• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

यी हुन् स्वास्थ्यकालागि घातक संस्कार  

November 28th, 2017 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यी हुन् स्वास्थ्यकालागि घातक संस्कार  

नवराज सुव्वा

एकजना झापाली राजवंशी महिलालाई प्रसूतिका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिक सेवाको लागि लगियो । अस्पतालमा स्वस्थ शिशुको जन्म भयो । केही दिनपछि उनी बच्चासहित सामान्य अवस्थामा घर फर्किइन् । घर आइपुगेपछि आफ्नो कुल परम्परअनुसार शिशुको तालु खुर्कने काम गरियो । त्यसको केही दिनपछि तालु खुर्केको ठाउँमा घाउ संक्रमण भयो । र घर आइपुगेको एक हप्ता नबित्दै धनुष्टङ्कारबाट नवजात शिशुको मृत्यु भयो ।  नवजात शिशु आफ्नै जातीय कुल परम्पराको सिकार बन्न पुग्यो । अकालमै नवजात शिशुको ज्यान गयो । भन्नेले भन्लान् शिशुको भाग्यै त्यस्तो थियो । तर अहिले हामी त्यसरी चित्त बुझाउने अवस्थामा छैनौं । यो त एउटा उदाहरणमात्र हो । यस्ता थुप्रै परम्परागत प्रचलनहरूले बालमृत्यु र मृत्युदर बढाइरहेको छन् ।

आदिवासीका कतिपय सांस्कृतिक परम्परा र प्रचलन स्वास्थ्यका लागि अत्यन्त घातक छन् । झापामा बसोबास गर्ने आदिवासी राजवंशी समुदायमा नवजात शिशु जन्मनासाथ गरिने केही परम्परागत प्रचलन अस्वस्थकर छन् । जसले शिशुको ज्यान असमयमै लिने गरेको पाइएको छ ।

पहिलो घातक प्रचलन हो, शिशु जन्मिएपछि नाल काट्ने काम गर्नका लागि चमारलाई पर्खनु । चमार समयमा नै आएको खण्डमा त ठीकै छ । तर यदि समयमा नआएमा एक दिन दुई दिनसम्म पनि पर्खेर उसैको हातबाट मात्र नाल काट्ने प्रचलन रहेको छ । यसले एकातिर सुत्केरी महिलाको रक्तस्रावले ज्यान लिने सम्भावना उच्च हुन्छ । अर्कातिर बच्चाको स्याहारसुसारमा पनि प्रतिकूल असर पुग्दछ । यस अवधिमा आमा र शिशुको ज्यान जाने सम्भावना अत्यन्त उच्च रहन्छ ।

यसैगरी राजवंशी समुदायमा रहेको दोस्रो घातक प्रचलन हो, शिशुलाई स्तनपात ढिलो गराउनु ।  शिशु जन्मनासाथ जतिसक्दो चाँडो एक घन्टाभित्र शिशुलाई आमाको दूध खुवाउनुपर्नेमा ६ घन्टा वा १२ घन्टापछि आमाको दूध खुवाउने प्रचलन राजवंशी समुदायमा पाइएको छ । यसले शिशु मृत्युदरलाई उच्च बनाएको छ ।

झापाको राजवंशी समुदायमा रहेको तेस्रो घातक प्रचलन हो, शिशुको तालु जन्मनासाथ खौरनु । स्वास्थ्यको दृष्टिले सुरक्षित तरिकाले निर्मलीकृत ब्लेडको स्वच्छ ढंगले तालु खौरेको खण्डमा संक्रमण नहुन सक्छ । तर, निर्मलीकृत नगरिएको ब्लेड, छुराले तालु खौरँदा शिशुको तालुमा ब्याक्टेरियल संक्रमण भएर शिशुको ज्यानसम्म जाने गरेको छ ।

तराईका आदिवासी जनजाति राजवंशीमा रहेको स्वास्थ्यसम्बन्धी अस्वस्थकर प्रचलन हटाउन आवश्यक छ । महिला स्वास्थ्य स्वयम्सेविकाहरूले समुदायमा यस्ता कुप्रथाविरुद्ध स्वास्थ्य शिक्षा दिने गरेका छन् ।  स्वास्थ्यकर्मीहरूले पनि निरन्तर प्रयास गरेकै छन् । तर ती लक्षित समुदायमा सचेतना र सेवाको पहुँच अझै पुग्न सकेको छैन । राजवंशी समुदायमा मात्र नभएर अन्य समुदायमा पनि स्वास्थ्यका लागि घातक विभिन्न प्रचलनहरू छन् । यस्ता प्रचलन केही बिस्तारे हटिसकेका छन् भने केही हट्न बाँकी छन् । स्वास्थ्यका दृष्टिले घातक यी संस्कार हटाउन स्वास्थ्य निकायको एक्लो प्रयासले मात्र पुग्दैन । यसमा सबैको चासो र सरोकार हुनुपर्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पिनास भए के गर्ने  ?
Next article विवाहपछि  यौन चाहना नभएमा के गर्ने ?

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:22 AM
समाचार

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

Jul 12th 8:13 AM
समाचार

नेपाली हेल्थका प्रधान सम्पादक न्यौपानेलाई ब्लोदानको सम्मान

Jul 8th 9:00 AM
समाचार

मंगलबार पनि आकस्मिक बाहेकको उपचार ठप्प, चिकित्सक सडकमा

Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131681
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web