• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

पिनास भए के गर्ने  ?

November 28th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पिनास भए के गर्ने  ?

डा.समीरकुमार अधिकारी

जाडो मौसममा देखिने प्रमुख समस्यामध्ये एक हो, पिनास । वातावरणीय प्रदूषण, धूलो, धुवाँको कारणले गर्दा हुन्छ । नेपाल अन्य ठाउँमा भन्दा काठमाडौं उपत्यकामा पिनासको समस्या जटिल बन्दै गइरहेको पाइएको छ ।

हाम्रो खप्परका केही हाडहरूमा सानासाना हावा भरिएका कोठाहरू हुन्छन्, जसलाई प्यारानेजल साइनस भनिन्छ । यिनको संख्या लगभग ५० वटासम्म हुन्छन् । यी कोठाहरूमा श्वासप्रश्वास प्रक्रियामा हामीले लिएको हावालाई तातो र आद्र बनाउने कामका अतिरिक्त इन्फेक्सन र इरिसनबाट बचाउने काम हुन्छ । खप्परका हाडहरूलाई हलुका बनाई टाउकोमा सन्तुलन कायम राख्ने र आवाज निकाल्ने काममा पनि साइनसको मुख्य भूमिका रहन्छ । हामीले श्वास लिँदा यी साइनस खाली हुन्छन् भने श्वास फ्याँक्दा भरिन्छन् । यी साइनसलाई पातलो झिल्लीले ढाकेको हुन्छ, जसले म्युकस उत्पादन गर्दछ । यसैलाई हामी सिँगान भन्ने गर्दछौं । यसरी उत्पन्न भएको म्युकस नेजल क्यामिटीहुँदै बाहिर निस्कन्छ । यी साइनसहरूमा समस्या तब हुन्छ जब कुनै पनि कारणले साइनसको सिँगान बन्ने र बाहिर आउने प्रक्रियामा गड्बढ भई सिँगान धेरै आउने वा त्यहीँ उत्पन्न भएको सिँगान राम्ररी बाहिर आउन नसक्ने हुन्छ ।

सिँगान धेरै बग्ने अवस्थालाई हामी सामान्यतया रुघा लागेको भन्ने गर्दछौं । सिँगान राम्ररी नखुल्ने या बेलाबेलामा धेरै फोहोरसहित खुल्ने अवस्थालाई पिनास भन्दछौं । यी अवस्थाहरू विविध कारणले उत्पन्न हुन्छन् । जस्तैः वातावरणीय प्रदूषण, धूलो, धुवाँ भएको चिसो ठाउँमा, कुपोषणले ग्रसित र रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिहरू प्रायः पिनासबाट पीडित भएको पाइन्छ । त्यस्तै जन्मजात नाकका प्वालहरू सामान्य नभएका व्यक्तिहरूलाई पनि यो समस्या बारम्बार भइरहन्छ । नाकको संक्रमणबाट जीवाणु साइनसमा पुगेर पनि पिनास हुन्छ र पिनास भएपछि इन्फेक्सन प्रायः हुन्छ । सुरुमा एलर्जी, भाइरसको संक्रमण हुँदै ब्याक्टेरियाको संक्रमण हुन्छ । त्यस्तै दाँतको संक्रमणबाट, नाकको ट्युमर, बाह्य पदार्थको प्रवेश, एलर्जी साइनसमा चोटपटक लाग्नु आदि कारणले पनि पिनास हुन्छ । दुई नाकको प्वालबीचको सिस्टम बांगिएर ड्रेनेज रोकिनु, नाकभित्र मासु पलाउनु आदिलाई पनि यसको कारण मानिएको छ । समान्यतया रूखाखोकी लागेपछि, फोहोरपानीमा पौडी खेलेपछि, दाँतका गिजा पाकेपछि र नाकको एलर्जीपछि पिनास भएको पाइन्छ ।

ज्वरो आउने, जाडो हुने, जीउ टाउको दाँत र आँखाको माथि दुख्ने, नाक बन्द हुने वा बेलाबेला बाक्लो सिँगान बग्ने, कहिलेकाहीँ रगत वा पीपसहित सिँगान आउने र नाक सुक्खा हुने आदि लक्षणहरू पिनासमा हुन्छन् । नाकबाट दुर्गन्ध आउने, गन्धज्ञान नहुने, बोली तथा दृष्टि प्रभावित हुने हुन्छ । राति जागा बस्ने, दिउँसो सुत्ने धेरै बोलिरहने र मानसिक तनावले यो बढ्छ । आयुर्वेदमा आचार्य सुश्रुतले नाकमा हुने ३१ प्रकारका रोगहरूमध्ये पिनासलाई मुख्य मानेका छन् । चिकित्साको दृष्टिकोणले यसलाई अपक्व पिनास (धेरै पातलो सिँगान बग्ने) र पक्क पिनास (नाक बन्द हुने वा बाक्लो सिँगान बग्ने) गरी दुई भागमा विभाजन गरिएको छ । आधुनिक आयुर्वेदका अनुसार यसलाई नवपिनास र जीर्ण पिनास गरी दुई भागमा बाँडिएको छ । समयमा उपचार नगर्दा नवपिनास पछि गई दीर्घ र जीर्ण पिनासमा परिणत हुन्छ ।

