• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 2nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

कसरी रोक्ने सास गन्हाउने समस्या ?

November 28th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कसरी रोक्ने सास गन्हाउने समस्या ?

डा. भागवत भट्टराई

हामी शरीरका अन्य भागको उपचारमा ठूलो धनराशि खर्च गर्न पछि पर्दैनौ । तर मुख र दाँत स्वास्थ्यलाई खासै महत्व दिने गरेका हुदैनौ ।  जबसम्म हामी दाँत र मुख स्वास्थ्यलाई महत्व दिएर ख्याल गर्दैनौ,  तबसम्म सास गन्हाउनेजस्ता समस्यामात्र नभएर मुख र जिब्रोको क्यान्सरबाट बाँच्न सक्दैनौ । सास गन्हाउने समस्या जुनसुकै उमेरका व्यक्तिलाई पनि हुन सक्छ । त्यसैले साना नानीहरूलाई सानै उमेरदेखि कुल्ला गर्ने, दाँत माझ्नेलगायतका बानी बसाल्नु आवश्यक छ । सास गन्हाउने समस्याबाट बच्न हामीले यी कुरामा ध्यान दिनै पर्छ ।

१. बिहान र बेलुका दुई पटक नछुटाई राम्रोसँग दाँत माझ्नुपर्छ ।

२. जिब्रोको माथिल्लो भाग सफा गर्नुपर्छ ।

३. कीरा लागेको र प्वाल भएको दाँत छ भने त्यसको उपचार गर्नुपर्छ ।

४. खाना खाएपछि कुल्ला गर्नु बिर्सनु हुदैन ।

५. प्रशस्त मात्रामा पानी पिउनुपर्छ । दिनमा कम्तीमा चार लिटर पानी पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

६. पेटमा कब्जियतलगायतको समस्या छ भने उपचार गर्नुपर्छ ।

७. सास गन्हाउने समस्या समाधानका लागि दन्त रोग विशेषज्ञसँंग उपचार र परामर्श गर्नुपर्छ ।

 सास गन्हाउने प्रमुख कारण  :

१. खाना अड्केर कुहिएर

२. जिब्रोको माथिल्लो भाग बारम्बार सफा नगरेमा ।

३. गिजामा पिप जमेर ।

४. पिनास भएमा ।

५. पेटको समस्या भएमा ।

६. गिजा धेरै सुन्निएमा ।

७. शरीरमा पानीको मात्रा कम भएमा ।

८. धूमपान र मद्यपानको सेवनले ।

९. मिर्गौलाको समस्या भएमा ।

१०. फोक्सोमा संक्रमण भएमा ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article किन हुन्छ शरीरमा मुसा ?
Next article पिनास भए के गर्ने  ?

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Jun 1st 9:20 AM
समाचार

नेपाल र किम्स अस्पतालबीच स्वास्थ्य सेवामा सीप र क्षमता अभिवृद्धिका लागि सहकार्य

May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:02 PM
समाचार

मेडिकल पत्रका सम्पादक कट्टेल सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:42 PM
समाचार

सुर्तीजन्य पदार्थ विरुद्वका अभियन्ता डा. बम सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:28 PM
समाचार

नेपाली हेल्थका सम्पादक न्यौपाने सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 26th 11:19 AM
समाचार

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण, १ हजार भन्दा बढीमा संक्रमण पुष्टि

May 25th 10:13 AM
समाचार

नेपालमा पहिलोपटक नेपाली चिकित्सकद्वारा मस्तिष्कमृत व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131550
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

11
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web