• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चितवनमा बैसाख ९ देखि ११ सम्म हुने ‘नेपाल फर्मा एक्स्पो–२०२२’ मा १६० वटा औषधि उद्योग सहभागी हुने

March 4th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 812

Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 818
चितवनमा बैसाख ९ देखि ११ सम्म  हुने ‘नेपाल फर्मा एक्स्पो–२०२२’ मा १६० वटा औषधि उद्योग सहभागी हुने

हेल्थ टुडे,
काठमाडौँ, २० फागुन : नेपाल औषधि उत्पादक संघ (एपोन) ले हरेक दुई वर्षमा आयोजना गर्ने ‘नेपाल फर्मा एक्स्पो–२०२२’ आगामी बैसाख ९ देखि ११सम्म चितवनमा आयोजना हुने भएको छ । औषधि तथा औषधिजन्य उपकरणको बृहत प्रदर्शनी ‘नेपाल फर्मा एक्स्पो – २०२२’ मा स्वदेशी र विदेशी औषधि उद्योग गरि १६० वटा औषधि कम्पनी सहभागी हुने भएका छन् । एपोनले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरि एक्सपोका बिषयमा जानकारी गराइएको हो । एपोनका अध्यक्ष प्रज्वलजंग पाण्डेले फागुनमै एक्स्पो गर्ने पूर्व योजना भए पनि कोभिड –१९ का कारण एक्स्पो यसपटक दुई महिना ढिला गरि हुन लागेको बताए । उनले भने, ‘ अब भने कोभिडको प्रकोप कम भइरहेकोले सहज हुने भएको छ । ’
पाण्डेले नेपालमा भइरहेको औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशिलताको बारेमा जनमानसमा सचेतना दिने,नेपालको औषधि उत्पादनलाई अन्तराष्ट्रिय स्तरसम्म पुयाउन अझ प्रविधिमैत्री र दक्षता प्रदान गर्ने, औषधि प्राविधिक र फर्मासिस्टहरुलाई अन्तराष्ट्रिय स्तरको नविनतम प्राविधिक ज्ञान दिने एक्स्पोको उद्धेश्य रहेको बताए ।

‘नेपालमा गुणस्तरीय औषधि उत्पादन हुन्छ, औषधि उत्पादन जति पनि राष्ट्रिय उद्योगलाई छ्न् तिनको सुरक्षा तथा प्रवर्धन गर्नुपर्छ, र त्यसले जनतालाई जुनसुकैबेला सहुलियत दरमा औषधि उपलव्ध गराउन पनि मद्धत पुग्छ । एक्स्पोले यो सन्देश पनि दिन चाहन्छ,’ पत्रकार सम्मेलनमा पाण्डेले भने ।

एपोनका उपाध्यक्ष तथा ‘मिडिया कोअर्डिनेटर’ सन्तोष बरालले जनसमुदायसम्म औषधिका बिषयमा नविनतम जानकारी पुर्उाएक्स्पोमा राष्ट्रिय तथा बहुराष्ट्रिय गरि १६० स्टल रहने बताए । ‘औषधिको क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न १२० वटा बहुराष्ट्रिय कम्पनी, र ४० वटा नेपाली औषधि उद्योगहरुले समेत एक्स्पोमा भाग लिनेछन्,’ उनले भने । उनले एक्सोपमा १५ हजार बढीले अवलोकन गर्ने अनुमान रहेको बताए ।

कार्यक्रममा एपोनका निवर्तमान अध्यक्ष एवं नेपाल फर्मा एक्स्पो २०२२ का संयोजक जी नारायणबहादुर क्षेत्रीले ६० अर्व बढी लगानी भएको नेपाली औषधि उद्योगलाई प्रवद्धन तथा नयाँ नयाँ टेक्लोलोजीबारे ज्ञान तथा सिप बाढ्नका लागि एक्स्पो आयोजना गरिएको बताए । उनले एक्सोमा प्लाटिनम स्पोन्सरमा इलमेक प्याकेजिङ प्रालि, डाइमण्ड स्पोन्सरमा सनसाई फर्मा रहेको जानकारी दिए । यस्तै गोल्ड स्पोन्सरमा एनपीएम मेसिनरी, एपभिएएस प्याकेजिङ, एचभी एक्स मेसिनरी र एम्बिएन्ट टेक्नोलोजी रहेको जानकारी दिए । कार्यक्रममा एपोनका बरिष्ठ उपाध्यक्ष महेश प्रधान र कोषाध्यक्ष प्रभात रुङ्गाटाले पनि एक्स्पोका विविध पक्षका बारेमा जानकारी दिएका थिए ।

बिगत १६ बर्षदेखि आयोजना हुदै आएको एक्स्पो यो आठौं संस्करण हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मिर्गौला दिवसमा फुटबल : चिकित्सक र मिर्गौला प्रत्यारोपित टोली बराबरीमा
Next article ललितपुर महानगरपालिकाको अनुकरणीय काम, पाटन–जावलाखेल–पुल्चोक धुम्रपान निषेधित क्षेत्र घोषणा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 28th 7:27 AM
समाचार

हावाहुरी र वर्षाको पूर्वानुमानसँगै १२ देखि १४ गतेसम्म स्वास्थ्य क्षेत्र उच्च सतर्कतामा

Oct 26th 10:50 AM
बिशेषज्ञ लेख

मधुमेहको समस्या छ भने सानो थालमा खानुस्

Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134601
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

88
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

82
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web