• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कान्ति बाल अस्पतालको सेवा सुधार गर्न उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री यादवको निर्देशन

March 28th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कान्ति बाल अस्पतालको सेवा सुधार गर्न उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री यादवको निर्देशन

हेल्थ टुडे,
काठमाडौं, १४ चैत : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बुधबार कान्तिबाल अस्पतालको आकस्मिक अनुगमन गरेका छन् । मन्त्री यादवले अस्पतालले प्रदान गरिरहेको सेवा सुधार गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।
मन्त्री यादवले उपचारका लागि आएका बिमारीलाई कुनै पनि अवस्थामा फर्काउन नहुनेमा जोड दिदै त्यसका लागि आवश्यक प्रवन्ध मिलाउन अस्पतालका निर्देशक डा. पंकज रायलाई निर्देशन दिएका छन् । ‘उपचारका लागि अस्पताल ल्याइएका कुनै पनि बालबालिका आइसियु बेड खाली नभएर वा मेसिन बिग्रेर जस्ता कुनै पनि कारणले उपचार नगरी फर्काउने कार्य बन्द गर्नु पर्छ । ’ मन्त्री यादवले भने, ‘आइसीयु बेड थपेर वा सेवा बिस्तार गरेर भएपनि आइन्दा बिरामी बालबालिकालाई भर्ना नलिई फर्काउने प्रबृत्ति अन्त्य गर्नै पर्छ । ’ मन्त्री यादवले सिटी स्क्यान, एमआरआई, एक्स रे जस्ता बिग्रेको अवस्थामा रहेका कुनै पनि मेसिन तत्काल बनाएर सेवा सुचारु गर्न पनि डा. रायलाई निर्देशन दिएका छन् । अस्पतालमा सञ्चालित फार्मेसीमा आवश्यक सबै प्रकारका औषधि तत्काल उपलब्ध गराउने, भित्रको फार्मेसीमा औषधि नपाएर बाहिर किन्नु पर्ने अवस्थाको तत्काल अन्त्य गर्नु पर्ने र बिरामीले टिकट र रिर्पोट लिनको लागि घन्टौ लाइनमा बस्नु पर्ने अवस्थाको अन्त्य गर्न अनलाइन टिकट काट्न मिल्ने र अनलाइनमैं रिर्पोट हेर्न वा डाउनलोड गर्न मिल्ने व्यवस्था तत्काल मिलाउन पनि मन्त्री यादवले अस्पताल प्रशासनको ध्यान आकर्षण गराएका छन् । मन्त्री बस्नेतलाई कान्ति बाल अस्पतालका निर्देशक डा. रायले अस्पतालले प्रदान गरिरहेका सेवा र समस्याका बिषयमा जानकारी गराएका थिए । कान्ति बाल अस्पतालले प्रदान गरिरहेको सेवा र बेड अभावमा केही बिरामीले फर्कनु परेको घटना सार्वजनिक भए पछि मन्त्री यादवले अस्पतालको अनुगमन गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेत्रज्योति संघ मार्फत सञ्चालित आँखा अस्पतालमा उपचार गराउने विदेशीको संख्या बढ्दै
Next article हिरासत छल्न अस्पतालको सहारा लिने प्रवृतिबारे गृहले मेडिकल काउन्सिलको राग माग्यो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131769
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web