• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी परिवार नियोजन संघको अभिमुखीकरण सम्पन्न

November 9th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे,
काठमाडौँ, २३ कात्तिक : यौन तथा प्रजनन् स्वास्थ्यको अधिकारको वकालत गर्ने र सेवा दिने नेपालकै पहिलो संस्था हो नेपाल परिवार नियोजन संघ । ६५ वर्ष अघि स्थापित यो संस्थाले गरीब तथा सीमान्तकृत, सामाजिक रुपमा बहिस्कृत र सेवाको पहुँचमा नपुगेका समुदायहरुलाई विशेष स्वास्थ्य सेवाहरु पु¥याउँदै आएको छ । जसमा यौनकर्मी, एचआईभी संक्रमित, यौनिक तथा अल्पसंख्यक समुदाय (एलजीबीटीआई कम्युनिटी) लागू औषद प्रयोगकर्ता, आप्रवासी कामदार, लैगिंक हिंसामा परेर बाँचेका, शारीरिक रुपमा अपांगता भएका व्यक्तिहरु पर्दछन् ।
यसैबीच संघले गत सोमबार र मंगलबार गोदावरीमा तिनै सीमान्तकृत समुदायका प्रतिनिधिसंग उनीहरुका यौन तथा प्रजनन् स्वास्थ्य सेवा र अधिकारका विषयमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरयो । उक्त कार्यक्रममा यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा कलम चलाई रहेका सञ्चारकर्मीहरुको समेत सहभागिता थियो ।
‘परिवार नियोजन संघ लामो समय देखि विशेषगरी सीमान्तकृत समुदायको यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको विषयमा पैरबी र उनीहरुलाई सो सम्बन्धि स्वास्थ्य सेवा समेत प्रदान गर्दै आइरहेको छ । यस पटक हामीले ती सीमान्तकृत समुदाय र उनीहरुका अधिकारका कुरा, प्रयोग हुने शव्दावली, अदालतले गरेका निर्णय र संविधानमा कसरी समेटने भन्ने विषयमा छलफल गरेका हौँ । यी कुराहरु मिडियाका माध्यमबाट सार्वजनिक हुन जरुरी छ । त्यसैले आज एलजीबीटीआई कम्युनिटी, यौनकर्मी, अपांगता भएका व्यक्तिहरु र उनीहरुका अधिकारका विषयमा काम गर्ने व्यक्ति तथा संस्थालाई सञ्चारकर्मीसंग संगै राखेर कुराहरु सुन्न खोजेका हौँ,’ संघका कार्यकारी निर्देशक डा नरेशप्रताप केसीले भने ।
उनले हरेक व्यक्तिको स्वस्थ भएर बाच्न पाउने अधिकार छ भन्दै सीमान्तकृत समुदायहरुलाई उनीहरुको यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका लागि आफूहरुले सुरु देखि नै पैरवी गर्दै आइरहेको बताए । संघले पैरवी मात्रै उपचार सेवामा समेत सहयोग गर्दै आएको बताए ।
कार्यक्रममा संघको कार्यक्रम निर्देशक डा. विना श्रेष्ठले यौन तथा प्रजनन् स्वास्थ्यको विषयमा सरकारले भन्दा १० वर्ष अघि नै संघले काम सुरु गरेको भन्दै जनसंख्याको रोकथाम, एचआईभी संक्रमण दर न्युनिकरण, यौनकर्मीहरुलाई व्यवस्थित र सुरक्षित गर्ने काममा संघको भूमिका महत्वपूर्ण रहेको बताईन् । तर उनले अहिले पनि कतिपय कानूनी र व्यवहारिक पक्ष नमिल्दा झण्डै ५० प्रतिशत गर्भपतन असुरक्षित हुँदै आएको दावी गरिन् ।
कार्यक्रममा यौनिक तथा अल्पसंख्यक समुदायका तर्फबाट व्लु डाइमन सोसाइटीका उपाध्यक्ष भूमिका श्रेष्ठले आफ्नो समुदायलाई हेर्ने दृष्टिकोण विगतको तुलनामा धेरै नै परिवर्तन आउको भन्दै त्यसका लागि सञ्चारमाध्यमले पनि महत्वपूर्ण भूमिका खेलेको बताईन् । उनले अझै पनि राज्य र समाज तेस्रो लिंगी प्रति सम्वोधन गर्ने विषय धेरै नै रहेको भन्दै स्वास्थ्य सेवा र अन्य सेवा तथा मानव अधिकारका विषयमा सुधार हुनु पर्ने कुरा औल्याईन् ।
यौनकर्मीहरुको स्वास्थ्य अधिकारका विषयमा काम गर्दै आएको संस्था जीवन ज्योति महिला संघले देशमा ५० हजार बढी महिलाहरु यौनकर्ममा लागेको बताएको छ । संघका संयोजक भावना राईले आवश्यकता भन्दा पनि बाध्यतावस थुप्रै महिलाहरु यौनकर्ममा लागेको भन्दै यसलाई व्यवस्थित गर्नु पर्ने बताईन् । ‘हामीले कानूनी रुमपा यो पेशा खुल्ला गर्नु पर्छ भनेका होईनौँ तर जसरी भए पनि यो पेशालाई व्यवस्थित र सुरक्षित गर्नै पर्छ । यसका राज्यले सहयोग गर्नैपर्छ,’ उनले भनिन् । उनले यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरु झन् असुरक्षित रहेको बताईन् ।
हेल्थ टुडेका सम्पादक पदमराज जोशीले यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरिरहेको बताउदै भविश्यमा पनि अल्पसंख्यक समूदायका बिषयलाई उठाइरहने विश्वास व्यक्त गरे ।
कार्यक्रममा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार क्षेत्रमा निरन्तर कानूनी लडाईमा सामेल भएका अधिवक्त सविन श्रेष्ठले त्यससंग सम्वन्धी मुद्धा र फैसलाका बारेमा बताएका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन विभागका नगेन्द्र अर्यालले यौन तथा प्रजनन् स्वास्थ्य संरक्ष तथा लैगिकतामा आधारित हिंसाका विषयमा जनचेतना आवश्यक रहेको बताए ।
सो कार्यक्रमको सहजीकरण तथा सञ्चालन सञ्जया श्रेष्ठ र स्वर्णीमा श्रेष्ठले गरेका थिए । नेपाल परिवार नियोजन संघले अल्पसंख्यक समुदायका यौन तथा प्रजनन् स्वास्थ्य अधिकार रक्षाका लागि पनि निरन्तर पैरवी गर्दै आइरहेको संघकी वरिष्ठ पैरवी अधिकृत जमुना सिटौलाले बताइन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डब्ल्यूएचओ सेरोको निर्देशकको चुनाव आज, नेपाल र बंगालादेशबिच प्रतिस्पर्धा
Next article सर्वोच्चले भन्यो, आयुर्वेदिक औषधिमा पनि डब्लुएचओ जीएमपी अनिवार्य

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133272
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

41
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

56
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web