• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 28th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

औषधी सम्बन्धी समस्या समाधान गर्न डा.देवकोटाको संयोजकत्वमा तीन सदस्यीय कमिटि गठन , औषधी आयातकर्ता संघको विरोध

July 19th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
औषधी सम्बन्धी समस्या समाधान गर्न डा.देवकोटाको संयोजकत्वमा तीन सदस्यीय कमिटि गठन , औषधी आयातकर्ता संघको विरोध

हेल्थ टुडे,

काडमाडौं, साउन ४  : औषधी सम्बन्धी विद्यमान समस्या समाधान गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. विकाश देवकोटाको संयोजकत्वमा आईतबार तीन सदस्यीय समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै औषधी उत्पादक संघले बिगत एक हप्तादेखि गरिरहेको आन्दोलनलाई ध्यानमा राखेर वार्ता गरि समस्या समाधान गर्न सुझाव दिन औषधी  व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल र नेपाल औषधि उत्पादक संघका अध्यक्ष जी नारायणबहादुर क्षेत्री सदस्य रहेको समिति गठन गरेका हुन । समितिको पहिलो बैठक आईतबार नै बसेर औषधी सम्बन्धी अहिलेका समस्याका बिषयमा समान्य छलफल भएको छ ।

समितिका संयोजक डा देवकोटाले भोली विस्तृत छलफल हुने र समस्या समाधानका लागि ठोस पहलकदमी हुने बताए ।  नेपाल औषधी उत्पादकहरुले   विदेशी कम्पनीलाई स्यानीटाइजरका लागि समय थप गरेको भन्दै बिगत एक हप्तादेखि विरोध गर्दै आइरहेको छ । संघले बिजुलीबजार स्थित औषधी व्यवस्था विभागमा धर्ना, घेराउ र प्रदर्शन गर्दै आइरहेका छन ।

औषधी आयातकर्ता संघको विरोध

औषधी सम्बन्धी विद्यमान समस्या समस्या समाधान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको समितिमा औषधी आयातकर्ता संघलाई संलग्न नगराइएको भन्दे नेपाल औषधी आयातकर्ता संघले विरोध गरेको छ । संघका महासचिव पवन आचार्यले ६० प्रतिसत भन्दा बढी औषधी विदेशबाट आयात गर्ने औषधी आयातकर्तालाई समितिमा संलग्न नगराएर बनेको समितिले समग्र ओषधीको समस्या समाधान गर्न नसक्ने भन्दै संघले विरोध गरेको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको तीन सदस्यीय  समितिमा नेपाल औषधी उत्पादक संघका अध्यक्ष जी नारायण बहादुर क्षेत्रीलाई सदस्य राखिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्रालय भन्छ, उपत्यकामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छैन
Next article थप १५६ जनामा कोरोना संक्रमण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 23rd 9:48 AM
समाचार

जाजरकोटका स्वास्थ्य चौकीमा छैन सिटामोल

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Jan 20th 6:46 AM
समाचार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Jan 20th 2:27 AM
समाचार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

Jan 19th 2:06 PM
समाचार

कर्णालीमा अस्पताल छ, डाक्टर र औषधि छैन

Jan 19th 1:47 AM
समाचार

चिकित्सक संघको चुनावमा लोकतान्त्रिक समूहको पल्ला भारी

Jan 17th 4:24 PM
समाचार

डा.रुइतले पाए १३ करोड रासीको इसा अवार्ड, नेपालीले पाएको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय अवार्ड

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1843
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

12
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

12
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz