• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपालमा पहिलोपटक नेपाली चिकित्सकद्वारा मस्तिष्कमृत व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

May 25th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपालमा पहिलोपटक नेपाली चिकित्सकद्वारा मस्तिष्कमृत व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

पदमराज जोशी,
भक्तपुर, ११ जेठ : संसारकै सबैभन्दा दुर्लभ र जटिल शल्यक्रियामध्ये पर्ने मस्तिष्कमृत व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा सफल प्रत्यारोपण गरेर नेपाली चिकित्सकहरुले वाहवाह पाएका छन् । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरेको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक समेत रहेका अंग प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठ नेतृत्वको नेपाली चिकित्सक टीमले सफल ताका साथ उक्त प्रत्यारोपण गरेका हुन । केन्द्रले आईतबार पत्रकार सम्मेलनको आयोजना गरि औपचारिक जानकारी गराएको हो । यो सफलता नेपालका लागि पहिलो र विश्वमै दुर्लभ भएको डा. श्रेष्ठले जानकारी दिए ।
पत्रकार सम्मेलनमा मकवानपुरका ५१ वर्षीय शिव महर्जनमा मिर्गौला र कलेजो दुवै अंग प्रत्यारोपण गरिएको छ भने अर्को मिर्गौला ४२ वर्षीया महिलामा प्रत्यारोपण गरिएको डा. श्रेष्ठले अंग प्रत्यारोपण गरिएका बिरामीहरूले स्वास्थ्यलाभ गरिरहेका छन् । उनीहरू केही दिनमै डिस्चार्ज हुने तयारीमा रहेको डा.श्रेष्ठले जानकारी दिए । दुर्घटनामा परेर काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचाररत १८ वर्षीय पुरुषबाट मस्तिष्क मृत्यु भएपछि उनीबाट दुई मिर्गौला र एक कलेजो प्राप्त भएको थियो । काठमाडौं मेडिकल कलेजको टिमले अंग झिकेको थियो ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रत्यारोपण जेठ १ गते देखि सुरु गरेर चार दिन सम्म लागेको थियो । प्रत्यारोपणमा डा. पुकारका अलावा डा. कल्पना श्रेष्ठ, डा. रोसन घिमिरे, डा. दिपेश श्रेष्ठ, डा. सुरेश महर्जन, डा. विजय केसी, डा. कृष्ण बुढाथोकी सहितका चिकित्सकको सहयोग रहेको थियो ।
मिर्गौला र कलेजो दुवै अंग प्रत्यारोपण गरिएका मकवानपुरका ५१ वर्षीय शिव महर्जनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । उनले पत्रकार सम्मेलनमा भिडियो मार्फत पत्रकारहरुसँग कुराकानी गरेका थिए । केन्द्रका निर्देशक डा. पुकार सहितका चिकित्सकहरुको अथक प्रयासले आफुले नयाँ जिवन पाएको शिवले बताएका छन् । केन्द्रले वि.सं. २०७३ मंसिर २२ मा पहिलो पटक दक्षिण कोरियाली विज्ञको सहयोगमा कलेजो प्रत्यारोपण गरेको थियो । नेपाली टोलीबाट नेपालकै पहिलो कलेजो प्रत्यारोपण डा. पुकारको नेतृत्वमा २०७५ कार्तिक १२ गते भएको थियो । हालसम्म सबैभन्दा धेरै ३४ जनाको कलेजो प्रत्यारोपण भएको छ । केन्द्रकी नेफ्रोलोजिष्ट डा. कल्पना श्रेष्ठले टीम वर्कले मात्र यस्तो दुर्लभ प्रत्यारोपण संभव भएको बताइन । केन्द्रमा अहिलेसम्म १४ सय भन्दा बढीको मिर्गौला प्रत्यारोपण भएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पाँच चिकित्सकको अभिनयमा डा. रिजालको अंगदान सम्बन्धि गीत ‘ मेरो मृत्यु पछि... ’ सार्वजनिक
Next article भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण, १ हजार भन्दा बढीमा संक्रमण पुष्टि

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132702
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web