• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 13th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ट्रमा सेन्टरमा अत्याधुनिक उपकरण सहित फिजियो थेरापी सेवा बिस्तार

July 30th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ट्रमा सेन्टरमा अत्याधुनिक उपकरण सहित फिजियो थेरापी सेवा बिस्तार

हेल्थ टुडे,
काठमाडौं, १५ साउन : राष्ट्रिय ट्रमा सेन्टरले अत्याधुनिक उपकरण सहित फिजियोथेरापी सेवा बिस्तार गरेको छ । १० शैयाको फिजियोथेरापी विभागमा सिपिएम (कन्टिनियोस पेसिभ मोसन) र बिएफआर (ब्लड फ्लो रेस्ट्रिक्सन) लगायतका अत्याधुनिक उपकरण थप गरेर फिजियोथेरापी सेवा विस्तार गरिएको फिजियोथेरापी विभाग प्रमुख फिजियोथेरापिस्ट प्रविणकुमार यादवले जानकारी दिए ।
यादवका अनुसार विभिन्न कारणले हातको जोर्नी जाम भएमा वा मासु सुक्दै गएको अवस्थामा यी उपकरणको सहायताले फिजियोथेरापी मार्फत सहज रुपमा उपचार गर्न सकिन्छ । यसका साथै घुँडाको सल्यक्रियापछि र काँध वा कुहिनाका जोर्नीहरुको उपचार गर्दा पनि सिपिएम प्रभावकारी रहेको यादवले जानकारी दिए । बिएफआर मार्फत माशुको घनत्वमा सुधार ल्याउन सकिन्छ ।

यादवका अनुसार ट्रमा सेन्टरमा थप गरिएको सिपिएमलाई मोवाइल डिभाइसको माध्यमबाट पनि सञ्चालन गर्न सकिन्छ । यस किसिमको उपकरण ट्रमा सेन्टरले नेपालमै पहिलो पटक सञ्चालनमा ल्याएको यादवको दावी छ । यादवले भने, ‘ यस किसिमको उपकरण निजी र सरकारी कुनै पनि फिजियो थेरापी सेन्टरमा अहिलेसम्म उपलब्ध छैन । नेपालमा पहिलो पटक ट्रमा सेन्टरले सञ्चालनमा ल्याएको छ । ’

फिजियो थेरारी विभागमा अत्याधुनिक थेरापी मेसिन थप गरि सेवा सञ्चालन भएपछि उपचारका लागि दूरदराजबाट ट्रमा सेन्टर आउने गरेका हजारौ विरामीले सर्वसुलव रुपमा फिजियोथेरापी सेवा पाउने राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.रुद्र मरासिनीले बताए । डा. मरासिनीले भने,‘ विरामीको गुणस्तरीय उपचारका लागि हामीले ट्रमा सेन्टरमा विभिन्न सेवा सुविधा वृद्घि र सेवाको गुणस्तरमा ध्यान दिएका छौ । फिजियोथेरापी सेवा बिस्तारसँगै हालै मात्र अत्याधुनिक मोड्युलर ओटी सञ्चालनमा ल्याएका छौ । ५ वटा ओटी भएकोमा अब ७ वटा ओटी सञ्चालनमा ल्याएका छौ । यसले सहज उपचारमा सहयोग पुग्नेछ ।’ फिजियो थेरापी सेवा बिस्तारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विनियोजन गरेको करिव ८ं० लाख रुपैयाको लागतका यी फिजियो थेरापी उपकरण खरिद गरिएको हो ।
ट्रमा सेन्टरको फिजियो थेरापी विभागमा दैनिक १०० जनाले फिजियोथेरापी सेवा लिने गरेका छन् । २०० शैया क्षमताको ट्रमा सेन्टरले अदेश भरिका दुर्घटना लगायत गम्भिर प्रकृतिका चोटपटकका बिरामीको उपचार गर्दै आइरहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article केन्द्रीय कारागारका महिलाकालागि नि: शुल्क आँखा तथा मुख स्वास्थ्य शिविर
Next article महिलाको स्वास्थ्यभन्दा छोरो जन्मनु ठूलो कसरी भयो ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 8th 1:42 AM
समाचार

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. केशर ढकाल नियुक्त

Sep 8th 1:31 AM
समाचार

डा. पुकारको नेतत्वमा नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

Aug 27th 5:00 PM
समाचार

अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

Aug 27th 4:50 PM
समाचार

वीरगञ्जमा झाडापखाला र हैजाका बिरामीको संख्या पाँच सय नाघ्यो, सयभन्दा बढीमा हैजा

Aug 22nd 4:30 PM
समाचार

जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131839
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web