• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 10th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

तीन सातादेखि फैलिएको महामारीका कारण हुम्लामा मृत्यु हुनेको संख्या ९ पुग्यो,२ सय जना भन्दा बढी बिरामी

April 28th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
तीन सातादेखि फैलिएको महामारीका कारण हुम्लामा मृत्यु हुनेको संख्या ९ पुग्यो,२ सय जना भन्दा बढी बिरामी

हेल्थ टुडे,
हुम्ला,१५ बैशाखः तीन सातादेखि फैलिएको अज्ञात रोगका कारण हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिका–२ जिमाना गाउँमा मृत्यु हुनेको संख्या ९ पुगेको छ । गत चैत २६ गतयता फैलिएको महामारीले दुई सय बासिन्दा बिरामी परेपनि उनीहरूले अझै औषधि पाएका छैनन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ताँजाकोटमा मृत्यु हुनेको संख्या ९ पुगेको जनाएको छ ।

मृत्यु हुनेमा ताँजाकोट गाउँपालिकाकी ७५ वर्षीया कुसुकली रिठाल, ६० वर्षीय सुरजित खड्का, ५५ वर्षीय वीरबल रिठाल, ५५ वर्षीय रङ्गे काली, पाँच वर्षीया सुनकेस्रा सुनार, ७० वर्षीया अम्मकली मल्ल र ५५ वर्षीय लक्ष्य सुनारको मृत्यु भएको छ । यस्तै, ७६ वर्षीय बज्जिरे सुनार, दशमहिने बालक सञ्जीव थापाको महामारीबाट मृत्यु भएको छ ।

बिरामीमा टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने लक्षण देखिएको छ । परीक्षण नभएकाले रोग के हो भन्नेसमेत पहिचान हुन सकेको छैन । महामारीबाट मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा र बालबालिका छन् । ताँजाकोट गाउँपालिका वडा नम्बर १, २ र ३ मा दुई सय ५० भन्दा बढीमा रुघाखोकी र ज्वरो देखिएको स्थानीयले जनाएका छन् । संक्रमण देखिएको दुईदेखि चार दिनभित्रै बिरामीको मृत्यु हुने गरेको छ ।

सोहि गाउँमा रहेको मैला स्वास्थ्य चौकीका अहेव मोतीलाल जैसीका अनुसार दुई दिनअघि १० महिने बालकको समेत मृत्यु भएको छ । पूरै गाउँ इन्फ्लुएन्जाबाट प्रभावित भएको उनले जानकारी दिएका छन् । केन्द्र र प्रदेश सरकारको कुनै पनि स्वास्थ्य टोली अहिलेसम्म प्रभावित गाउँमा पुगेको छैन ।

मोटर बाटो नपुगेको सदरमुकाम सिमकोटबाट ४५ कोस टाढा पर्ने ताँजाकोट गाउँ पुग्न पैदल जान तीन दिन लाग्छ । प्रभावित क्षेत्रमा सरकारले अझै डाक्टर र औषधि पठाएको छैन । प्रदेश सरकारले शनिबार नेपालगञ्जबाट बाजुराको कोल्टीसम्म जहाजमा जाने र त्यहाँबाट पैदल पठाउने गरि शनिबार औषधि र उपकरणसहितको स्वास्थ्यकर्मी टोली खटाएका जनाएको छ । बाजुराको कोल्टीबाट पैदल ताँजाकोट पुग्न एक दिन लाग्छ । तर, प्रतिकूल मौसमका कारण कोल्टीका लागि जहाज उड्न नसकेपछि टोली नेपालगञ्जबाट अघि बढ्न सकेन ।

सुर्खेतबाट औषधिसहित चिकित्सकको टोली ताँजाकोट ल्याउन हेलिकोप्टर उपलब्ध गराइदिन हुम्ला जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रालयलाई पत्र पठाएको छ । तर, गृह मन्त्रालयले शनिबार अबरेसम्म पनि हेलिकोप्टर उपलब्ध गराउने निश्चित गरेको थिएन । आइतबार हेलिकोप्टर टुंगो लागेपछि स्वास्थ्यकर्मी र औषधिसहितको टोली पठाउने तयारी भईरहेको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले बताएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सरकारी चिकित्सकले दिएको अल्टिमेटम आज सकिँदै, माग पुरा नभए पुनः आन्दोलन गर्ने चेतावनी
Next article २० वर्षीया एक युवतीले जन्माइन् एकै पटक चार सन्तान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134439
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

42
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web