• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 6th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

६ बुँदे घोषणापत्र जारी गर्दै सकियो राष्ट्रिय परिवार योजना सम्मेलन

March 19th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
६ बुँदे घोषणापत्र जारी गर्दै सकियो राष्ट्रिय परिवार योजना सम्मेलन

हेल्थ टुडे,

काठमाडौं, ५ चैत : ६ बुँदे घोषणापत्र जारी गर्दै मंगलबार राजधानीमा दुई दिने राष्ट्रिय  परिवार योजना सम्मेलन सम्पन्न भएको छ । परिवार नियोजन सेवाको पहूँच बाहिर रहेकाहरुलाई सेवाको पहूँच भित्र ल्याउन आवश्यक रणनीति तयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत परिवार कल्याण महासाखाले सम्मेलन आयोजना गरेको हो ।

सम्मेलन समापनका अवसरमा परिवार कल्याण महासाखाका निर्देशक डा. रामपदारथ बिच्छाले ६ बुँदे राष्ट्रिय परिवार योजना राष्ट्रिय सम्मेलन, २०७५ घोषणापत्र पढेर सुनाएका थिए । घोषणापत्रमा परिवार नियोजनको सेवाको पहूँच बाहिर रहेका समुदाय र भौगोलिक क्षेत्र पहिचान गरि नक्सांकन गरि लक्षित समूहका लागि सेवा बिस्तार गर्ने, एफपी २०२० को संकल्प अनुसार परिवार नियोजन सेवाको बजेट बढाउने, संघिय र स्थानिय तहमा परिवार नियोजनका सेवा पुनसंरचना गर्ने, विद्यालयको पाठ्यक्रममा अनिवार्य रुपमा वृहत्तर यौनिकता शिक्षा समावेश गर्ने, स्कुलहरुमा स्टाप नर्स मार्फत प्रजनन् स्वास्थ्य सेवा सुरु गर्ने र निजी संस्थाहरुको सहकार्यमा सेवा विस्तार गर्ने गरी ६ वटा बाचा गरिएको छ । निर्देशक डा. बिच्छाले सम्मेलन सोचे भन्दा सफल भएको दावी गर्दै सम्मेलनले नयाँ दिशा निर्देश दिएको बताए ।

समापन कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव चन्द्र घिमिरेले अहिले संघियताको नयाँ अनुभव गर्दे अगाडि बढ्दै गर्नु परेकाले परिवार नियोजन सेवामा केही समस्या विद्यमान रहेको स्विकार्दै सम्मेलनले यस क्षेत्रका समस्या पहिचान गरि अगाडि बढ्न मार्गप्रसस्त गरेको बताए । कार्यक्रममा यूएनएफपीएकी नेपाल प्रतिनिधि लुब्ना बाकीले नेपालको संसदले केही समय पहिले मात्र प्रजनन् स्वास्थ्य ऐन पास गरेर यौन तथा प्रजनन स्वास्थ्य अधिकारको क्षेत्रमा राम्रो काम गरेकोमा खुशी व्यक्त गर्दै अब यसको सफल कार्यन्वयनमा लाग्नु पर्ने बेला आइसकेको  बताइन । कार्यक्रममा यूएसएआईडीका नेत्र भट्ट, डिएफएआईडीका दीपक कार्की, स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. गुणराज लोहनी लगायतले सरकार र गैरसरकारी संस्थाहरुबिचको सहकार्यले परिवार नियोजनको सेवामा सहज पहूँच पुग्नेमा जोड दिए ।

यूएनएफपीए र आड्रा नेपालको मुख्य सहयोग र यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा कार्यरत २० भन्दा बढी गैरसरकारी संस्थाको सहयोगमा सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा भाग लिन यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी साडे ३ सयभन्दा बढी सहभागी थिए । सम्मेलनमा ३० वटा प्रस्तुतिकरण र २८ वटा पोस्टर प्रस्तुति गरिएको थियो । सम्मेलन सफल बनाउन उल्लेख्य भूमिका निभाउनेहरुलाई आयोजक परिवार कल्याण महासाखाका निर्देशक डा. बिच्छाले प्रमाण पत्र र मायाको चिनो प्रदान गर्दै आभार व्यक्त गरेका थिए । सम्मेलन सम्पन्न गर्न करिव ५४ लाख रुपैया खर्च भएको आयोजकले जनाएको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article काभ्रेपलाञ्चोकका तीन नाकामा बर्डफ्लू चेक प्वाइन्ट
Next article ट्रमा सेन्टरको कार्यकारी निर्देशकमा डा. यादव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Dec 3rd 2:48 PM
समाचार

साइमनको १५ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न

Dec 3rd 2:32 PM
समाचार

वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त

Nov 27th 3:22 PM
समाचार

एनएमए तेश्रो स्वास्थ्य सम्मेलन सम्पन्न, १६ बुँदे घोषणापत्र जारी

Nov 27th 6:14 AM
समाचार

कोरोनाबाट पहिलो मृत्यु भएकी सावित्रीको छोरालाई स्वास्थ्यमन्त्री बस्नेतले पढाईदिने

Nov 24th 4:16 PM
समाचार

एनएमए नेशनल हेल्थ समिट मंसिर १० देखि, तयारी पुरा

Nov 10th 11:25 AM
समाचार

न्याम्स र ससस्त्र प्रहरी अस्पतालबिच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी

Nov 9th 7:11 AM
समाचार

सर्वोच्चले भन्यो, आयुर्वेदिक औषधिमा पनि डब्लुएचओ जीएमपी अनिवार्य

Nov 9th 6:53 AM
समाचार

यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी परिवार नियोजन संघको अभिमुखीकरण सम्पन्न

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2386
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

8
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web