• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

औषधि व्यवस्था विभागको अर्धवार्षिक समिक्षा सम्पन्न

February 23rd, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
औषधि व्यवस्था विभागको अर्धवार्षिक समिक्षा सम्पन्न

हेल्थ टुडे,
काठमाडौं, ११ फागुन : औषधि व्यवस्था विभागले आर्थिक वर्ष २०८० । ०८१ मा आफू र मातहतका कार्यालयहरुले सम्पन्न गरेका कामहरुको शुक्रबार अर्धवार्षिक समिक्षा सम्पन्न गरेको छ । विभागले बिगत ६ महिनाको अवधिमा एक हजार १ सय ९३ वटा नयाँ फार्मेसी दर्ता गरेको, ७ हजार २ सय ९३ वटा फार्मेसी नविकरण गरेको र १२६ वटा निलम्बन गरेको अर्धवार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । त्यसैगरि ६ महिनाको अवधिमा ४ वटा नयाँ औषधि उद्योग स्थापनाका लागि सिफारिस गरिएको, ३९१ लाई नयाँ औषधि उत्पादन अनुज्ञापत्र प्रदान गरेको, ४ हजार ३९ लाई उत्पादन अनुज्ञापत्र नविकरण गरेको र एक हजार ४ सय ११ लाई बजार बिक्रिवितरण प्रमाणपत्र नविकरण गरेको जनाएको छ । समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा. दीपेन्द्ररमण सिंहले सिमित साधन श्रोत र न्युन जनशक्ति भए पनि औषधि व्यवस्था विभागले औषधिको गुणस्तर नियन्त्रण र अनुगमनमा उल्लेखनिय कार्य गरिरहेको बताए ।
औषधि उद्योग र फार्मेसीहरुको संख्याको तुलनामा विभागसँग भएको न्युन जनशक्तिले मनैदेखि चाहेर काम गरेको आफुले पाएको स्मरण गर्दै डा. सिंहले नेपाली जनतालाई गुणस्तरीय औषधि उपलब्ध होस भन्ने एक मात्र ध्येयका साथ विभागका कर्मचारीहरुले काम गर्नु पर्नेमा जोड दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रीका स्वास्थ्य सल्लाहकार विश्वरुप खड्काले अर्धवार्षिक समिक्षाल विगतबाट पाठ सिक्दै भविश्यमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने मार्गनिर्देश गर्नेमा जोड दिदै विभागले औषधिको गुणस्तर कायम राख्न अझै बजार अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने आवश्यकता औल्याए ।
स्वास्थ्य मन्त्रालय नीति योजना महासाखा प्रमुख डा. कृष्ण पौडेलले सिमित साधन श्रोतका बिच पनि जे जति सकिन्छ इमान्दार प्रयास गर्नु हरेक कर्मचारीको जिम्मेवारी भएको बताउदै औषधि विभागका कर्मचारीहरुको गहन जिम्मेवारी रहेको बताए ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले औषधि व्यवस्था विभागको संरचना परिवर्तन आवश्यक रहेकोमा जोड दिदै विसं २०३६ सालको संरचना परिवर्तन गरेर अहिलेको युग सुहाउदो बनाउन ४५ वर्ष पुरानो औषधि ऐन परिवर्तन गर्न लागेको बताए । विसं २०३५ सालमा बनेको औषधि ऐन र २०३६ सालमा स्थापना भएको औषधि व्यवस्था विभागको समय र अहिलेको समय पूर्ण रुपमा परिवर्तन भइसकेकोले समयको माग अनुसार विभागलाई अगाडि बढाउन नयाँ औषधि ऐनलाई छिट्टै संसदमा लगेर पारित गराउने वातावरण बनाउनु पर्नेमा ढकालको जोड थियो । कानून आयोगले औषधि ऐनको मस्यौदा तयार गरेर कानून मन्त्रालय पठाउन लागेको बताउदै ढकालले यसलाई आउदो संसदको अधिवेशनबाट पास गर्ने वातावरण बनाउन स्वास्थ्य मन्त्रालयले विशेष पहल हुने विश्वास व्यक्त गरे ।
स्वास्थ्य विमाका कार्यक्रम प्रभावकारी बनाउन पनि स्वास्थ्य क्षेत्रमा नयाँ प्रविधि भित्र्याउनु आवश्यक रहेको महानिर्देशक ढकाले बताए । स्वास्थ्य मन्त्रालयका फर्मास्विटिकल्स सम्बन्धी हेर्ने छुट्टै साखा आवश्यक रहेको ढकालको भनाई थियो । कार्यक्रममा औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक पान बहादुर क्षेत्रीले विभाग मातहतका विभिन्न कार्यालयबाट आएका कर्मचारीहरुलाई स्वागत गरेका थिए भने अर्का वरिष्ठ औषधि व्यवस्थापक प्रमोद केसीले विभागले ६ महिनाको अवधिमा गरेका कामहरुको प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा विभाग मातहतका कार्यालयहरुले गरेको कामको समिक्षा गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article फागुन १३ देखि ७५ जिल्लामा दादुरा–रुवेलाविरुद्धको खोप अभियान
Next article देशभित्रै उत्पादन हुने औषधिको आयात बन्द हुनुपर्छ : एप्पोन अध्यक्ष महेश प्रधान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134458
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web