• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

महिलाको स्वास्थ्यभन्दा छोरो जन्मनु ठूलो कसरी भयो ?

August 3rd, 2024 अन्तर्वार्ता 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
महिलाको स्वास्थ्यभन्दा छोरो जन्मनु ठूलो कसरी भयो ?


छोरो जन्माउनै पर्ने दबाबमा सुदुर र मध्यपश्चिमका महिलाहरुमध्ये धेरैले ज्यानसमेत गुमाएका छन् । परम्परागत सोचका कारण अहिले पनि छोरो जन्माउनै पर्ने दबाबले महिलाहरु पीडित छन् । यसले मातृमृत्यु र बालमृत्युदरलाई बढाउनमा सहयोग पु¥याएको छ । प्रजनन् स्वास्थ्य, बालमृत्युदर, मातृमृत्युदर र हाम्रो परम्परागत संस्कारका विषयमा हेल्थटुडेका सम्पादक पदमराज जोशीले जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेतिसँग गरेको कुराकानी डा. उप्रेतिकै शब्दमा ।

म १८ वर्षअघि सुदूरपश्चिमको डोटी अस्पतालमा छँदा एउटी बिरामी महिलालाई पिठ्युँमा बोकेर ल्याइएको थियो । बिरामीको सात दिनअघि गर्भपतन भएर ‘रगत गएको गयै भएछ ।’
बिरामीको अनुहार एकदमै सेतो थियो, आँखा चिम्म थिए, अर्ध बेहोसजस्तै । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. बिनारानी श्रीवास्तवले उनको जाँचपछि भनिन, ‘यिनको शरीरमा रगत कम छ । रगत चढाउनुपर्छ तर यहाँ रगत चढाउन सम्भव छैन ।’ एम्बुलेन्स मगाएर उनलाई धनगढी अस्पताल पठाउँदा १५ सय भाडा लाग्दो रहेछ । ‘हामीसँग पैसा छैन । तपाईंहरूले उपचार गराउने भए गर्नुहोस् । नत्र यहीँ मर्ली,’ बिरामीका भाइले भने ।
बिहानसम्म ती महिला बाँच्छिन् कि बाँच्दिनन् भन्ने धुकचुक थियो । बिहान ६ बजे उठेर हेर्दा ती महिलालाई जीवितै देखेर हामी खुसी भयौं । ९ बजे उनको पाठेघरको उपचार गर्ने तयारी सुरु गरियो । १० बजेतिर डा. श्रीवास्तवसँग ती महिलाको अप्रेसन भयो भनेर सोध्दा उनले अँध्यारो मुख लगाउँदै भनिन, ‘उनकी आमाले उपचार गराउन मानिनन् ।’
म दौडदै अस्पताल पुगें । घाम तापेर नातिनातिनालाई भात ख्वाइरहेकी बज्यैसँग ठूलो स्वरमा सोधें, तपाईंले आफ्नी छोरीको औषधि गर्न किन नमानेको ?’ मुखभरि चाउरी परेकी बूढी बज्यैले हात जोडेर भनिन, ‘म के गरूँ ? यसका बैगान (लोग्ने) यहाँ ना थिन् (यहाँ छैन) तमले (तिमीले) उनलाई उपचार क्या अर्छाै ? (के गर्छौ) ? उनको पाठेघर निकाल्छ्यौ यिनका पाँच छोरी र एकमात्र सन्तान (छोरा) छन् । यिनको पाठेघर निकाले अरु छोरा हुँदैनन् । अनि यिनका बैगानले के भन्दा हन् (हुन) ?’ ती बूढी बज्यैको कुराले म रनभुल्लमा परें । उनलाई आफ्नी छोरीको ज्यानभन्दा छोरीको अर्को सन्तान (छोरा) नहोला भन्ने चिन्ता पो थियो?
मसँग आएकी एक विदेशी नर्सलाई मैले ती बज्यैले भनेको कुरा उल्था गरेर सुनाएपछि उनले भनिन, ‘बिरामी महिला त वयस्क भैसकेकी छिन् । हामीले उनीसँगै अनुमति लिएर उपचार गरे हुँदैन ?’ ‘अन्य देशमा भए हुन्थ्यो, यहाँ हुँदैन । उनको साधारण शल्यक्रिया गर्दा तल–माथि भयो भने यिनै गाउँलेले हामीलाई मानिस मारेको आरोप लगाउँछन् । त्यसैले उनकी आमाले हुन्छ नभनी हामीले केही गर्न सक्दैनौं,’ मैले भनेकी थिएँ। त्यसपछि मैले अस्पतालका केही कर्मचारीसँग भनें–तपाईंहरू यी बज्यैलाई सम्झाइदिनुस्, हामीले पाठेघर निकाल्ने होइन, पाठेघर सफा गर्ने मात्र हो । यदि उनको उपचार गरिएन भने उनी रगत बगेर मर्छिन् ।’ अस्पतालका कर्मचारीहरूले ती बज्यैलाई डोटेली भाषामा सम्झाएपछि बल्ल उनले हात जोडेर रुँदै भनिन् । ‘तम जसो ठीक हुन्छ, तही अर’(तिमीहरूलाई जसो ठीक लाग्छ त्यही गर) । वृद्धाका यिनै शब्दलाई स्वीकृतिका रूपमा लिएर डा. बिनाले बिरामी महिलाको पाठेघर सफा गरिदिइन् । एक घन्टाभित्र सबै उपचार भयो । महिला धेरै कमजोर थिइन् तर उनी बाँचेकी थिइन् र हामी ढुक्क भएका थियौं ।
उक्त घटनाले मलाई त्यतिबेला बारम्बार एउटा प्रश्न गर्न विवश तुल्याएको थियो–के सुदूरपश्चिममा महिलाको जीवनभन्दा छोरो हुनु वा नहुनु बढी महत्व राख्छ ?

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतलाई अभिनन्दन
Next article ट्रमा सेन्टरमा अत्याधुनिक उपकरण सहित फिजियो थेरापी सेवा बिस्तार

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

Leave a Reply Cancel reply

Timeline
Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134346
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web