन रक्षाका लागि अप्रिय कदम चाल्न सक्ने संघको चेतावनी

January 19th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा.केसीको जिवन रक्षाका लागि अप्रिय कदम चाल्न सक्ने  संघको चेतावनी

हेल्थ टुडे,

काठमाडौं, ५ माघ  :  १६ औं पटक अनसन बसिरहेका त्रिवि शिक्षण अस्पतालका हाडजार्नी विशेषज्ञ डा.गोविन्द केसीको जिवन रक्षाका लागि सरकारले तत्काल पहल नगरे अप्रिय कदम चाल्न पछि नपर्ने नेपाल चिकित्सक संघले चेतावनी दिएको छ । अनसन बसेको ११ दिन भइसक्दा समेत सरकारले डा. केसीसँग गरेको सम्झौता कार्यन्वयन गर्न कुनै चासो नदेखाएकोमा गम्भिर चिन्ता व्यक्त गर्दै संघले शनिबार विज्ञप्ति मार्फत तत्काल केसीका माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ ।

सरकारको तर्फबाट गरिएको सम्झौताका सम्बन्धमा आफू अनुकुल व्याख्या गर्दै भ्रम सिर्जना गर्न खोजिएकोमा समेत संघले विरोध गरेको छ । संघका महासचिव डा. लोचन कार्कीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको अग्रसरतामै गरिएको सम्झौताका सम्बन्धमा  प्रधानमन्त्रीबाटै अलग परिस्थितिमा सम्झौता भएकोले संसदलाई आदेश गर्न नसक्ने भन्ने अत्यन्तै गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले नेपाल राष्ट्रको इज्जत र प्रतिष्ठामाथी नै आँच पुग्न गएको छ । ’

नेपाली जनतालाई सर्वसुलभ स्वास्थ्य सेवाको पहुँच पु¥याउनका लागि चिकित्सा शिक्षाका अभियन्तासँग सरकारले बारम्बार सम्झौता गर्ने, अनि सम्झौताको मसी सुक्न नपाउँदै सरकारकै तर्फबाट उल्लंघन गर्ने परिपाटीले नेपाल सरकारको गरिमा र छवीमाथी गम्भिर शंका उत्पन्न गरेकोमा संघले आपत्ति प्रकट गरेको छ ।   संघले भनेको छ, ‘सरकारनै गैरजिम्मेवार रुपमा प्रस्तुत भएर सम्झौता विपरितका क्रियाकलापलाई नै बढवा दिदै जाने हो भने समाजका बुद्धिजीवि, नागरिक समाज, विद्यार्थीहरु, स्वास्थ्यकर्मी, चिकित्सकहरु तथा सम्पूर्ण सर्वसाधारण जनताको विश्वास र भरोसाको बाँध नभत्किएला  भन्न सकिदैन । ’ नेपाली जनताको स्वास्थ्य सेवाका लागि आफ्नो ज्यानको बाजी लगाएर सत्याग्रहमा लाग्नु भएका डा.केसीको जीवन रक्षाका निम्ती संघ कुनै पनि बेला अप्रिय कदम उठाउन बाध्य हुने र त्यसबाट उत्पन्न हुने कुनै पनि परिस्थितिको जिम्मेवार नेपाल सरकार हुनु पर्ने संघले चेतावनी दिएको छ । संघका एक सदस्यका अनुसार डा.केसीको जिवन रक्षाका लागि संघले अस्पताल बन्दसम्मका कार्यक्रम अगाडि सार्ने जानकारी दिएको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुदूरपश्चिम प्रदेशमा फागुन ७ देखि विशेष स्वास्थ्य अभियान
Next article उत्तरी खोटाङमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ३ हजारले लिए सेवा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133248
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

48
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

56
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web