• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

खोड्पेको सिद्धेश्वर स्वास्थ्य चौकीको स्वास्थ्य मन्त्री ढकालले गरे उद्घाटन

January 22nd, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
खोड्पेको सिद्धेश्वर स्वास्थ्य चौकीको स्वास्थ्य मन्त्री ढकालले गरे उद्घाटन

हेल्थ टुडे,
बैतडी, खोड्पे, ८ माघ : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बैतडीको पाटन नगरपालिका ८ स्थित खोड्पेमा नवनिर्मित सिद्धेश्वर स्वास्थ्य चौकी भवनको उद्घाटन गरेका छन् । ढकाल बिगत तिन दिनदेखि सुदूरपश्चिम प्रदेशका विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रममा सहभागी हुन बैतडी पुगेका हुन । मन्त्री ढकालले कर्मचारी समायोजनका कारण स्वास्थ्य क्षेत्र प्रभावित भएको स्विकार गर्दै समायोजनले अहिले विभिन्न स्वास्थ्य संस्थाहरूमा कर्मचारी अभाव भएको बताए ।
‘स्वास्थ्यका कर्मचारी अभावप्रति गम्भीर ध्यानाकर्षण भएको छ’ उनले भने ‘समायोजन प्रक्रिया चाँडै टुंगिने र स्वास्थ्यका कर्मचारी अभाव रहने छैन्, त्यसका लागि सरकार लागि परेको छ।’ मन्त्री ढकालले भने । स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य उपकरण कमी रहेकोले परिपूर्ति गर्न आफू लागि परेको उनले बताए ।
सुदूरपश्चिमका जनताको चाहना र आवश्यकता अनुसार बैतडीको खोड्पेमा ट्रमा सेन्टर स्थापनाका लागि पहल गर्ने पनि मन्त्री ढकालले बताए । खोड्पे बैतडी जिल्लाका साथै दार्चुला, बझाङ र डडेल्धुरा जिल्लाको समेत पायक पर्ने उचित स्थान भएको भन्दै स्थानीय सरोकारवालाले ट्रमा सेन्टर स्थापनाका लागि माग गरेका थिए ।
खोड्पेमा भएको स्वास्थ्य चौकी भवन उद्घाटनका अवसरमा मन्त्री ढकालसँगै बैतडीका सांसद समेत रहेका पूर्व अर्थराज्य मन्त्री दामोदर भण्डारी, बैतडीका प्रदेश सांसद लिलाधर भट्ट, सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थी, पाटन नगरपालिकाका मेयर केशवबहादुर चन्दलगायत नेता एवं सर्वसाधारणको उपस्थिति थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कुष्ठ प्रभावित भन्छन्, आत्मविश्वासले भेदभाव घट्यो
Next article बिएण्डसीका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न जिल्ला जिल्ला प्रशासन कार्यालयको अनुमति, प्रसाईं फरार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133790
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

146
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

127
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web