• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

पाठेघरको मुखको क्यान्सरको लक्षण र बच्ने उपाय

June 7th, 2019 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पाठेघरको मुखको क्यान्सरको लक्षण र बच्ने उपाय

हेल्थ टुडे,
काठमाडौ,जेठः पछिल्लो समय नेपाली महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढिरहेको विभिन्न तथ्याङ्ले देखाएको छ । शहरमा बस्ने भन्दा ग्रामीण भेगमा बस्ने महिलाहरुमा यो समस्या बढीरहेको चिकित्सकहरुले बताएका छन् । नेपालमा महिलामा बढी देखिने पहिलो क्यान्सरमा पाठेघरको मुखको क्यान्सर बढी देखिएको छ । विशेषगरी ४० वर्ष नाघेपछि देखिने गरेको पाठेघरको मुखको क्यान्सर पछिल्लो समय कम उमेरमा पनि देखिन थालेको छ ।

यो रोगबाट बच्न कम उमेरमा विवाह नगर्ने, गुप्तांगको सरसफाईमा विशेष ध्यान दिन, धेरै बच्चा नजन्माउन, सूर्तीजन्य पदार्थको सेवन नगर्ने र हरेक एक वर्षमा पाठेघरको (प्याप–स्मेयर) परीक्षण गराएमा यो रोगबाट बच्न सकिने चिकित्सकको सुझाव छ । तर धेरै पाठेघरको मुखको क्यान्सरका बिरामीहरु अन्तिम अवस्थामा मात्र अस्पताल उपचारका लागि आउने गरेका छन् ।

ह्युमन प्यापिलोमा भाइरसका कारण महिलामा क्यान्सर लाग्ने गरेको चिकित्सकहरु बताउँछन् । त्यसैगरी अमेरिकन क्यान्सर सोसाइटीका अनुसार सबै महिलाको स्क्रिनिङ २१ वर्षको उमेरमा सुरू गर्नुपर्ने हुन्छ । एचआईभी संक्रमण भएका अंग प्रत्यारोपण गरेका, शरीरको रोगसँग लड्ने क्षमता कम भएको स्थितिमा यस्ता स्क्रिनिङ अलि छिटो अर्थात् धेरै गर्नुपर्ने सोसाईटीले जनाएको छ । नेपाल सरकारसँग पाठेघरको मुखको क्यान्सरका कति बिरामी छन् भन्‍ने यकिन तथ्यांक समेत छैन् । विश्व स्वास्थ्य संगठनका अनुसार कम आय भएका देशहरुमा पाठेघरको मुखको क्यान्सर बढी देखिने गरेको छ ।
पाठेघरको मुखको क्यान्सरका लक्षणहरु…
१.महिनावारी भइसकेपछि पनि पुन रक्तश्राव हुने
२.तल्लो पेट दुख्ने
३.यौनसम्पर्कको समयमा बढी पीडा हुने
४.तौल अस्वाभाविक रूपमा घट्ने वा बढ्ने
५.पेट सुन्निने तथा हावा भरिएजस्तो हुने
६.पिसाब गर्न पीडा र गाह्रो अनुभव हुने आदि
कसरी बच्ने त ?
१.कम उमेरमा विवाह नगर्ने
२.गुप्तांगसम्बन्धी रोगहरूको समयमै उपचार गराउने
३.हरेक एक वर्षमा पाठेघरको (प्याप–स्मेयर) परीक्षण गराउने
४.एकभन्दा बढी व्यक्तिहरूसँग यौनसम्पर्क नगर्ने
५.धेरै बच्चा नजन्माउने
६.गुप्तांगको सरसफाईमा विशेष ध्यान दिने
७.सूर्तीजन्य पदार्थको सेवन नगर्ने ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article के छ ल्यानसेट कमिसनको विश्वव्यापी सार्वजनिक प्रतिवेदनमा ?
Next article ‘म स्वस्थ, मेरो नगर स्वस्थ’ अभियान शुरु

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134332
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web