• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

उज्यालो अभियान अन्तर्गत एक बर्षमा १९ सयको आँखाको निः शुल्क शल्यक्रिया

July 20th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
उज्यालो अभियान अन्तर्गत एक बर्षमा १९ सयको आँखाको निः शुल्क शल्यक्रिया

हेल्थ टुडे,
तुलसीपुर, ४ साउन : उज्यालो अभियान कार्यक्रम अन्तर्गत करिव १९ सय जनाले नयाँ दृष्टि पाएका छन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले विभिन्न स्थानीय सरकारहरुसंग आर्थिक बर्ष २०७९÷८० मा सञ्चालन गरेको ‘उज्यालो साझेदारी’ कार्यक्रम अन्तर्गत १ हजार ८ सय ९९ जनाको मोतिया विन्दुको निःशुल्क शल्यक्रिया गरि उज्यालो प्रदान गरिएको हो ।
नागरिकहरुले मोतिया विन्दुका कारण दृष्टिबिहिन जीवनयापन गर्नु नपरोस र नेपाल सरकारको आँखा स्वास्थ्य रणनितिलाई समेत सहयोग पुर्याउने उद्देश्यले स्थानियतहहरुसंग निःशुल्क मोतिविन्दुको शल्यक्रियाका लागि सम्झौता गरि गत आर्थिक बर्षमा उज्यालो अभियान सञ्चालन गरिएको प्रमुख प्रशासक सम्शेर थापाले बताए । उक्त कार्यक्रम अन्तरगत एक बर्षमा १ हजार ८ सय ९९ जनालाई उज्यालो प्रदान गरिएको थापाले जानकारी दिए । पैसा र पहुँचको अभावका कारण कोहि कसैले पनि अनहकमै आँखाको ज्योति गुमाउन नपरोस भन्ने मुख्य उद्देश्यका साथ उज्यालो कार्यक्रम संचालन गरिएको उनको भनाई छ ।
उज्यालो अभियान अन्तर्गत राप्ती आँखा अस्पतालले दाङको तुलसीपुर उपमहानगरपालिकामा २ सय ५९ जना, घोराही उपमहानगरपालिकामा १ सय ८७ जना, शान्तिनगर गाउँपालिकामा ८९ जना , बबई गाउँपालिकामा ४९ जना र दंगिशरणमा १०० जनाको मोतियाविन्दुका विरामीहरुको शल्यक्रिया गरि उज्यालो प्रदान गरिएको बाह्य कार्यक्रम संयोजक शालिकराम गौतमले जानकारी दिए ।
त्यस्तै सवै भन्दा बढी देउखुरीमा रहेको लमही आँखा अस्पतालले लमही नगरपालिका भित्रका ४ सय ७ जना, गढवा गाउँपालिकामा ३ सय १० जना रापजपुर गाउँपालिका वडा नं ३ ले ५ जना र लमही नगरपालिका वडा नं. ६ ले ९ जनाको गरि ७ सय ३२ जना यस आर्थिक बर्षमा मोतियाविन्दुको शल्यक्रिया गरि उज्यालो पर्दान गरेको नेत्र सहायक विमल घिमीरेले जानकारी दिए । त्यस्तै लमही आँखा अस्पतालले प्युठानको सरुमाई रानी गाउँपालिकामा समेत साझेदारी मार्फत उज्यालो अभियान पु¥याई ४९ जना मोतियाविन्दुका विरामीहरुको शल्यक्रिया गरी उज्यालो पर्दान गरेको छ ।
त्यस्तै छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जले कृष्ण नगर नगरपालिकाका वडा नंं. ३ देखि १२ वडा सम्ममा २ सय ५५ जना विरामीहरुको शल्यक्रिया गरि उज्यालो पर्दान गरेको बाह्ेय कार्यक्रम सहसंयोजक हरी भण्डारीले जानकारी दिए । त्यस्तै कपिलस्तु जिल्लाको बुद्धभुमि नगरपालिकामा १ सय जना र शिवराज नगरपालिकामा ८० जना मोतियान्दिुका विरामीहरुको आँखा शल्यक्रिया गरिएको प्रशासकिय अधिकृत जसराज विश्वकर्माको भनाई छ । यस अभियानले दृष्टि विहिन्ताको न्यूनिकरण हुनुका साथै उज्यालो अभियानले आर्थिक अभाव तथा अन्य कारणले घरमानै दृष्टि विहिन भएर बसेकाहरुलाई सहज भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले जानकारी दिए ।
‘हामीले हुने संग लिने र नहुने लाई आँखा उपचार सेवा दिनेहो त्यसमा पनि स्थानीय सरकारको पनि आँखा स्वास्थ्य सेवामा साझेदारी गरेर अगाडी बढऔं भन्ने हाम्रो उद्धेश्य हो उनले भने ।’
त्यस्तै सरूमारानी गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले पालिकामा रहेको अन्धोपन न्यूनिकरण गर्न आफुहरु लागेको बताए । ‘उज्यालो अभियान जनताका लागि अति आवश्यक कार्यक्रमहो पालिकाको अन्धोपन न्यूनिकरणका लागि साझेदारी कार्यक्रम गरि यो बर्ष कम्तीमा पनि आधालाई उज्यालो हामीहरुले पर्दान गर्ने म प्रतिवद्धता जाहेर गर्छु — अध्यक्ष विश्वकर्माले भने । उनले यस आर्थिक बर्षमा करिव ४९ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरेको भन्दै अव ३२० जनाको शल्यक्रिया गर्नुपर्ने तथ्याङ्गले देखाएको र यस बर्ष आधा आँखा रोगीलाई शल्यक्रिया गरि उज्यालो प्रर्दान गर्ने बताए ।
त्यस्तै दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले पनि आँखा अस्पताल र आफुहरुको साझेदारीमा पहिलो पटक सञ्चालन गरेको अभियान प्रभावकारी भएको बताए । उनले उज्यालो आँखा कार्यक्रमलाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिइनेछ । सम्झौताभन्दा बढी मोतियाबिन्दुका बिरामीको सल्यक्रिया वापतको रकम आगामी आर्थिक वर्षमा भुक्तानी दिने गरी व्यवस्था मिलाइने नीति कार्यक्रममा समेत उल्लेख गरेको बताए । त्यस्तै घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, तथा अन्य गाउँपालिका नगरपालिका र वडाहरुले पनि यस अभियानलाई आगमी बर्षमा पनि निरन्तर्ता दिने बताएका छन् ।

नेपाल नेत्र ज्योति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखामार्फत गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपाल चिकित्सक संघ र स्वास्थ्य अनुसन्धान परिषदबिच स्वास्थ्य अनुसन्धानमा सहकार्य
Next article ट्रु डर्माले सबैको बिश्वास जितेपछि नेपाली बजारमा आयो अर्को उत्पादन ‘ट्रु मी’

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134450
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

38
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web