• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

फेरि जीवनजलको उत्पादन सुरू

May 7th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
फेरि जीवनजलको उत्पादन सुरू

 
सरकारी स्वामित्वको नेपाल औषधि उद्योग लिमिटेडले औषधि उत्पादन सुरू गरेको छ । आइतबारदेखि जीवनजल उत्पादन सुरू गरेको नेपाल औषधि उद्योग लिमिटेडका अध्यक्ष चन्दन कृष्ण श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने ‘छिट्टै नै ट्याब्लेट औषधिको पनि उत्पादन थालिने छ ।’ पुनः उत्पादन थाल्नको लागि अर्थमन्त्रालयले केहि महिनाअघि यस उद्योगलाई ६ करोड ४८ लाख रकम उपलब्ध गराएको छ ।

यस वर्षका लागि १२ करोड रकम दिनेभनेपनि उत्पादन नथाली बसेको हुँदा अर्थमन्त्रालयले ६ करोड मात्रै रकम दिएको थियो । ट्याब्लेट बनाउने मेसिन ल्याएसँगै सिटामोलको उत्पादन थालिने श्रेष्ठले जानकारी दिए । साथैे पहिलो चरणमा सरकारले देशभर निशुल्क रुपमा उपलब्ध गराएकामध्ये ८ प्रकारका औषधि समेत उत्पादन गर्ने तयारी छ । सरकारले ७ वर्षदेखि बन्द रहेको नेपाल औषधि लिमिटेडलाई पुनः सञ्चालनमा ल्याएको हो । ०६७ सालदेखि पूर्ण रुपमा बन्द भएको थियो ।

लामो समयसम्म उद्योग बन्द रहँदा लिमिटेड अहिले ऋणमा छ । सरकारको पूर्ण स्वामित्वमा सञ्चालित उद्योग निजी कम्पनीसँग प्रतिस्पर्धामा जान नसकेर ०५८ देखि घाटामा सञ्चालन हुँदै आएको थियो । साथै विगतमा सरकारमा रहेका उद्योगलाई दलहरुले कार्यकर्ता भर्ती केन्द्रको बनाएका थिए  । जसका कारण पनि यो उद्योग माथि उठ्न सकेको थिएन । बन्द हुनुअघिसम्म उद्योगले एक सय ५० प्रकारका औषधी उत्पादन गर्दै आएको थियो । यस उद्योगमा अहिले ९० जनाजति कर्मचारी कार्यरत छन् ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अब सर्जिकल उपकरणको पनि खुद्रा मूल्य
Next article डा.रञ्जिताको सपना , दाँतको छुट्टै अस्पताल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134302
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web