• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ओम्नी प्रकरणमा सार्वजनिक लेखा समितिले बोलायो स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा. कार्की, पूर्व सचिव कोइराला र पूर्व महानिर्देशक श्रेष्ठलाई

July 14th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ओम्नी प्रकरणमा सार्वजनिक लेखा समितिले बोलायो स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा. कार्की, पूर्व सचिव कोइराला र पूर्व महानिर्देशक श्रेष्ठलाई

हेल्थ टुडे,

काठमाडौँ, ३० असार  :  संघीय संसद प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि ओम्नी समूह मार्फत स्वास्थ्य सेवा विभागले खरिद गरेको स्वास्थ्य सामग्रीमा भएको अनियमितताबारे सोधपुछ गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रीका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्की, पूर्व स्वास्थ्य सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई बोलाएको छ । कोइराला र श्रेष्ठको अहिले सरुवा भइसकेको भए पनि स्वास्थ्य सामग्री खरिदमा उनीहरुको प्रत्यक्ष संलग्नता भएकाले   सोधपुछका लागि बोलाइएको हो ।

समितिको मंगलबार बिहान ११ बजेदेखि बस्ने बैठकमा स्वास्थ्य सामग्री खरिदका बिषयमा सोधपुछ गर्न तिनै जनालाई बोलाइएको सार्वजनिक लेखा समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।

नेपालमा कोरोनाका संक्रमित भेटिन लागेको र लकडाउन सुरु भएपछि गत चैत दोस्रो साता स्वास्थ्य सेवा विभागले चीनबाट स्वास्थ्य सामग्री खरिद गर्नका लागि विवादित ओम्नी समूहलाई दिएको थियो ।

उक्त समूहलाई स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा कानुनी अधिकार नभएका मन्त्रीका विज्ञ सल्लाहकार डा. कार्कीलाई दिइएको, कानुनी अधिकार भएका सचिव र महानिर्देशकले प्राप्त जिम्मेवारी पूरा नगरेको संसदीय समितिको प्रारम्भिक अध्ययनबाट देखिएको समिति स्रोतले बताएको छ ।

ओम्नी समूहले ठेक्का प्राप्त गरेअनुसार गुणस्तरीय सामग्री नल्याएको, मागभन्दा कम सामग्री ल्याएकोलगायतका आरोप स्वास्थ्य मन्त्रालयका अधिकारीलाई लागेको थियो । स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक श्रेष्ठले उक्त समूहलाई कालो सूचीमा राख्ने बताए पनि पछि प्रक्रिया अघि बढाएका थिएनन ।

ओम्नीले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको सार्वजनिक भएपछि लेखा समितिले अध्ययन थालेको थियो । सरकार र ओम्नी समूहबीच १ अर्ब २४ करोड बराबरका स्वास्थ्य सामग्री ल्याउने सम्झौता भएको थियो ।

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै सरकारको आलोचना भएपछि विभागका महानिर्देशक श्रेष्ठ र स्वास्थ्य सचिव कोइरालाको सरुवा भएको थियो । कोइराला हाल प्रधानमन्त्री तथा मन्त्रिपरिद्को कार्यालयमा कार्यरत छन भने श्रेष्ठ कोरोना नियन्त्रण समन्धी समितिमा काजमा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओम्नीसँग गरेको स्वास्थ्य सामग्री बिबादमा परेपछि सरकारले स्वास्थ्य सामग्री किन्ने जिम्मा नेपाली सेनालाई दिएको थियो । स्वास्थ्य मन्त्रालयका अधिकारीको अक्षमताकै कारण स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सामग्री किन्ने आफ्नो दायित्व समेत नेपाली सेनालाई सुम्पन भूमिका खेलेको भन्दै जनस्तरबाटै स्वास्थ्य मन्त्रालयको नेतृत्वको आलोचना भएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गैरकानूनी रुपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा १२ जना पक्राउ
Next article औषधी सम्बन्धी समस्या समाधान गर्न डा.देवकोटाको संयोजकत्वमा तीन सदस्यीय कमिटि गठन , औषधी आयातकर्ता संघको विरोध

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133173
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web