• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 30th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै कपिलबस्तुमा प्रदर्शन

July 30th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै कपिलबस्तुमा प्रदर्शन

हेल्थ टुडे
कपिलवस्तु, साउन १४ : कपिलवस्तु नगरपालिका–७ धमौलीकी ३० वर्षीया जनरमती यादवको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर परिवार र स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । उनीहरूले चिकित्सकको लापरवाहीका कारण जनरमतीको मृत्यु भएको आरोप लगाउँदै दोषीमाथि कडा कारबाही, निष्पक्ष छानबिन तथा पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन् । मृतकका पति राजेशकुमार यादवको नेतृत्वमा स्थानीयवासीले बिहीबार जिल्ला प्रशासन कार्यालय कपिलवस्तु अगाडि विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले केही समय सडक अवरुद्ध गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका थिए । प्रदर्शनकारीहरूले दोषीलाई कारबाही नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनीसमेत दिएका छन् ।

मृतकका श्रीमान् राजेशकुमार यादवका अनुसार जनरमती यादवलाई साउन ७ गते प्रसूति गराउन कपिलवस्तु अस्पताल लगिएको थियो । शल्यक्रिया (सिजेरियन) मार्फत बच्चा सकुशल जन्मिए पनि अपरेसनपछि जनरमतीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको उनले बताए ।
राजेशकुमार यादवको आरोप अनुसार कपिलवस्तु अस्पतालमा उपचारमा संलग्न चिकित्सकको लापरवाहीका कारण श्रीमतीको अवस्था बिग्रिएको थियो । त्यसपछि थप उपचारका लागि उनलाई भैरहवास्थित मेडिकल कलेजमा रेफर गरिएको भए पनि उपचारकै क्रममा तीन दिनअघि उनको मृत्यु भएको उनले बताए

“हाम्रो बच्चा सकुशल जन्मियो, तर श्रीमतीलाई बचाउन सकिएन । घटनाको निष्पक्ष छानबिन होस्, दोषीलाई कानुनअनुसार कारबाही गरियोस् र पीडित परिवारलाई न्याय दिइयोस्,“ प्रदर्शनका क्रममा राजेशकुमार यादवले माग गरे । स्थानीयवासीले पनि घटनालाई सामान्य रूपमा लिन नहुने भन्दै प्रसूति सेवाजस्तो संवेदनशील क्षेत्रमा हुने सम्भावित लापरवाहीप्रति सरकारले गम्भीर बन्नुपर्ने बताएका छन् । उनीहरूले स्वास्थ्य संस्थामा बिरामीको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने र यस्ता घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग गरेका छन् । प्रदर्शनका कारण जिल्ला प्रशासन कार्यालय आसपास केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो। सुरक्षाकर्मीको उपस्थितिमा प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ ।

यस घटनाप्रति स्वास्थ्यकर्मी तथा अस्पताल प्रशासनको आधिकारिक धारणा भने समाचार तयार पार्दासम्म प्राप्त हुन सकेको छैन । कपिलवस्तु अस्पतालले घटनाबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैन । यद्यपि, स्वास्थ्य सेवा सम्बन्धी कुनै पनि गम्भीर घटनामा सत्यतथ्य पत्ता लगाउन चिकित्सकीय छानबिन आवश्यक हुने भएकाले सम्बन्धित निकायबाट निष्पक्ष अनुसन्धान गरी वास्तविक कारण सार्वजनिक गर्नुपर्ने माग स्थानीयस्तरमा बढ्दै गएको छ । पीडित परिवारले घटनाको न्यायिक छानबिन, दोषीमाथि कडा कानुनी कारबाही, उपचार प्रक्रियामा भएको भनिएको लापरवाहीको सत्यतथ्य सार्वजनिक गर्न तथा उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article दुई दिनपछि खुलेका काठमाडौंका अस्पतालमा बिरामीको भीड, ओपीडी सेवा पुनः सञ्चालनमा
Next article स्वास्थ्य बीमा बोर्डका नव नियुक्त अध्यक्ष डा.सुभाष प्याकुरेल को हुन ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 30th 12:00 PM
समाचार

दुई दिनपछि खुलेका काठमाडौंका अस्पतालमा बिरामीको भीड, ओपीडी सेवा पुनः सञ्चालनमा

Jul 30th 10:33 AM
समाचार

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै कपिलबस्तुमा प्रदर्शन

Jul 30th 9:09 AM
समाचार

स्वास्थ्य बीमा बोर्डका नव नियुक्त अध्यक्ष डा.सुभाष प्याकुरेल को हुन ?

Jul 29th 9:23 AM
समाचार

चिकित्सा शिक्षा सुधारका कार्यक्रमलाई प्राथमिकता, आयोगद्वारा ६ अर्ब ५५ करोडको बजेट पारित

Jul 29th 7:00 AM
समाचार

चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरुद्वारा माइतिघरमा विरोध प्रदर्शन

Jul 28th 12:02 PM
समाचार

आन्दोलनरत चिकित्सकको माग तत्काल सम्बोधन गर्न कांग्रेसको आग्रह

Jul 27th 1:35 PM
समाचार

औषधिपुरकको परिभाषाप्रति फ्यानक्यानको आपत्ति, सरोकारवालासँग थप छलफल गर्न सरकार तयार

Jul 25th 7:19 AM
समाचार

चर्को विरोधपछि डा.गोविन्द केसी अनसन छोडेर सेती प्रादेशिक अस्पताल भर्ना

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133670
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

127
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

122
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web