• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 27th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पाँच चिकित्सकको अभिनयमा डा. रिजालको अंगदान सम्बन्धि गीत ‘ मेरो मृत्यु पछि… ’ सार्वजनिक

May 24th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पाँच चिकित्सकको अभिनयमा डा. रिजालको अंगदान सम्बन्धि गीत ‘ मेरो मृत्यु पछि… ’ सार्वजनिक

हेल्थ टुडे,
काठमाडौं, १० जेठ : वरिष्ठ स्त्री तथा प्रसूति रोग विज्ञ एवं गितकार डा.भोला रिजालद्वारा रचना गरिएको अंगदान सम्बन्धि भिडियो गित सनिबार राजधानीमा सार्वजनिक गरिएको छ । गीतकार संघ नेपालले आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरिएको भिडियो गीतमा डा. रिजालका अलावा चर्चित अंग प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठ, आँखा रोग विज्ञ डा. रिता गुरुङ, मुटुरोग सल्यचिकित्सक डा. भगवान कोइराला र डा. जोतेन्द्र शर्माले अभिनय गरेका छन् । गीतमा अंग दान गरेर पुण्य कमाउन सर्वसाधारणलाई आव्हान गरिएको छ । न्ह्यु बजाचार्यको संगीत रहेको उक्त गीतमा प्रविण रानाभाटले स्वर दिएको छ । कार्यक्रममा बोल्दै गीतकार डा. रिजालले मृत्यु पछिको संसार अहिलेको भन्दा राम्राृे हुने दाबी गर्दै त्यसको लागि यो जुनीमा अंगदान जस्ता अर्काको भलाई हुने काम गर्नु पर्ने बताए । अंग प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठले डा. रिजालको छवि स्त्री रोग विज्ञका रुपमा मात्र सिमित नभएर समाजसेवी, गितकार र अभियन्ताका रुपमा समेत ख्यातिप्राप्त गरेको बताउदै अंग प्रत्यारोपणका क्षेत्रमा नेपालमा ठूलो प्रगति भएकोमा जोड दिए । मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगदान गर्ने प्रचलन विस्तार गर्न गीत सगीतले ठूलो भूमिका खेल्ने डा. श्रेष्ठले बताए । आँखा रोग विज्ञ डा. रिता गुरुङले अंगदानका विषयमा अझै जनचेतना बिस्तार गर्नु पर्ने आवश्यकता रहेको बताइन । देउराली जनता फर्मास्वुटिकल्सका प्रवन्ध निर्देशक हरिभक्त शर्माले नेपालमा नकारात्मक कुराको खेती गरेर दिन कटाउनेहरुको भिडमा डा. रिजाल, डा. पुकार र डा.रिताजस्ता चिकित्सकले आशाको सञ्चार गराएको बताए । अंगदानको् क्षेत्रमा समाजका सबै तह र तप्काको सहकार्य हुनु पर्नेमा शर्माले जोड दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपालमा पहिलोपटक नेपाली चिकित्सकद्वारा मस्तिष्कमृत व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण
Next article सुर्तीजन्य पदार्थ सेवन न्युनिकरणमा जाग्दैछन् स्थानिय सरकार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 25th 7:19 AM
समाचार

चर्को विरोधपछि डा.गोविन्द केसी अनसन छोडेर सेती प्रादेशिक अस्पताल भर्ना

Jul 24th 7:43 AM
समाचार

डा. केसीविरुद्ध सुदूरपश्चिममा विरोध चर्कियो, संघर्ष समितिले दियो प्रतिअनशनको चेतावनी

Jul 23rd 10:28 AM
समाचार

५ बुँदे माग राख्दै धनगढीबाट डा. गोविन्द केसीले सुरु गरे अनसन

Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133579
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

110
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

107
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web