• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विश्व मिर्गौला दिवसमा वरिष्ठ अंग प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठ सम्मानित

March 12th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विश्व मिर्गौला दिवसमा वरिष्ठ अंग प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठ सम्मानित


हेल्थ टुडे,

काठमाडौं, २८ फागुन : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक समेत रहेका वरिष्ठ अंग प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठ सम्मानित भएका छन् । विश्व मिर्गौला दिवसको अवसरमा बुधबार ललितपुरमा आयोजित पन्ध्रौ नेपाल प्रत्यारोपण खेलकुद एवं सांगितिक कार्यक्रममा मिर्गौला प्रत्यारोपी समाजका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डा. श्रेष्ठलाई सम्मान गरेका हुन । नेपालमा सबै भन्दा बढी मिर्गौला प्रत्यारोपण गर्ने सर्जनको रुपमा चिनिएका डा. पुकारले नेपालमा मात्र करिव १४ सय जनाको सफल मिर्गौला प्रत्यारोपण गरेका छन् । नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण सेवा सुरु गराएर डा. पुकारले अर्को ऐतिहासिक काम गरेका छन् ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले मिर्गौला र कलेजो प्रत्यारोपणका क्षेत्रमा डा. पुकार र उहाँले नेतृत्व गरेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले उत्कृष्ठ काम गरेको बताउदै मिर्गौला प्रत्यारोपीका समस्या समाधानका लागि सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए । मन्त्री पौडेलले केन्द्रले उपचारात्मक सेवासँगै जनचेतनामूलक कार्यक्रमपनि सञ्चालन गर्नु पर्नेमा जोड दिए । केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले केन्द्रले उपचारात्मकसँगै जनचेतनामूलक कार्यक्रम पनि बेला बेलामा सञ्चालन गर्दै आइरहेको जानकारी दिए । कार्यक्रममा विभिन्न सांगितिक कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रममा खेलकुद मन्त्री तुजुलाल चौधरी पनि सहभागि थिए । बुधबमर विहान पाटन दरवारस्क्वायरबाट सुरु भएको जनचेतनामूकल र्याली लगनखेलमा आएर कार्यक्रममा समाहित भएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मिर्गौला पदयात्रा, प्रत्यारोपण खेलकुद र सांगितिक कार्यक्रम सहित मनाइयो विश्व मिर्गौला दिवस
Next article स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा.बाराकोटी नियुक्त

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133790
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

146
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

127
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web