• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 9th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

११ महिनादेखि सुत्केरी भत्ताबाट बञ्चित

June 11th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
११ महिनादेखि सुत्केरी भत्ताबाट बञ्चित

हेल्थ टुडे,
बझाङ,२८ जेठः दुर्गम हिमाली जिल्ला बझाङका सुत्केरीले ११ महीनादेखि राज्यले उपलब्ध गराउँदै आएको सुत्केरी प्रोत्साहनबापतको भत्ता पाउन सकेका छैनन् । उनीहरुले साउनदेखि सुत्केरी भत्ता नपाएको गुनासो गरेका छन् । राज्यले अस्पताल र बर्थिङ सेन्टरमा बच्चा जन्माएबापत सुत्केरी महिलालाई हिमाली जिल्लामा प्रतिमहिला रु तीन हजार ८०० दिँदै आइरहेको छ । तर, जिल्ला अस्पताल बझाङले भने साउनदेखि सुत्केरीलाई भत्ता नदिएको पाइएको छ ।

तल्कोट गाउँपालिका–९ का सोमबहादुर थापाकी श्रीमती रुपादेवी थापाले पाउनुपर्ने सुत्केरी भत्ताको रकम अझै नपाएको सोमबहादुरले गुनासो गरे । परिवार स्वास्थ्य महाशाखा काठमाडौँले रकम नपठाइदिँदा सुत्केरीलाई सो भत्ता वितरण गर्न नसकेको जिल्ला स्वास्थ्य कार्यालय बझाङका प्रमुख डा सन्दीप ओखेडाले बताए ।

रकम उपलब्ध स्थानीय तहमार्फत हुने भए तापनि अहिलेसम्म अस्पतालमा नपुगेको तर स्वास्थ्यका लागि केही रकम स्थानीय तहको खातामा आइसकेको जिल्ला स्वास्थ्यका प्रमुख डा ओखेडाको भनाइ छ । एघार महीनायता अस्पतालमा सुत्केरी हुने महिलाको सङ्ख्या ५३५ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।(रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article क्षयरोग नियन्त्रण सम्वन्धी सरकारी रणनीति प्रभावहीन, ४५ हजार क्षयरोगका नयाँ बिरामी
Next article शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउन के गर्ने ? यस्ता छन् उपाय.....

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132101
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web