• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. देवकोटा, अरुको पनि जिम्मेवारी हेरफेर

September 22nd, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. देवकोटा, अरुको पनि जिम्मेवारी हेरफेर

हेल्थ टुडे,

काठमाडौं, ६ असोज : स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी डा. विकाश देवकोटाले पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. देवकोटालाई नियुक्त गरेका हुन । विभागकी महानिर्देशक डा. संगीता मिश्रलाई मन्त्रालय तानिएको छ । त्यसैगरि मन्त्री पौडेलले स्वास्थ्यका अन्य उच्च अधिकारीहरुको पनि जिम्मेवारी हेरफेर गरेका छन् ।
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा निर्देशकको जिम्मेवारी डा सरोज शर्मालाई दिइएको छ । महासाखाका निर्देशक डा मदन उपाध्यायलाई वीर अस्पताल पठाइएको छ ।
त्यसैगरि स्वास्थ्य समन्वय महाशाखा निर्देशकको जिम्मेवारी डा भीमप्रसाद सापकोटालाई दिइएको छ । महाशाखा निर्देशक डा चुमनलाल दासलाई नारायणी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुखमा डा पवनजंग रायमाझी आएका छन् । महाशाखामा रहेका डा श्रवण थापालाई ट्रमा सेन्टरमा सरुवा गरिएको छ।
टेकुस्थित स्वास्थ्य तालिम केन्द्रको निर्देशकको जिम्मेवारी यशोदा अर्यालले पाएकी छिन् । केन्द्रका निर्देशक डा अनुज भट्टचनको सार्क टिबी सेन्टरमा निर्देशकको रुपमा सरुवा भएको छ। सार्क टिबी सेन्टरमा रहेकी डा मनिषा रावललाई केन्द्रिय कारागार अस्पतालको निर्देशकको जिम्मेवारी दिइएको छ। कारागार अस्पतालमा निर्देशक रहेका डा प्रकाश बुढाथोकीलाई मन्त्रालयमा ल्याइएको छ । उनी मन्त्रालयका प्रवक्ता हुन ।
यसैगरी, कोशी अस्पतालको प्रमुख मेसुमा डा रूणा झा र गजेन्द्र नारायण सिंह अस्पतालको प्रमुख मेसुमा डा श्रीराम तिवारीले जिम्मेवारी पाएका छन्।
उपचारात्मक महाशाखामा डा सुधा देवकोटाले जिम्मेवारी पाएकी छिन् भने महाशाखाका डा अनुप बास्तोलालाई शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा सरूवा गरिएको छ । मन्त्री नियुक्त भएको दुई महिनापछि पौडेलले मातहतका उच्च अधिकारीको सरुवा गरेका हुन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चौतारा अस्पतालमा डायलाइसिस सेवा सुरु, पुर्व स्वास्थ्यमन्त्री बस्नेतले गरे शुभारम्भ
Next article नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा.पन्त आईएपिबिको बोर्ड अफ ट्रस्टीमा निर्वाचित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132753
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web