• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 20th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

तीन सातादेखि फैलिएको महामारीका कारण हुम्लामा मृत्यु हुनेको संख्या ९ पुग्यो,२ सय जना भन्दा बढी बिरामी

April 28th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
तीन सातादेखि फैलिएको महामारीका कारण हुम्लामा मृत्यु हुनेको संख्या ९ पुग्यो,२ सय जना भन्दा बढी बिरामी

हेल्थ टुडे,
हुम्ला,१५ बैशाखः तीन सातादेखि फैलिएको अज्ञात रोगका कारण हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिका–२ जिमाना गाउँमा मृत्यु हुनेको संख्या ९ पुगेको छ । गत चैत २६ गतयता फैलिएको महामारीले दुई सय बासिन्दा बिरामी परेपनि उनीहरूले अझै औषधि पाएका छैनन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ताँजाकोटमा मृत्यु हुनेको संख्या ९ पुगेको जनाएको छ ।

मृत्यु हुनेमा ताँजाकोट गाउँपालिकाकी ७५ वर्षीया कुसुकली रिठाल, ६० वर्षीय सुरजित खड्का, ५५ वर्षीय वीरबल रिठाल, ५५ वर्षीय रङ्गे काली, पाँच वर्षीया सुनकेस्रा सुनार, ७० वर्षीया अम्मकली मल्ल र ५५ वर्षीय लक्ष्य सुनारको मृत्यु भएको छ । यस्तै, ७६ वर्षीय बज्जिरे सुनार, दशमहिने बालक सञ्जीव थापाको महामारीबाट मृत्यु भएको छ ।

बिरामीमा टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने लक्षण देखिएको छ । परीक्षण नभएकाले रोग के हो भन्नेसमेत पहिचान हुन सकेको छैन । महामारीबाट मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा र बालबालिका छन् । ताँजाकोट गाउँपालिका वडा नम्बर १, २ र ३ मा दुई सय ५० भन्दा बढीमा रुघाखोकी र ज्वरो देखिएको स्थानीयले जनाएका छन् । संक्रमण देखिएको दुईदेखि चार दिनभित्रै बिरामीको मृत्यु हुने गरेको छ ।

सोहि गाउँमा रहेको मैला स्वास्थ्य चौकीका अहेव मोतीलाल जैसीका अनुसार दुई दिनअघि १० महिने बालकको समेत मृत्यु भएको छ । पूरै गाउँ इन्फ्लुएन्जाबाट प्रभावित भएको उनले जानकारी दिएका छन् । केन्द्र र प्रदेश सरकारको कुनै पनि स्वास्थ्य टोली अहिलेसम्म प्रभावित गाउँमा पुगेको छैन ।

मोटर बाटो नपुगेको सदरमुकाम सिमकोटबाट ४५ कोस टाढा पर्ने ताँजाकोट गाउँ पुग्न पैदल जान तीन दिन लाग्छ । प्रभावित क्षेत्रमा सरकारले अझै डाक्टर र औषधि पठाएको छैन । प्रदेश सरकारले शनिबार नेपालगञ्जबाट बाजुराको कोल्टीसम्म जहाजमा जाने र त्यहाँबाट पैदल पठाउने गरि शनिबार औषधि र उपकरणसहितको स्वास्थ्यकर्मी टोली खटाएका जनाएको छ । बाजुराको कोल्टीबाट पैदल ताँजाकोट पुग्न एक दिन लाग्छ । तर, प्रतिकूल मौसमका कारण कोल्टीका लागि जहाज उड्न नसकेपछि टोली नेपालगञ्जबाट अघि बढ्न सकेन ।

सुर्खेतबाट औषधिसहित चिकित्सकको टोली ताँजाकोट ल्याउन हेलिकोप्टर उपलब्ध गराइदिन हुम्ला जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रालयलाई पत्र पठाएको छ । तर, गृह मन्त्रालयले शनिबार अबरेसम्म पनि हेलिकोप्टर उपलब्ध गराउने निश्चित गरेको थिएन । आइतबार हेलिकोप्टर टुंगो लागेपछि स्वास्थ्यकर्मी र औषधिसहितको टोली पठाउने तयारी भईरहेको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले बताएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article २० वर्षीया एक युवतीले जन्माइन् एकै पटक चार सन्तान
Next article सरकारी चिकित्सकले दिएको अल्टिमेटम आज सकिँदै, माग पुरा नभए पुनः आन्दोलन गर्ने चेतावनी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131763
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web