• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 19th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विश्व मिर्गौला दिवसमा वरिष्ठ अंग प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठ सम्मानित

March 12th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विश्व मिर्गौला दिवसमा वरिष्ठ अंग प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठ सम्मानित


हेल्थ टुडे,

काठमाडौं, २८ फागुन : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक समेत रहेका वरिष्ठ अंग प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठ सम्मानित भएका छन् । विश्व मिर्गौला दिवसको अवसरमा बुधबार ललितपुरमा आयोजित पन्ध्रौ नेपाल प्रत्यारोपण खेलकुद एवं सांगितिक कार्यक्रममा मिर्गौला प्रत्यारोपी समाजका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डा. श्रेष्ठलाई सम्मान गरेका हुन । नेपालमा सबै भन्दा बढी मिर्गौला प्रत्यारोपण गर्ने सर्जनको रुपमा चिनिएका डा. पुकारले नेपालमा मात्र करिव १४ सय जनाको सफल मिर्गौला प्रत्यारोपण गरेका छन् । नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण सेवा सुरु गराएर डा. पुकारले अर्को ऐतिहासिक काम गरेका छन् ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले मिर्गौला र कलेजो प्रत्यारोपणका क्षेत्रमा डा. पुकार र उहाँले नेतृत्व गरेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले उत्कृष्ठ काम गरेको बताउदै मिर्गौला प्रत्यारोपीका समस्या समाधानका लागि सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए । मन्त्री पौडेलले केन्द्रले उपचारात्मक सेवासँगै जनचेतनामूलक कार्यक्रमपनि सञ्चालन गर्नु पर्नेमा जोड दिए । केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले केन्द्रले उपचारात्मकसँगै जनचेतनामूलक कार्यक्रम पनि बेला बेलामा सञ्चालन गर्दै आइरहेको जानकारी दिए । कार्यक्रममा विभिन्न सांगितिक कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रममा खेलकुद मन्त्री तुजुलाल चौधरी पनि सहभागि थिए । बुधबमर विहान पाटन दरवारस्क्वायरबाट सुरु भएको जनचेतनामूकल र्याली लगनखेलमा आएर कार्यक्रममा समाहित भएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा.बाराकोटी नियुक्त
Next article मिर्गौला पदयात्रा, प्रत्यारोपण खेलकुद र सांगितिक कार्यक्रम सहित मनाइयो विश्व मिर्गौला दिवस

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

Sep 16th 10:06 AM
स्वास्थ्य विशेष

जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Sep 16th 8:59 AM
समाचार

मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131852
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web