• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मेड आईक्यूले ल्यायो ‘हस्पिटल अपरेटिङ सिस्टम’ नामक आधुनिक सफ्टवेयर

June 3rd, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मेड आईक्यूले ल्यायो ‘हस्पिटल अपरेटिङ सिस्टम’ नामक आधुनिक सफ्टवेयर


हेल्थ टुडे

काठमाडौं, २० जेठ : विभिन्न अस्पतालहरुले विद्युतिय माध्यमबाट प्रदान गर्दै आइरहेको स्वास्थ्य सेवालाई अझ बढी छरितो र विश्वसनिय बनाउने उद्देश्यले मेड आईक्यू प्रालिले ‘हस्पिटल अपरेटिङ सिस्टम’ नामक अत्याधनिक सफ्टवेयर निर्माण गरेर बजारमा ल्याएको छ । नेपाल सरकारले विसं २०८१ सालमा जारी गरेको एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका बमोजिम मेड आईक्यूले हेल्थ कन्सर्न नेपालको सहकार्यमा उक्त सफ्टवेयर तयार पारेको हो । ‘हस्पिटल अपरेटिङ सिस्टम’ सफ्टवेयरका विषयमा जानकारी गराउने उद्देश्यले कम्पनीले मंगलबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा हेल्थ कन्सर्न नेपालका संस्थापक डा.सुवास प्याकुरेलले ‘हस्पिटल अपरेटिङ सिस्टम’ सफ्टवेयरले स्वास्थ्यकर्मीको समय बचत गर्ने, प्रयोगकर्ता मैत्री र विश्वसनिय भएको जानकारी गराउदै ठूला अस्पतालसँगै क्लिनिक, ल्याव, फार्मेसी , पालिका अस्पताल र सामुदायिक अस्पतालहरुका लागि निकै समेत यो सफ्टवेयर उपयोगी रहेको बताए ।
अहिलेको समयमा सुचना प्रविधिबाट कोही पनि भाग्ने नसक्ने बताउदै सुचना प्रविधिका क्षेत्रमा भएका नयाँ नयाँ प्रयोग मार्फत स्वास्थ्य सेवा सहज र छरितो बनाउन अस्पतालहरुलाई आग्रह गरे । कम्पनीकी प्रमुख कार्यक्रम अधिकृत सृष्टि पन्तले नेपालमा मात्र सिमित नरहेर बिदेशमा समेत बजार प्रवद्र्धन गर्ने उद्धेश्यले तयार पारिएको सफ्टवेयरले स्वास्थ्य संस्थाहरुलाई सूचना प्रविधि भएर छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने जानकारी दिइन । हेल्थ कन्सर्नको सहकार्यमा यसको नेटवर्क आइटी कम्पनी मेड आइ क्यु प्रा लिले लामो खोज र अनुसन्धान गरि यसको बिकास गरेको पन्तले बताइन ।
पत्रकार सम्मेलनमा कम्पनीका जनसम्पर्क निर्देशक मिलनचन्द्र खनालले प्रविधिको विकाससँगै स्वास्थ्य संस्थाहरु पनि प्रविधि मैत्री भएर अगाडि बढ्नु पर्ने आवश्यकता माथि जोड दिए । कार्यक्रममा नयाँ सफ्टवेयर धेरै महंगो नभएको, प्रयोगकर्तालाई सिक्न धेरै समय नलाग्ने, सजिलै विरामीको सबै रेकर्ड राख्न मिल्ने जस्ता १० वटा फिचर भएकोे कम्पनीकी प्रमुख कार्यक्रम अधिकृत पन्तल जानकारी दिइन । मेड आईक्यूले यो भन्दा पहिले पनि अस्पतालहरुका लागि आवश्यक पर्ने सफ्टवेयर निर्माण गरेर बजारीकरण गरिसकेको छ । हस्पिटल अपरेटिङ सिस्टम नयाँ चुस्त, दुरुस्त र छिटो छरितो रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन तयार पारिएको सफ्टवेयर हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपाल र किम्स अस्पतालबीच स्वास्थ्य सेवामा सीप र क्षमता अभिवृद्धिका लागि सहकार्य
Next article विश्व ब्रेन ट्युमर दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132702
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web