• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 27th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आधुनिक भन्दा परम्परागत विधि अपनाउने बढे

January 5th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आधुनिक भन्दा परम्परागत विधि अपनाउने बढे

हेल्थ टुडे

काठमाडौं  : १५ देखि ४९ वर्ष उमेरसमूहका महिलामध्ये ५३ प्रतिशतले परिवार नियोजनका कुनै न कुनै साधन वा सेवाहरू प्रयोग गरिरहेका छन् । तीमध्ये ४३ प्रतिशतले आधुनिक साधन र १० प्रतिशतले परम्परागत विधिको प्रयोग गरिरहेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ ले देखाएको छ । सबैभन्दा बढी प्रयोग हुने साधनमा महिला बन्ध्याकरण १५ प्रतिशत, तीनमहिने सुई ९ प्रतिशत, पुरुष बन्ध्याकरण ६ प्रतिशत, खानेचक्की ५ प्रतिशत, कण्डम ४ प्रतिशत, इम्पलान्ट ३ प्रतिशत र आईयूसीडी १ प्रतिशत छ । आधुनिक परिवार नियोजनका साधन प्रयोग गर्नेको तुलनामा परम्परागत विधिको प्रयोग गर्नेको संख्या बढ्दो छ । १९९६ मा ६ प्रतिशत रहेको यो विधि अहिले १० प्रतिशत पुगेको छ । तर आधुनिक साधनको प्रयोग गर्ने २९ प्रतिशत बल्ल ४३ प्रतिशत पुगेको छ । पढेलेखेका महिलाभन्दा नपढेका महिलाले परिवार नियोजनका साधन बढी प्रयोग गर्ने गरेको पाइएको छ ।

पढेका महिला (एसएलसीभन्दा माथि) मध्ये ३४ प्रतिशतले मात्र आधुनिक परिवार नियोजनका साधन प्रयोग गर्छन् भने नपढेकामध्ये ५२ प्रतिशतले साधन प्रयोग गर्ने गरेका छन् ।  कानुनले विवाह गर्ने उमेर कम्तिमा पनि २० वर्ष हुनुपर्ने तोकेको छ । कलिलै उमेरमा विवाह गर्दा स्वास्थ्य अवस्थामात्र नभएर व्यक्तिको आर्थिक, समाजिक अवस्था पनि कमजोर हुने भएकाले विवाह गर्ने उमेर २५ देखि माथि हुनुपर्ने विज्ञहरूले बताउँदै आएका छन् । तर सर्वेक्षणले ५२ प्रतिशत महिला १८ वर्ष नपुग्दै विवाहबन्धनमा बाँधिने गरेको पाइएको छ । नेपालमा महिलाले यौनसम्पर्क सुरु गर्ने उमेर १८ वर्ष रहेको पाइएको छ भने पुरुषले २० वर्षमा यौन सम्पर्क राख्ने गर्छन् । पढेलेखेका महिलाभन्दा नपढेका महिला ४ वर्षअगाडि नै यौन सम्पर्क सुरु गर्ने गरेको सर्वेक्षणले देखाएको छ ।

११ प्रतिशत महिला त १५ वर्ष नपुग्दै यौनसम्पर्क गर्ने गरेका छन् भने ५१ प्रतिशतले १८ वर्ष नपुग्दै यौनसम्पर्क गर्ने गरेको पाइएको छ । महिलाहरू विवाह भएको अढाई वर्षभित्रमा नै पहिलो बच्चा जन्माउँछन् । उनीहरूले पहिलो बच्चा जन्माउने मध्यउमेर २० वर्ष हो ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article क्षमताभन्दा बढी महत्वाकांक्षाले डिप्रेसन
Next article जाडोमा खुट्टा फुट्छ ? यसो गर्नुस्

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 25th 7:19 AM
समाचार

चर्को विरोधपछि डा.गोविन्द केसी अनसन छोडेर सेती प्रादेशिक अस्पताल भर्ना

Jul 24th 7:43 AM
समाचार

डा. केसीविरुद्ध सुदूरपश्चिममा विरोध चर्कियो, संघर्ष समितिले दियो प्रतिअनशनको चेतावनी

Jul 23rd 10:28 AM
समाचार

५ बुँदे माग राख्दै धनगढीबाट डा. गोविन्द केसीले सुरु गरे अनसन

Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133579
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

110
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

104
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web