हेल्थ टुडे,
काठमाडौं, ३० बैसाख : बंगालादेशले हात्तीपाइले रोग उन्मूलन गरेको छ । विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रिय निर्देशक डा. पूनम क्षेत्रपाल सिंहले शनिबार विज्ञप्ति प्रकाशित गरेर बंगालादेश हात्तीपाइले रोग उन्मूलन गर्न सफल भएको बताएकी छन्। विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रमा माल्दिप्स, श्रीलंका र थाइल्याण्डपछि बंगालादेश हात्तीपाइले रोग उन्मूलन गर्ने चौथो देश भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा अझै पनि हात्तीपाइले रोग उन्मूलन हुन सकेको छैन । राजनीतिक दलहरुको बलियो प्रतिबद्दता, स्वास्थ्यकर्मीका अथक मेहनत र दाताहरुको सहयोगले यो कार्य संभव भएको निर्देशक डा. सिंहले बताएकी छन् ।
Leave a Reply