• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

यौनाङ्ग चिलाउने कारण यो पनि हुन सक्छ 

December 6th, 2017 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यौनाङ्ग चिलाउने कारण यो पनि हुन सक्छ 

डा. खेम कार्की

प्रजनन अङ्गहरूमा प्राकृतिक रूपमा धेरै प्रकारका जीवाणुहरू हुन्छन् । विभिन्न कारणले शरीरमा रोगसंग लड्नसक्ने शक्ति कम भएको बेलामा जीवाणुहरूको अत्याधिक वृद्धिभई हुने सङ्क्रमणलाई प्रजनन अङ्गको सङ्क्रमण भनिन्छ । यी सङ्क्रमणहरू प्रजनन् अङ्गको सङ्क्रमण भएको व्यक्तिसग असुरक्षित यौन सम्पर्क राख्दा सर्ने सम्भावना हुन्छ । त्यसैले यसलाई यौन संक्रमित रोग भनिएको हो । भिरिङ्गी, सुजाक आदि यसका उदाहरणहरू हुन् । यौन संक्रमण भएको बेला असुरक्षित यौन सम्मर्क गर्दा एचआईभी पनि सर्न सक्छ ।

के यौन सम्पर्क नगर्दा पनि सङ्क्रमण हुन्छ ?

यौनाङ्ग वरिपरी राम्रोसग सरसफाइ नगर्नु त्यसको प्रमुख कारण हो । महिलाहरूमा रक्त अल्पता भएको छ भन रजस्वला हुदा प्रयोग गरिने प्याड (कपडा) र भित्र लगाउने कपडा पनि राम्रोसंग धोई घाममा सुकाएको छैन भने, विभिन्न संक्रमण हुन सक्छ । त्यस्तै, पुरुषहरूको लिङ्गको टुप्पो सफा गरेको छैन भने धेरै पटक एन्टिबायोटिक औषधिको प्रयोग गरिएको छ भने पनि यौन सम्पर्क नभईकन यौन संक्रमण हुनसक्छ ।

के यौन रोगहरू यौनाङ्गहरूको सम्पर्कबाट मात्रै सर्दछ ?

यौनाङ्गहरूको सम्पर्कबाट मात्र सर्ने होइन । गुदद्वार मैथुन, मुख मैथुन, आदिबाट पनि यौन रोगहरू सर्न सक्दछ । कुनैकुनै यौन रोगहरू रगत तथा निर्मलीकरण नगरिएका सिरिन्जबाट पनि सर्दछन् । यदि हात सफा छ भने हस्तमैथुनबाट मात्रै यौन रोग सर्दैन ।

कसरी थाहा पाउने सङ्क्रमणका लक्षणहरू ?

१. यौनाङ्ग वरिपरि चिलाउनु

२. यौनाङ्गहरूका वरिपरि मसिना विमिराहरू आउनु र पोल्नु,

३. लिङ्ग तथा योनीबाट असामान्य रूपमा स्राव हुनु (जस्तै : पीप, सेतो पानी, गन्हाउने पानी, इत्यादि)

४. पिसाब गर्दा दुख्नु र पोल्नु,

५. अरु बेलाभन्दा धेरै पटक पिसाब लाग्नु,

६. घाउहरू आउनु वा सुन्निनु,

७. यौन सम्पर्क राख्दा दुख्नु,

महिलाहरूमा रजस्वला चक्रको बीचबीच समयमा पनि रगत बग्नु, आदि भएमा यौन रोग लागेको हुनसक्छ ।

कसरी गर्ने उपचार ?

यौन सङ्क्रमणको लक्षण देखिनासाथ स्वास्थ्यकर्मीहससंग सरसल्लाह लिइ उपचार गर्नुपर्छ । यसको उपचार कुनै पनि स्वास्थ्य निकायमा पाईन्छ । यौन रोग विशेषज्ञसंग परामर्श गर्न सकेमा झनै राम्रो हुन्छ । उपचार गर्दा पतिपत्नी दुबै वा यौन जोडी अरूपनि छन् भने उनीहरूलाई पनि खोजी खोजी गर्नुपर्छ । किनकि एक जोडीले मात्र उपचार गरेमा यो रोग फेरि पनि सर्न सक्दछ । यौन सङ्क्रमणको उपचार गरिरहेकाले यौन सम्पर्क नराख्दा नै राम्रो हुन्छ ।

उपचार गर्दा के के कुरामा ध्यान दिनुपर्छ ?

स्वास्थ्यकर्मीले दिएको सल्लाह अनुसार नै उपचार गर्नुपर्दछ र औषधि पूरा समयसम्म गर्नुपर्दछ । औषधिको प्रयोग पूरा समय नगर्दा रोग सुषुप्त अवस्थामा रहिरहेको हुन्छ र पछि फेरि बल्झिएर अरू जटिलताहरू निम्त्याउँछ ।

के यसबाट बच्ने तरीकाहरू पनि छन् ?

यौन सङ्क्रमणबाट बच्ने धरै तरीकाहरू छन् । सानै उमेरमा यौनसम्पर्क नराख्ने किनभने उनीहरूमा यौन सम्पर्कलाई कसरी सुरक्षित बनाउने भन्ने नै थाहा हुदैन । हाम्रो समाजमा बाल विवाह गर्ने प्रचलन भएकोले महिलाहरू अझै धेरै जोखिममा छन् । यस्तो प्रचलन हटाउने अभियानमा लाग्नुपर्छ । यौन सम्पर्क विश्वासिलो साथीसंग मात्र राख्नु पर्छ । सामान्यतया हाम्रो सामाजिक संरचनामा महिलाको भन्दा बढी पुरुषहरूको यौन व्यवहार जिम्मेवारपूर्ण नहुनाले गर्दा महिलाहरूले एकै जना साथीसंग यौन सम्पर्क राख्दा पनि जोखिममा परेका छन् । सुईको प्रयोग गर्नुपरेमा निर्मलीकरण गरेको वा डिस्पोजेबल सुईको प्रयोग गर्नुपर्दछ । रगत लिदा सधै जाच गरिएको रगत मात्र लिनुपर्दछ ।एक जनाभन्दा बढी व्यक्तिसंग यौन सम्पर्क हुन्छ भने कन्डमको सही तरीकाले प्रयोग गर्नुपर्दछ र महिलाहरूमा पनि पुरुषलाई कन्डम प्रयोग गर्न प्रोत्साहन गर्ने क्षमताको विकास हुनु अति आवश्यक छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गर्भपतनकी सधै बिरोधी डाक्टर
Next article कुष्ठ प्रभावितका सच्चा सारथि अमरबहादुर

Health Today Nepal

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Leave a Reply Cancel reply

Timeline
Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132657
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web