हेल्थ टुडे,
बझाङ,१३ असोज : पत्रकार तरुणा जोशीको अध्यक्षतामा हेल्थकेयर पत्रकार बझाङ साखा गठन गरिएको छ । समाजको उपाध्यक्षमा आशिस सिंह, सचिवमा दोरेन्द्र खड्का र कोषाध्यक्षमा कर्ण धामी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा प्रताप ओली, अशोक खड्का, कल्पना उपाध्याय, अन्जु खड्का र टेकेन्द्र बोहोरा रहेका छन् ।
स्वास्थ्य पत्रकारिताको विकासका लागि हेल्थकेयर पत्रकार समाजले देशका विभिन्न जिल्लामा साखा बिस्तार गर्दै पत्रकारहरुको क्षमता अभिवृद्घि गर्ने उद्देश्य राखेको छ । हेल्थकेयर पत्रकार महासंघका महासचिव पदमराज जोशीको उपस्थितिमा साखा गठनको कार्यक्रममा पत्रकार महासंघ बझाङका अध्यक्ष सैलेन्द्र रोकायाले पत्रकारिताका विभिन्न बिधामध्ये स्वास्थ्य विधाको महत्व दिनप्रतिदिन बढ्दै गएको बताउदै यसको बिकासका लागि महासंघ हातेमालो गर्न तयार रहेको बताए ।
समाजका महासचिव जोशीले स्वस्थ्य समाज निर्माणका लागि स्वास्थ्य पत्रकारिताको विकास हुनु आवश्यक रहेकोमा जोड दिदै स्वास्थ्य पत्रकारहरुको हक, हित र क्षमता बढाउने अभियानमा समाजको साथ रहने बताए । कार्यक्रममा यूएनएफपिए बझाङका धनबहादुर लम्सालले स्वास्थ्य पत्रकारिताको विकासमा लागि आफ्नो संस्थाले आफुले सक्दो सहयोग गर्ने बताए ।
Leave a Reply