• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मातृ र नवजात शिशु मृत्युदर शुन्यमा झार्न घरमै पुगेर उपचार

February 7th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मातृ र नवजात शिशु मृत्युदर शुन्यमा झार्न घरमै पुगेर उपचार

हेल्थ टुडे

अछाम : मातृशिशुको स्वास्थ्यमा सुधार ल्याई शिशु मृत्युदर शुन्यमा झार्न स्वास्थ्य संस्थामा हुने गर्भवतीको दर बढाउन अछामको बयलपाटा अस्पतालले सामुदायिक स्वास्थ्य सेवा मार्फत घरमै पुगेर उपचार सेवा सुरु गरेको छ । अस्पताल मार्फत आधारभुत स्वास्थ्य सेवा सुरु गरेसंगै  संस्थाले सामुदायिक स्वास्थ्य सेवालाई पनि संगै अगाडी बढाएको हो ।

सामुदायिक स्वास्थ्य कार्यक्रम अन्र्तगत हाल संस्थाले सामुहिक गर्भस्याहार, सामुहिक बाल स्याशार, दिर्घरोगी घरभेट कार्यक्रम, निरन्तर अनुगमन प्रणाली, गर्भवती र सुत्केरीलाई घरभेट कार्यक्रम तथा सरकारबाट संचालित स्वास्थ्य संस्थालाई सौर्य उर्जा वितरण गर्ने लगायतका कार्यक्रमलाई संचालन गरिरहेको छ । सामुदायिक स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन संचालन गरिएका कार्यक्रम अन्र्तगत सामुदायिक गर्भस्याहारमा भिडयो एक्सरे र प्रयोगशाला मार्फत समयमै उच्च जोखिममा रहेका गर्भवती महिला पत्तालगाई बयालपाटा अस्पतालमा सुत्केरी गराउदै आइएको छ । बच्चा र आमाको ज्यान जोगाउन एक बर्ष भन्दा मुनिका शिशुहरुको मृत्युदरमा कमी ल्याउन शिशुलाई लाग्न सक्ने रोग र मृत्यु हुने कारणको पहिचान गरि स्वास्थ्य संस्थामा पठाउने काम कार्यक्रमले गरिरहेको कार्यक्रमका उपनिर्देशक लालबहादुर कुवँरले जानकारी दिए । शिशुमृत्युदर घटाउनका लागि निरन्तर अनुगनको प्रणाली समेत अपनाईएको र सामुदायिक स्वास्थ्य कार्यकर्ताले प्रत्येक तीन महिनामा समुदायमा रहेका गर्भवती पत्ता लगाई स्वास्थ्य संस्थामा पठाउने गरेका छन् ।

यस्तै २ बर्ष मुनिका शिशुहरु बिरामी भएको खण्डमा शिशुको उपचारका लागि घरका सदस्यहरुलाई जानकारी गराउने र स्वास्थ्य संस्था र अस्पताल लैजान प्रेरित गर्ने काम समेत भईरहेको छ । यस्तै दिर्घरोगीले अस्पतालपछि पनि घरमै सेवा पाउनु भन्ने उद्देश्यले उनीहरुलाई घरभेट कार्यक्रम पनि संचालन गर्दै आएको छ भने गर्भवती र सुत्केरी आमाहरुलाई घरभेट गरी आवश्यक परामर्श, गर्भजाँचका लागि स्वास्थ्य संस्थामा पठाउनुका साथै जटिलता भएमा अस्पतालसम्म पु¥याउने काम कार्यक्रमले गरिरहेको छ । कार्यक्रमले आफ्ना कार्य क्षेत्रमा भएका स्वास्थ्य संस्थालाई सबल बनाउनका लागि ति संस्थाहरुमा सौर्य उर्जा प्रदान गरी बर्थिङ सेन्टरको क्षमता बढाउन समेत सहयोग गरिरहेको छ भने सरकारको भौतिक पूर्वाधार तथा जनशक्तीलाई प्रयोग गरेर पनि सामुदायिक स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ ।

सामुदायिक कार्यक्रमलाई मोबाईल पद्धतिबाट संचालन गर्नुका साथै अस्पताल र समुदायको सेवा एकीकृत गर्ने न्याय हेल्थ नेपाल देशमै पहिलो सस्था भएको दबदि उपनिर्देशक कुवँरले गरे । सामुदायिक स्वास्थ्य सहायक भावना बोगटीले सामुदायिक स्वास्थ्य सेवाले शिशुदेखी बृद्धसम्मको स्वास्थ्यमा धेरै सुधार भएको र घरमै बसेर स्वास्थ्यको बारेमा जानकारी पाँउदा सबै जनता खुसी भएको बताईन् । सामुदायिक स्वास्थ्य कार्यक्रम अछामको बिभिन्न चार स्थानीय तहका ३१ वडामा संचालित छ भने मेल्लेख गाउँपालिकाका ७ वडामा लागु हुने अन्तिम तयारीमा रहेको अस्पतालले जानकारी दिएको छ । घरमै बसेर बिरामीले स्वास्थ्यको बारेमा जानकारी गराई दिर्घरोगीहरुको निरन्तर अनुगमन गरी उनीहरुको स्वास्थ्यमा सुधार ल्याउने पनि कार्यक्रमको अवधारणा छ । 

एम्वुलेन्स बाहेक बिभिन्न २०  वटा सेवा निःशुल्क रुपमा प्रदान गर्दै आएको बयलपाटा अस्पतालबाट अछामको मात्र नभएर छिमेकी जिल्ला बाजुरा, कालीकोट, डोटी, डडेल्धुरा, हुम्ला, जुम्ला, मुगुका जनता समेत गरेर बार्षिक ८० हजार बढी बिरामीले सेवा लिइरहेका छन् । अस्पतालमा उपचार गर्न आएर मात्र बिरामीको रोग निको हुदैन यसका लागि घरमासमेत नियमित हेरचाह हुनुपर्छ भन्ने कुरालाइ मध्यनजर गर्दै बयलपाटा अस्पतालले एकीकृत स्वास्थ्य सेवा प्रणाली लागु गरेको जनाएको छ । एकीकृत स्वास्थ्य तथ्यांक अन्र्तगत अस्पतालमा आउने बिरामी बारेको बिस्तृत विवरण बिरामीको गाउमा रहेको सामुदायिक स्वास्थ्य कार्यकर्ताको मोवाईलमा जाने गर्दछ । यस्तै सामुदायिक स्वास्थ्य कार्यकर्ताले उक्त बिरामीलाई घरमा भेटेर दिएको सल्लाह तथा उसको अवस्था मोवाईलमा अपडेट गर्ने र उक्त जानकारी पनि सिधै अस्पतालमा आउने प्रणालीको बिकास गरिएको छ । जसले बिरामीको उपचारमा थप सजिलो भएको छ । जिल्ला जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले सामुदायिक स्वास्थ्य कार्यक्रमले मातृ तथा नवशिशु मृत्युदरमा कमि ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय नराखेकोमा चिकित्सक संघको विरोध
Next article पर्सामा चैतदेखि स्वास्थ्य विमा सुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

41
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web