• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

परिवार नियोजनका अस्थायी साधन प्रयोगमा पुरुषभन्दा महिला बढी सचेत

July 15th, 2019 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
परिवार नियोजनका अस्थायी साधन प्रयोगमा पुरुषभन्दा महिला बढी सचेत

हेल्थ टुडे,
बाग्लुङ,३० असारः समय परिर्वतनसंगै समाज पनि परिर्वतन हुँदै गईरहेको छ । नेपाली समाजमा कुनै बेला परिवार नियोजनका साधनहरु बारे पुरुषमासमेत एक किसिमको लाज र संकुचन देखिन्थ्यो । झन् ग्रामिण समाजमा त अस्थायी साधनहरु लुकाउनुपर्ने विषय मानिन्थ्यो । अझै पनि नेपाली ग्रामिण समाज मात्र नभई शहरिया समाजमा पनि परिवार नियोजनका साधन बारे खुलेरै बहस भने हुन सकिरहेको छैन् ।
तर, पछिल्लो समय यो विषय सबै ठाउँमा लागु भएको पाईदैन ।

कतिपय ठाउँहरुमा अझै पुरुषहरु लुकाउनुपर्ने विषयका रुपमा लिन्छन् तर, महिलाहरु भने परिवार नियोजनका अस्थायी साधन बारे खुलेर बहस गर्न थालेको पाइन्छ । यसको उदाहरण हो बाग्लुङ जिल्लाको दुर्गम खुंखानी । यहाँका पुरुष भने बन्ध्याकरण गर्न पनि मान्दैनन्। अस्थायी साधन प्रयोग गर्न र स्वास्थ्य चौकीमा गएर लिन पनि अप्ठ्यारो मान्छन्। पुरुष स्वास्थ्यचौकीसम्म पुग्न अप्ठ्यारो मान्ने भएपछि महिला नै अस्थायी साधनका लागि स्वास्थ्यचौकी पुग्छन्।

जिल्लाको तमानखोला गाउँपालिका–५ को खुंखानीका महिलाहरु अस्थायी साधनको व्यवस्था आँफैले गर्ने गरेका छन् । उनीहरु स्वास्थ्यचौकीमा कन्डम लिन पनि आफै जाने गरेका छन् तर त्यहाँका कतिपय पुरुषहरु भने अझै परिवार नियोजनका साधन लिनको लागि स्वासथ्य चौकी जान लाजको विषय मानछन् । यहाँका पुरुषहरुमा अझै स्थायी बन्ध्याकरण गर्न मान्दैनन् ।

प्रजनन् शिक्षाबारे सामान्य जानकारीसमेत नपाएका खुँखानीका महिला दुई सन्तान मात्रै जन्माउनुपर्छ भन्नेमा सचेत देखिन्छन्। यद्यपी, गरिबी, अशिक्षा, चेतना लगायतका कारण उनीहरु बाध्यताको उल्झनमा परेको देखिएको छ। जसका कारण एकै दम्पतिका थुप्रै सन्तान छन्। अस्थायी साधनको प्रयोग गर्दा कतिपय महिलामा महिनावारी नियमित नहुने, महिनावारी हुँदा धेरै रगत बग्ने, टाउको दुख्ने जस्ता समस्या देखिने गरेको उनीहरु गुनासो गर्छन्।

खुंखानी स्वास्थ्यचौकीको पछिल्लो तथ्यांकअनुसार हाल २२ जनाले पिल्स, ४१ जनाले डिपो र ५९ जनाले इम्प्लान्ट नियमित प्रयोग गर्दै आएका छन् । पुरुषको तुलनामा महिला नै अस्थायी साधन प्रयोगमा धेरै सचेत पाइएको खुंखानी स्वास्थ्यचौकीले जनाएको छ । कन्डम प्रयोग गर्नेको स्वास्थ्यचौकीले तथ्यांक नराखे पनि यो लिन आउने ९० प्रतिशत महिलाहरु नै रहेको उक्त स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी बताउँछन् । दुर्गम गाउँमा प्रशासन र अन्य संघ–संस्थाले आयोजना गर्ने स्वास्थ्य शिविरमा पनि स्थायी बन्ध्याकरण गर्ने र अस्थायी साधनका बारेमा खुलेर सोध्ने महिलाहरु नै अधिक हुन्छन्।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा सुरु,तराईका तीन स्थानमा छुट्टै एकाइ सञ्चालन
Next article अस्पतालको सेवा पुनः सञ्चालनको माग गर्दै स्थानीयबासिन्दा आन्दोलित

Health Today Nepal

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132163
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web