• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 8th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगीको संख्या बढ्दै

February 25th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगीको संख्या बढ्दै

धनगढी,१३ फागुन । कुष्ठरोग निवारण भएको मानिएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समयमा कुष्ठरोगीको सङ्ख्या बढ्न थालेको छ ।
रोगीको सङ्ख्या बढ्दै जाँदा कुष्ठरोग निवारणमा चुनौती समेत देखि थालेका छन् । विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड अनुसार प्रति १० हजार जनसङ्ख्यामा एक जनाभन्दा कम कुष्ठरोगी फेला परेको अवस्थामा यो रोग निवारण भएको मानिन्छ ।

तर सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र अछाम जिल्लामा पछिल्लो समय यो मापदण्डभन्दा बढी सङ्ख्याका बिरामी फेला परेका छन् । यी तीन जिल्लामा गएको वर्ष गरिएको खोजपड्तालका क्रममा लुकेर रहेका कुष्ठरोगी फेला परेका हुनसक्ने जनाइएको छ । नौ लाख एक हजार १७७ जनसङ्ख्या रहेको कैलालीमा १७४ जना, पाँच लाख आठ हजार १५० जनसङ्ख्या रहेको कञ्चनपुरमा ७४ जना र दुई लाख ७९ हजार ७५२ जनसङ्ख्या रहेको अछाममा २८ जना नयाँ रोगी खोजपड्तालका क्रममा फेला परेको स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रदेशका सबै नौ जिल्लामा भने गएको वर्ष जम्मा २९८ जना नयाँ कुष्ठरोगी फेला परेकामा यीमध्ये कम सर्नेभन्दा बढी सर्ने कुष्ठरोगी १०३ जना रहेको जनाइएको छ । विसं २०६६ मा नेपाललाई कुष्ठरोग निवारण भएको देश घोषणा गरिएको थियो । निवारणको घोषणापछि हालसम्म पनि राष्ट्रियस्तरमा निवारणको अवस्था कायम रहेको छ । यद्यपि नेपाल कुष्ठरोग निवारण देश घोषणा हुँदै गर्दाको समयमा देशका १२ जिल्लामा यो रोग निवारण भएको थिएन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आयातीत विषादीमध्ये ८५ प्रतिशत तरकारीमा प्रयोग हुने गरेको खुलासा
Next article खानेपानीमन्त्रीले गराइन स्तन र पाठेघरको जाँच

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132101
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web