• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 25th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
उपचार बिधी

चाया किन हुन्छ ? र यसको उपचार के ?

February 17th, 2024 उपचार बिधी 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चाया किन हुन्छ ? र यसको उपचार के ?

डा. वीरेन्द्रकुमार शर्मा,
काठमाडौं, ५ फागुन : अत्यधिक मात्रामा चाया हुने यकिन कारण अझैसम्म थाहा छैन तर रुखो छाला, फंगसप्रति संवेदनशीलता, सेबोरिक डर्मेटाइटिस, फोहोर टाउको, मानसिक तनाव, छालासम्बन्धी रोग, खानपान, लामो समय औषधि वा स्टेराइड सेवन नै अत्यधिक चायाको कारण हुन सक्ने वरिष्ठ छाला रोग विशेषज्ञ डा. धर्मेन्द्र कर्ण बताउँछन् । छाला रुखो, सुक्खा हुनसमेत चाया हुने एउटा प्रमुख कारण हो । रुखो छाला भएकाहरूमा मस्तिष्कको रुखो र मृत छाला पाप्रो बनेर चायाका रूपमा देखिन्छ । जाडो याममा छाला सुक्खा हुनुमा फंगसप्रति संवेदनशीलता समेत हुन सक्छ  । कान, अनुहार, टाउकाको छाला पहेँलो पात्रोयुक्त बन्ने स्थिति सेबोरिक डर्मेटाइटिस हो । यो समस्याले समेत चाया हुने गर्छ ।
टाउको सफा नराख्दासमेत चाया हुन्छ । टाउको सफा नराख्दा त्यहाँ फोहोर र मृत कोषिका थुप्रिन्छन् । यसले गर्दा टाउकामा चाया बढी मात्रामा देखिन थाल्छ । टाउकामा चाया हुनु शारीरिक मात्र नभएर मानसिक समस्याले समेत हुन सक्छ । मानसिक तनावले चाया बढी मात्रामा देखिन्छ । छालासम्बन्धी रोग एक्जिमा, सोराइसिस आदिले समेत चायाको समस्या बढाउँछ । हामीले खाने आहारसमेत चाया हुने एउटा कारण हो । हाल फास्टफुडलगायतका स्वास्थ्यलाई हानि पु¥याउने खाद्य पदार्थको बढ्दो सेवनसमेत चायाका लागि जिम्मेवार मान्ने गरिन्छ  । स्वस्थकर खानपान, ताजा सागसब्जी, फलफूल, पर्याप्त पानी आदिको सेवन नहुँदा चायाको समस्यामा वृद्घि हुने गरेको देखिएको छ ।
लामो समयसम्म वा बढी मात्रामा औषधि र स्टेराइडको सेवनले चायालगायत समस्या उत्पन्न गर्न सक्छ । क्यान्सरको उपचार केमोथेरापी गराइरहेकाहरू, अंग प्रत्यारोपण गराएकाहरू, एचआईभीरएड्स प्रभावितलगायत समेत चायाको समस्याबाट बढी पीडित हुने देखिएको छ ।
उपचार
यदि तपाईंलाई जाडो याममा सामान्य रूपमा चाया अलि बढी देखिन्छ भने यसको सबैभन्दा राम्रो उपचार कपाललाई नियमित रूपमा सफा गर्नु हो । सातामा दुई–तीन पटक कम रसायन भएको स्याम्पु, साबुन, रिठ्ठा वा सफा पानीले नै कपाल धुने गर्दा टाउकामा चाया पर्ने समस्या कम हुन्छ ।
सुक्खा छालाका कारण हुने चायामा नुहाउनुभन्दा अघि र पछि नरिबलको तेल लगाउनु धेरै फाइदाजनक देखिएको डा. कर्ण बताउँछन् । यसले पनि समस्या समाधान नभए बजारमा पाइने एन्टिडैन्ड्रफ स्याम्पुले नियमित रूपमा कपाल धुँदासमेत चायाको समस्या धेरै हदसम्म हराउँछ । विश्वासिलो कम्पनीको चायाविरुद्घ उपयोग गरिने स्याम्पु फाइदाजनक हुन सक्छ ।
यस्ता स्याम्पुमा जिंक पाइरिथियोन, केटो कोनाजोल, सलिसिक्लिक एसिड, सेलेनियम सल्फाइड, कोलटारमध्ये एउटा अवयव (इनग्रिडियेन्ट) हुनुपर्ने औंल्याउँदै डा. कर्ण भन्छन्, ‘स्याम्पुमा लगाउने विधि, मात्रा, पटक आदि बारे लेखिएको जानकारी पढेर त्यसैअनुसार लगाउनुपर्छ ।’
तर यस्ता स्याम्पु लगाउँदा हामीले कपालमा फिँज आउनासाथै तुरुन्त पखाल्ने गरेका छौं । यो पूर्णतः अवैज्ञानिक तरिका हो । यसले गर्दा चायाविरुद्घको गुण भएको यस्ता स्याम्पुले राम्ररी काम नगर्ने औंल्याउँदै डा. कर्ण भन्छन्, ‘कपालमा चायाविरुद्घको स्याम्पु लगाएर पाँचदेखि सात मिनेटसम्म त्यसै छोडेर त्यसपछि मात्र पखाल्नुपर्छ । यसो गरे मात्र स्याम्पुमा भएको चायाविरुद्घको अवयवले काम गर्छ ।’
उनका अनुसार हरेक व्यक्तिको कपालको प्रकृति फरकफरक हुन्छ, यसैले बजारमा पाइने जुनसुकै स्याम्पु उपयोग गर्नबाट बच्नुपर्छ । चायाविरुद्घको स्याम्पु नियमित रूपमा चार–पाँच सातासम्म लगाउँदा पनि समस्या समाधान नभए वा बढ्दै गए छाला रोग विशेषज्ञको सल्लाह लिनु आवश्यक हुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जोशी नियुक्त
Next article स्मरण शक्ति बलियो बनाउछ ओखरले

Health Today Nepal

Related Posts

सानोतिनो रोगमा कडा एन्टिवायोटिक

सानोतिनो रोगमा कडा एन्टिवायोटिक

अब माइक्रोस्कोपबाट दाँतको उपचार

अब माइक्रोस्कोपबाट दाँतको उपचार

महाकाली अञ्चल अस्पतालको त्यो घटना

महाकाली अञ्चल अस्पतालको त्यो घटना

Leave a Reply Cancel reply

Timeline
Aug 25th 11:56 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८ औं कलेजो प्रत्यारोपण सफल

Aug 25th 11:42 AM
समाचार

पाँच महिना बित्दा पनि सकिएन स्वास्थ्यमा सरुवा : नीति योजनामा डा. विवेक र क्षयरोगमा डा. गुणनीधि

Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134266
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

97
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

100
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web