• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चितवनमा बैसाख ९ देखि ११ सम्म हुने ‘नेपाल फर्मा एक्स्पो–२०२२’ मा १६० वटा औषधि उद्योग सहभागी हुने

March 4th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चितवनमा बैसाख ९ देखि ११ सम्म  हुने ‘नेपाल फर्मा एक्स्पो–२०२२’ मा १६० वटा औषधि उद्योग सहभागी हुने

हेल्थ टुडे,
काठमाडौँ, २० फागुन : नेपाल औषधि उत्पादक संघ (एपोन) ले हरेक दुई वर्षमा आयोजना गर्ने ‘नेपाल फर्मा एक्स्पो–२०२२’ आगामी बैसाख ९ देखि ११सम्म चितवनमा आयोजना हुने भएको छ । औषधि तथा औषधिजन्य उपकरणको बृहत प्रदर्शनी ‘नेपाल फर्मा एक्स्पो – २०२२’ मा स्वदेशी र विदेशी औषधि उद्योग गरि १६० वटा औषधि कम्पनी सहभागी हुने भएका छन् । एपोनले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरि एक्सपोका बिषयमा जानकारी गराइएको हो । एपोनका अध्यक्ष प्रज्वलजंग पाण्डेले फागुनमै एक्स्पो गर्ने पूर्व योजना भए पनि कोभिड –१९ का कारण एक्स्पो यसपटक दुई महिना ढिला गरि हुन लागेको बताए । उनले भने, ‘ अब भने कोभिडको प्रकोप कम भइरहेकोले सहज हुने भएको छ । ’
पाण्डेले नेपालमा भइरहेको औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशिलताको बारेमा जनमानसमा सचेतना दिने,नेपालको औषधि उत्पादनलाई अन्तराष्ट्रिय स्तरसम्म पुयाउन अझ प्रविधिमैत्री र दक्षता प्रदान गर्ने, औषधि प्राविधिक र फर्मासिस्टहरुलाई अन्तराष्ट्रिय स्तरको नविनतम प्राविधिक ज्ञान दिने एक्स्पोको उद्धेश्य रहेको बताए ।

‘नेपालमा गुणस्तरीय औषधि उत्पादन हुन्छ, औषधि उत्पादन जति पनि राष्ट्रिय उद्योगलाई छ्न् तिनको सुरक्षा तथा प्रवर्धन गर्नुपर्छ, र त्यसले जनतालाई जुनसुकैबेला सहुलियत दरमा औषधि उपलव्ध गराउन पनि मद्धत पुग्छ । एक्स्पोले यो सन्देश पनि दिन चाहन्छ,’ पत्रकार सम्मेलनमा पाण्डेले भने ।

एपोनका उपाध्यक्ष तथा ‘मिडिया कोअर्डिनेटर’ सन्तोष बरालले जनसमुदायसम्म औषधिका बिषयमा नविनतम जानकारी पुर्उाएक्स्पोमा राष्ट्रिय तथा बहुराष्ट्रिय गरि १६० स्टल रहने बताए । ‘औषधिको क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न १२० वटा बहुराष्ट्रिय कम्पनी, र ४० वटा नेपाली औषधि उद्योगहरुले समेत एक्स्पोमा भाग लिनेछन्,’ उनले भने । उनले एक्सोपमा १५ हजार बढीले अवलोकन गर्ने अनुमान रहेको बताए ।

कार्यक्रममा एपोनका निवर्तमान अध्यक्ष एवं नेपाल फर्मा एक्स्पो २०२२ का संयोजक जी नारायणबहादुर क्षेत्रीले ६० अर्व बढी लगानी भएको नेपाली औषधि उद्योगलाई प्रवद्धन तथा नयाँ नयाँ टेक्लोलोजीबारे ज्ञान तथा सिप बाढ्नका लागि एक्स्पो आयोजना गरिएको बताए । उनले एक्सोमा प्लाटिनम स्पोन्सरमा इलमेक प्याकेजिङ प्रालि, डाइमण्ड स्पोन्सरमा सनसाई फर्मा रहेको जानकारी दिए । यस्तै गोल्ड स्पोन्सरमा एनपीएम मेसिनरी, एपभिएएस प्याकेजिङ, एचभी एक्स मेसिनरी र एम्बिएन्ट टेक्नोलोजी रहेको जानकारी दिए । कार्यक्रममा एपोनका बरिष्ठ उपाध्यक्ष महेश प्रधान र कोषाध्यक्ष प्रभात रुङ्गाटाले पनि एक्स्पोका विविध पक्षका बारेमा जानकारी दिएका थिए ।

बिगत १६ बर्षदेखि आयोजना हुदै आएको एक्स्पो यो आठौं संस्करण हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ललितपुर महानगरपालिकाको अनुकरणीय काम, पाटन–जावलाखेल–पुल्चोक धुम्रपान निषेधित क्षेत्र घोषणा
Next article मिर्गौला दिवसमा फुटबल : चिकित्सक र मिर्गौला प्रत्यारोपित टोली बराबरीमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132449
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web