• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बाग्लुङका अति गरिबलाई निःशुल्क स्वास्थ्य बीमा

February 14th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बाग्लुङका अति गरिबलाई निःशुल्क स्वास्थ्य बीमा

बाग्लुङका अति गरिबमा सूचीकृत परिवारका सदस्यले निःशुल्क स्वास्थ्य बीमाको सुविधा पाएका छन् । गरिबी परिचयपत्र नहुँदा लक्षित वर्गमै स्वास्थ्य बीमा नपुगेपछि सूचीकृत भएकै आधारमा बीमा गराइएको हो । स्वास्थ्य बीमा कार्यक्रमले परिचयपत्रका आधारमा अति गरिबलाई निःशुल्क बीमा गराउने व्यवस्था गरेको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट परिचयपत्र जारी नहुँदा विपन्न परिवार बीमा सुविधाबाट वञ्चित भएका थिए ।

परिचपयपत्र नआए पनि मन्त्रालयले अति गरिबको सूचीमा राखेका परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गराइएको स्वास्थ्य बीमा बोर्ड प्रदेश नं ४ का संयोजक जीवलाल खरेलले बताउनुभयो । “लक्षित वर्ग नै बीमाको सुविधाबाट छुटेपछि मन्त्रालयले तयार गरेको सूचीका आधारमा सेवा दिइरहेका छौँ” संयोजक खरेलले भन्नुभयो । उहाँका अनुसार पहिलो चरणमा अति गरिब परिवारलाई मात्र निःशुल्क सेवा उपलब्ध गराइएको छ ।

गरिब परिचयपत्र वितरण हुनासाथ सबैखाले गरिब परिवारको स्वास्थ्य बीमामा सहज पहुँच पुग्ने संयोजक खरेलको भनाइ छ । प्रदेश नं ४ का ५ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । बागलुङमा दुई वर्षअघि र कास्की, म्याग्दी, गोरखा र तनहुँमा यसै वषदेखि स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको हो । सरकारले शुरुमा बागलुङ, इलाम र कैलालीमा स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको थियो । बागलुङमा हालसम्म पाँच हजार १७२ परिवारका २४ हजार ३५५ जना सदस्यको स्वास्थ्य बीमा भएको छ ।अतिगरिब ५४४ परिवारका दुई हजार ८४५ सदस्य बीमा कार्यक्रममा जोडिएका छन् । बागलुङका दर्ता अधिकारी जमुनादेवी सापकोटाका अनुसार हालसम्म जिल्लाका १४ हजार ५३० जना विमित सदस्यले उपचार सेवा पाएका छन् । जिल्लामै र बाहिरसमेत गरी तोकिएका स्वास्थ्य संस्थाबाट सामान्यदेखि जटिल उपचार सेवा विमित सदस्यले पाउँदै आएका हुन् । अति गरिब परिवारका सदस्यलाई त झन निःशुल्क बीमाले ठूलो राहत मिलेको छ । “सामान्य परिवारले भने वार्षिक रु दुई हजार ५०० बीमा रकम बुझाउनुपर्ने व्यवस्था छ । सोबापत पाँच जनासम्मको परिवारले रु ५० हजारसम्मको उपचार सेवा निःशुल्क पाउने गरेका छन् । पाँच जनाभन्दा बढी सदस्य रहेमा प्रतिसदस्य रु ४२५ का दरले थप रकम तिर्नुपर्ने प्रावधान छ । रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यसरी बचाऔं बच्चाको दूधेदाँत
Next article राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा सदस्यहरु नियुक्त

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133243
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

52
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

53
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web