• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कृपाको अध्ययन भन्छ, ‘ अमेरिकी ग्लोबल ग्याग रुलले नेपालको प्रजनन् स्वास्थ्य क्षेत्र झनै संटकतिर धकेल्यो ’

May 31st, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कृपाको अध्ययन भन्छ, ‘ अमेरिकी ग्लोबल ग्याग रुलले नेपालको प्रजनन् स्वास्थ्य क्षेत्र झनै संटकतिर धकेल्यो ’

हेल्थ टुडे,
काठमाडौं, १८ जेठ : अमेरिकी सरकारले २०१७ देखि लागु गरेको ग्लोबल ग्याग रुलका कारण नेपालको प्रजनन् स्वास्थ्य सेवा प्रभावित हुन थालेको पाइएको छ । अमेरिकी सरकारले परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा लगायतका क्षेत्रमा दिदै आएको सहयोग रासी कटौती गरेपछि त्यसको असर नेपालको प्रजनन् स्वास्थ्यका क्षेत्रमा पनि देखिन थालिएको हो । प्रजनन स्वास्थ्यका क्षेत्रमा अनुसन्धान गरिरहेको वातावरण, स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) ले गरेको एक अध्ययनले यो कुरा देखाएको हो । कृपाले गरेको अध्ययन आईतबार वेबीनार पत्रकार सम्मेलन आयोजना गरि सार्वजनिक गरिएको हो । ग्याग रुलले गुणस्तरीय यौन तथा प्रजनन् स्वास्थ्य सेवाको पहुँच र प्रजनन् अधिकारमा कमी ल्याउनुका साथै नेपालका नागरिक समाजको आवाजलाई कमजोर बनाएको अध्ययनका प्रमुख अनुसन्धानकर्ता एवं कृपाका सहनिर्देशक डा. महेश पुरीले बताए । उनले भने, ‘यसका अलावा, यो नीतिले आर्थिक अनुदानको कमि हुनुका साथै विभिन्न संस्थाहरु र नागरिक समाजहरु बीचको साझेदारी, सहकार्य र आवाजलाई पनि कमजोर बनाएको छ ।’ नेपालमा युएसएआईडीको सहयोगमा संचालित परिवार नियोजनसंग सम्बन्धीत कार्यक्रम सिफो २ बन्द भएको उदाहरण प्रस्तुत गर्दै डा. पुरीले देशका विभिन्न भागमा सुरक्षित गर्भपतन र परिवार नियोजन सम्बन्धी सेवाहरु पनि आर्थिक अभावले कटौती हुदै गएको अध्ययनले देखाएको बताए ।
यस अध्ययनमा ३७ जना सरोकारवालाहरुसंग अन्तर्वार्ता लिईएको थियो । अध्ययनले देखाए अनुसार विस्तारित ग्लोबल ग्याग रुलको कार्यान्वयन पश्चात यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारका सेवाको उपलब्धता र पहुँच तथा उपयोगमा अन्तर आएको छ र यसले मुख्य रुपमा सिमान्तकृत र सेवाको पहुँच बाहिरका जनसंख्यालाई असर पुर्याएको देखाएको छ ।
डा. पुरीका अनुसार ग्याय रुपका कारण स्वास्थ्य सेवाप्रदायकहरुलाई प्रदान गरिने परिवार नियोजन सम्बन्धी तालिम र परिवार नियोजनका साधनहरुकोआपूर्तिमा असर पु¥याएको छ जसले गर्दा सेवाको गुणस्तर घटाएको, प्रजनन स्वास्थ्य तथा अधिकारका क्षेत्रमा कार्यरत संस्थाहरुको संजाल र साझेदारीमा अवरोध ल्याएको र नागरिक समाजले एकजुट भएर प्रभावकारी र कुशलतापुर्वक गर्ने कार्यहरुलाई सिमित बनाएको छ । यस नीतिका प्रावधानहरु पालना नगरेका कारण चार वटा संस्थाहरुले आफ्नो आर्थिक स्रोत गुमाउनुपरेको, अन्य साझेदारीहरुको विकल्प कम भएको तथा अन्य संस्थागत स्रोत र कार्यक्रमहरु कम गरिरहनु परेको अध्धयनमा उल्लेख छ ।
सन् २०१७ को विस्तारित ग्लोबल ग्याग रुलका अनुसार परिवार नियोजन, प्रजनन स्वास्थ्य, मातृ तथा शिशु स्वास्थ्य, पोषण, एच.आइ.भी र एड्स, क्षयरोग, औलो, सरुवा रोगहरु, ध्यान नपुगेका उष्ण प्रदेशिय रोगहरु र पानी तथा सरसफाई सम्बन्धी कार्यक्रमहरु गर्न अमेरिकी विश्व स्वास्थ्य सहयोग प्राप्त गर्दै आएका नेपाली गैर सरकारी संस्थाहरुलाई गर्भपतन सम्बन्धी जानकारी दिन, प्रेषण गर्न वा कानुनी मान्यता प्राप्त गर्भपतन वा सुरक्षित गर्भपतनलाई परिवार नियोजनको साधनको रुपमा वैधानिकताको लागि वकालत गर्न प्रतिबन्ध गरेको छ । यी संस्थाहरुलार्इृ आफ्नै आर्थिक स्रोतबाट समेत यस्ता कार्यहरु गर्न प्रतिवन्ध गरिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुदूरपश्चिममा थप १८ जनाका कोराना संक्रमण, कुल संक्रमित ६३ पुगे, आज कैलालीमा १० र कञ्चनपुरमा ८ थपिए
Next article धुम्रपानका कारण नेपालमा बर्षिनी २७ हजारको मृत्यु ,सूर्तिजन्य पदार्थको सेवन गर्नेहरुमा कोभिड १९ को संक्रमण गम्भिर

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

41
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web