• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउन के गर्ने ? यस्ता छन् उपाय…..

June 11th, 2019 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउन के गर्ने ? यस्ता छन् उपाय…..

हेल्थ टुडे,
एजेन्सी,जेठः मानिसको शरीरको प्रतिरक्षा प्रणाली (रोगप्रतिरोधात्मक क्षमता) कमजोर भयो भने सामान्यदेखि जटिल रोग अर्थात जुनसुकै रोगले पनि चाँडै आक्रमण गर्छ । यसकारण हामीले आफ्नो प्रतिरक्षा शक्ति बलियो बनाउन अनिवार्य छ । शरिरमा रोग प्रतिरोधात्मक क्षमता बलियो भयो भने शरिरमा हतपत कुनै पनि किटाणुले आक्रमण गर्न सक्दैन । यसकारण शरिरको प्रतिरक्षा शक्ति बलियो बनाउन यी १० प्रकारका खानेकुरा खानुपर्छ ।
१.लसुन
लसुन संसारभरि प्रचलित मसला हो। लसुनमा जिंक तत्व हुन्छ। पहिलेका मानिसले लसुनलाई संक्रमणबाट बच्ने औषधिका रूपमा लिन्थे। यसकारण दैनिक भोजनमा लसुन समावेश गर्दा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ।
२.पहेंंला तरकारी तथा फलफूल
पहेंला तरकारी तथा फलफूलमा भिटामिन सी र ए को मात्रा पर्याप्त मात्रामा पाइन्छ। यस्ता खानेकुराले पनि शरीरमा रोगसँग लड्ने प्रतिरक्षा शक्ति बढाउँछन्। आँप, पलम, आरु, खुर्सानी, गाजर, फर्सीजस्ता फलफूल तथा तरकारीमा उक्त भिटामिन पाइन्छन्।
३.रसदार फलफूल
रसदार फलफूलमा प्रशस्त मात्रामा भिटामिन ‘सी’ पाइन्छ। भिटामिन सीले फ्लु तथा चिसोको एलर्जीसँग लड्ने क्षमता बढाउँछ। भिटामिन सी अंगुर, सुन्तला, मौसम, कागती, जुनार, भोगटेजस्ता फलफूलमा पाइन्छ।
४.अदुवा
अदुवाले घाँटीको संक्रमण हटाउन सहयोग गर्छ। साथै शरीर सुन्निएको तथा अन्य विभिन्न रोगमा समेत यसले उत्तिकै फाइदा पु(याउँछ। यसकारण यसको नियमित सेवनले शरीरमा रोगसँग लड्ने क्षमता बढाउँछ।
५.ब्रोकाउली
यो तरकारी भिटामिन र खनिजका लागि उत्तम मानिन्छ। यसका साथै यसमा भिटामनि ए, सी र इ समेत पाइन्छ। यसलाई बढी पकाउनु भने हुँदैन। बढी पकाउँदा भिटामिन नष्ट हुन्छ।
६.पालुंगो
पालुंगाको साग शरीरमा प्रतिरक्षा शक्ति बढाउन अति उपयोगी छ। कारण यसमा भिटामिन ए, सी प्रशस्त मात्रामा पाइनुका साथै ‘एन्टिअक्सिडेन्टल’ तत्व हुन्छ। यी तत्वहरूले शरिरमा प्रतिरक्षा क्षमता वृद्धि गर्न सहयोग गर्छन्।
७.मेवा
मेवामा पाइने भिटामिन सी, बी, फोलेट र पोटासियम जस्ता तत्वले शरीरको प्रतिरक्षा शक्ति बढाउँछन्। साथै पोटासियमले पाचनशक्ति बढाउनुका साथै संक्रमणविरुद्ध काम गर्छ।
८.बदाम
बदाममा भिटामनि सी र ई पाइन्छ। यो शरीरका लागि अत्यन्त पोषक तत्व मानिन्छ। यसका साथै बदाममा पाइने तेलले शरीरलाई झरिलो पार्छ। सुकेका ४६ दाना बदामले सय प्रतिशत भिटामिनको काम पूरा गर्ने मान्यता राखिन्छ।
९.सामुद्रिक खानाहरू
सामुद्रिक खानाहरूमा गंगटो, माछा पर्छन्। गंगटोमा जिंक तत्व हुन्छ। साथै यसमा खनिज र विभिन्न भिटामिन पनि पाइन्छ। जसले हाम्रो शरीरका आवश्यक कोषहरूलाई क्रियाशिल बनाउन मद्दत गर्छन्।
१०.बेसार
बेसारमा यस्तो शक्ति हुन्छ, जसले किटाणु मार्छ। यसका साथै यसमा हुने तत्वले बाथरोगका कारण हुने हड्डी टुक्रिने तथा सुन्निने समस्याबाट बचाउँछ। नियमित खानामा बेसार प्रयोग गर्दा मांशपेसी नष्ट हुन दिँदैन।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गैरनाफामुलक बहुउपचार बाल अस्पताल खोल्दै डा.भगवान कोइराला
Next article ११ महिनादेखि सुत्केरी भत्ताबाट बञ्चित

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134360
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web