• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 4th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आईओएमको डीनका लागि १३ जनाले दिए आवेदन

September 17th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आईओएमको डीनका लागि १३ जनाले दिए आवेदन

हेल्थ टुडे,
काठमाडौं, १ असोज : त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को रिक्त डिनका लागि १३ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा गत असारमा कार्यकाल सकिएर काम चलाउ अवस्थामा रहेकी डिन प्रा.डा.दिव्या सिंह,सहायक डिन प्रा.डा.अभिमन्यु झा, त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्ले , कलेजो रोग विज्ञ प्रा.डा.रमेशसिंह भण्डारी, प्रा.डा. मोहनराज शर्मा, प्रा.डा. निरजु रञ्जित र प्रा.डा. रामचन्द्र अधिकारी छन् । त्यस्तै मुटु रोग विज्ञ प्रा.डा. उत्तमकृष्ण श्रेष्ठ, प्रा.डा. मिथा राना, सहप्राध्यापक डा. ज्योतिबाबा श्रेष्ठ, प्रा.डा. संगरत्न बज्राचार्य, प्रा.डा. रत्नमणि गजुरेल र प्रा.डा. सुधा बस्नेतले पनि आवेदन दिएका छन् ।
चिकित्सा शास्त्र अध्ययन संस्थानको डिन सिफारिसका लागि त्रिवि कार्यकारी परिषद्ले गत साउन ३२ मा प्राध्यापक डा. कृष्णकुमार ओलीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।
समितिका अन्य सदस्यहरूमा प्राध्यापक डा. सुवासप्रसाद आचार्य र प्राध्यापक डा. योगेन्द्रमान शाक्य रहेका छन् । उक्त समितिले आईओएमको नयाँ डिन नियुक्तिका लागि उम्मेदवारहरूको मूल्यांकन र सिफारिस गर्ने जिम्मेवारी पाएको छ ।
समितिले ५ जना उम्मेदवारहरूलाई छोटो सूचीमा राख्नेछ । छोटो सूचीमा परेका उम्मेदवारमध्येबाट ३ जनाको नाम वर्णानुक्रम अनुसार त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरिने सिफारिस समितिका एक सदस्यले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चाया किन हुन्छ ? र यसको उपचार के ?
Next article परिवार नियोजन संघद्वारा एक वर्षमा ३६ लाखलाई प्रजनन् स्वास्थ्य सेवा प्रदान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132094
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web