• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

धरानमा डेंगु संक्रमितको संख्या बढ्नेक्रम जारी, २६ दिनमा ३१४ जना संक्रमित

June 10th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
धरानमा डेंगु संक्रमितको संख्या बढ्नेक्रम जारी, २६ दिनमा ३१४ जना संक्रमित

हेल्थ टुडे,
धरान,२७ जेठः सुनसरीको धरान उपमहानगरपालिकामा डेंगुका बिरामी बढ्नेक्रम जारी छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबार साँझसम्म उपचार गर्न पुगेकामध्ये ३ सय १४ जनामा संक्रमण पोजेटिभ देखिएको छ । डेंगु महामारी फैलिएपछि एडिज एजिप्टाइ र एडिज एल्बो पिकस जातिको मच्छरको अण्डा, लार्भा र प्युपा नष्ट गर्न व्यापक रूपमा सर्च एन्ड डेस्ट्रोय अभियान जारी राखे पनि संक्रमितको संख्या दिनदिनै बढिरहेको छ ।

अस्पताल सहायक निर्देशक डा.विकास साहले प्रतिष्ठानमा पछिल्लो तीन दिनमा मात्र १०२ जना संक्रमित उपचारका लागि आएका जानकारी दिए । संक्रमित सबै धरानका हुन् । अत्यधिक ज्वरो आएपछि उपचारका लागि आएका १ हजार १९ जनामध्ये १ सय १४ जनामा डेंगु भाइरल भेटिएको हो । उनका अनुसार तीमध्ये २५ जना आइतबार आकस्मिक कक्षमा आएका नयाँ संक्रमित हुन् । चिकित्सकले धरानमा फैलिएको डेंगु टाइप टु भएको र एडिस एजिप्टाइ तथा एडिज एल्बो पिकस जातिको लामखुट्टेको टोकाइबाट संक्रमण फैलिएको जनाएका छन् ।

यसैबीच, धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा ६० बढी विद्यार्थीमा डेंगुको संक्रमण देखिएपछि क्याम्पस प्रशासनले पाँच दिन क्याम्पस बन्द गर्ने निर्णय गरेको छ । धरान उपमहानगरपालिकाका १५ र ८ वडामा सबैभन्दा बढी संक्रमित देखिएका छन् । उक्त क्याम्पसका विद्यार्थी पनि वडा १५ र वडा ८ कै घरमा कोठा भाडामा लिएर बस्ने गरेकाले विद्यार्थी नै बढी संक्रमित भएका छन् ।

उपमहानगरपालिकाले पनि यी दुवै वडालाई पाँच दिनअघि नै स्वास्थ्य संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । डेंगुको महामारी फैलिएपछि क्याम्पसका सिभिल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, कृषि इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीले कक्षा छाडेर घर जानेक्रम बढेको छ ।

धरान उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख तथा डेंगु नियन्त्रणका लागि बनेको र्‍यापिड रेस्पोन्स टिमका सदस्य रामबाबु यादवले धरानमा सर्च एन्ड डेस्ट्रोय अभियानलाई प्रभावकारी बनाउन थप १० वटा टोली गठन गरेको जानकारी दिएका छन् । आइतबारदेखि धरानका विभिन्न शैक्षिक संस्थामा सचेतना अभियान चलाउन सुरु गरिएको छ । प्रत्येक टोलीमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न चिकित्सक र चिकित्साशास्त्र अध्ययनरत एमबीबीएसका विद्यार्थी २ जना रहने गरी टोली गठन गरिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article क्षयरोग नियन्त्रण सम्वन्धी सरकारी रणनीति प्रभावहीन, ४५ हजार क्षयरोगका नयाँ बिरामी
Next article उपचारको क्रममा युवतीको मृत्युपछि आफन्तद्वारा अस्पतालमा तोडफोड

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134405
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web