झट्ट हेर्दा पिनास साधारण रोग जस्तो देखिएता पनि बेलैमा सही उपचार नभएमा यसबाट विभिन्न जटिलताहरू आउँछन् । साइनसबाट संक्रमण दिमागमा गई ब्रेन एबसेस, मेनिन्जाइटिस, इन्सेफलाइटिस, म्युकोपोलिसिल, आर्विटल कम्लिकेसन हुन्छन् । समयमै उचित उपचार भएमा रोगीलाई यी कम्प्लिकेसन हुन पाउँदैन ।

ट्यारोजल क्याभिटीका म्युकस मेम्ब्रेनलाई प्राकृतिक अवस्थामा ल्याई म्युकसको प्राकृतिक स्रावलाई नियमित गर्नु चिकित्साको मुख्य उद्देश्य रहेको पाइन्छ । जसका लागि विभिन्न उपाय र औषधिहरूको प्रचलन छ । पिनासको उपचारार्थ विविध रासायनिक औषधि, जडीबुटीहरू र त्यसबाट बनेका औषधि योगहरूका साथै र शस्त्रकर्म समेत गर्न सकिन्छ । इन्फेक्सन भएका र शस्त्र कर्म गर्नुपर्ने बाहेकका बिरामीलाई घरेलु उपचार वा आयुर्वेदिक उपचार गर्नु श्रेयष्कर हुन्छ । वनमारा, काफलको बोक्रा, क्यामुनको बोक्रा, तुलसी, कष्टकारी, मसीझार आदि पिनासमा उपयोगी जडीबुटीहरू हुन् । जसलाई हामीले स्थानीयस्तरमा प्रयोग गर्न सक्दछौं ।

आयुर्वेदमा पिनासको चिकित्सामा स्नेहन, स्वेदन, वमन, विरेचन आदि विधानको उल्लेख छ । बिरामीलाई विश्राम गराउने, हल्का उपाच्य भोजन दिने, प्रशस्त मात्रामा तातो झोेल पदार्थ दिने गर्नुपर्छ । दैनिक रूपमा बिहान सिधेनुनयुक्त मनतातो पानीले नेती गर्ने, षड्बिन्दु तेलको ३–३ थोपा दिनको तीन पटक नाकमा हालेर नस्य लिने, कब्जियत भएमा हटाउने, दहीमा मरिच र सक्खर राखेर सेवन गर्ने, पञ्चमूलीय क्षीरको प्रयोग गर्ने गर्नुपर्छ । लक्ष्मीविलास रस, महालक्ष्मीविलास रस, व्योषदी वुटी, त्रिभुवनकीर्ति रस, च्यावनप्रावशावलेह, गोदन्ती भष्म, अभ्रक भष्म, भृंगराजासवजस्ता औषध योगहरू पिनासमा उपयोगी मानिन्छन् । आधुनिक चिकित्सामा बन्द भएको नाक खुलाउन नजल ड्रप्सको प्रयोग, दुखाइ कम गर्न एनाल्जेसिक र संक्रमण भएको खण्डमा आवश्यक मात्रामा एन्टिबायोटिक्सको प्रयोग गरिन्छ । त्यस्तै नाकभित्र मासु पलाएको कारणले पिनास भएको भए शल्यक्रिया गरी उपचार गरिन्छ ।

रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु राम्रो हो । यही कुरालाई मनन् गरी चिसोबाट बच्ने, संक्रमित रोगीबाट टाढा रहने, फोहोर हातले नाक नकोट्याउने, धेरै तातो र आद्र वातावरणमा धेरै समय नबस्ने, एलर्जी हुने तत्व, धूलो, धुवाँ आदिबाट बच्ने, धूमपान तथा मद्यपान नगर्ने आदि उपायहरू अपनाउँदा पिनासबाट केही हदसम्म बच्न सकिन्छ । कपालभाती, भस्त्रिका, नाडी शोधन आदि प्राणाम दैनिक रूपमा गर्नु पिनासको उपचार र रोकथाम दुवैमा सहायक सिद्ध हुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कसरी रोक्ने सास गन्हाउने समस्या ?
Next article यी हुन् स्वास्थ्यकालागि घातक संस्कार  

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133230
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

50
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

34
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

49
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web