• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा उत्कृष्ठ छ : स्वास्थ्य मन्त्री बस्नेत

August 28th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा उत्कृष्ठ छ : स्वास्थ्य मन्त्री बस्नेत

हेल्थ टुडे,
काठमाडौं, ११ भदौ : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मिर्गौला र कलेजो रोगका बिरामीलाई प्रदान गरिरहेको उपचार सेवा उत्कृष्ठ रहेको बताएका छन् । सोमबार केन्द्रको अनुगमनपछि बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले आवश्यक भवनको अभावमा पनि केन्द्रले वढी से वढी विरामीलाई प्रत्यारोपणका साथै डायलासिस र प्रदान गरिरहेका अन्य उपचार सेवा उल्लेखनिय भएको र त्यसबाट आफू प्रभावित भएको बताएका हुन । केन्द्रले प्रदान गरिरहेको सेवाको तुलनामा राज्यले दिइरहेको सहयोग अपुग भएको मन्त्री बस्नेतले बताए ।
उनले भने, ‘ राज्यले सहयोग त गरेको छ । तर अपुग छ । केन्द्रको भवन जिर्ण भइसक्यो । अव नयाँ ठाउँमा जग्गा खोजेर नयाँ भवन बनाएर थप सेवा विस्तार गर्नु जरुरी छ । स्वास्थ्य मन्त्रालय यसमा लाग्ने छ । ’ उनले सरकारले चाडै केन्द्रका लागि जग्गा खोजेर नयाँ भवन बनाउने प्रतिबद्ता व्यक्त गरे । मन्त्री बस्नेतले भने, ‘ भवन अभावमा सेवा विस्तार गर्न सकिरहेको छैन् । केन्द्रका लागि जग्गा खोज्ने र नयाँ भवन बनाउने कुरामा प्रधानमन्त्रीज्यू पनि सकारात्मक हुनु हुन्छ । यो प्रस्ताव म छिट्टै मन्त्रीपरिषदमा लैजान्छु र कार्यान्वयन गर्छु ।’ केन्द्रले प्रदान गरिरहेको सेवाहरुको विषयमा मन्त्री बस्नेतले निरीक्षण गरेका थिए । मन्त्री बस्नेतलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक समेत रहेका मिर्गौला एवं कलेजो प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठले केन्द्रले भौतिक संरचना अभावले विरामीको चाप अनुसार सेवा विस्तार गर्न नसकिरहेको अनुभव सुनाएका थिए । कार्यकारी निर्देशक डा. श्रेष्ठले कम्तिमा पनि ३० रोपनी जग्गा उपलब्ध भए नयाँ भवन बनाएर तत्कालका लागि सेवा विस्तार गर्न सकिने जानकारी दिएका थिए ।
मन्त्री बस्नेतले केन्द्र सहित भक्तपुर अस्पताल र भक्तपुर क्यान्सर अस्पताल सहितलाई गाभेर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने योजनालाई पनि सरकारले अगाडि बढाउने उल्लेख गरे । केन्द्रका निर्देशक डा. श्रेष्ठका अनुसार केन्द्रले स्थापनाको एक दशकमा एक हजार एकसय ६ वटा मिर्गौला प्रत्यारोपण र १३ वटा कलेजोको सफल प्रत्यारोपण गरिसकेको जानकारी गराएका थिए । केन्द्रले बर्षमा ८ सय सर्जरी गर्ने गरेको जानकारी दिदै गत वर्षमात्र केन्द्रमा ५५ हजार विरामीले बहिरंग सेवा लिएको डा. श्रेष्ठले जानकारी दिए । केन्द्रले अहिले सेवा सञ्चालन भइरहेको भवन भक्तपुर अस्पतालको हो ।
केन्द्रको आफ्नै भवन छैन । केन्द्रले लामो समयदेखि सेवा विस्तारका लागि जग्गा उपलब्ध गराइदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्दै आइरहेको भए पनि अहिलेसम्म त्यो पुरा हुन सकेको छैन । पूर्वाधार अभावमा केन्द्रले अहिले पनि एक हजार भन्दा बढी मिर्गौला फेल भएका विरामीलाई सेवा दिन नसकेर पालो कुर्नु पर्ने अवस्था छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र नेपाल सरकारको एक मात्र अंग प्रत्यारोपण केन्द्र हो । केन्द्रले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट झिकिएको अंग प्रत्यारोपण पनि गरिसकेको छ । नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण पनि केन्द्रमै भएको हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.शिवजी पौडेल
Next article नेपालसहित १८ देशमा फेसबुक र इन्स्टाग्राममा मदिराजन्य पदार्थका विज्ञापनमा रोक

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132796
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web