• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

‘मेडिकल ड्रोन’ को उडान परीक्षण तयारीमा

March 26th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
‘मेडिकल ड्रोन’ को उडान परीक्षण तयारीमा

म्याग्दी, १२ चैत : सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ ले पहिलो उडान म्याग्दीबाट गर्ने भएको छ ।नेपालका दुर्गम क्षेत्रमा नियमित औषधि ढुवानीमा महामारी फैलिएको क्षेत्रबाट दिसापिसाबको नमूनालाई प्रयोगशालासम्म ल्याउन प्रयोग गरिने आठ वटा पंखा भएको र दुईवटा पखेटा भएको जहाज जस्तै उडान गर्ने दुई प्रकारको ‘मेडिकल ड्रोन’ केन्द्रको रिसर्च ल्याबमा अन्तिम चरणमा पुगेको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले बताउनुभयो । “अर्को महिनाको दोस्रो सातासम्म म्याग्दीमा परीक्षण उडान गर्ने तयारीमा छौँ । नियमित उडानका लागि केही समय लाग्छ” पुनले भन्नुभयो ।

पुनले स्वास्थ्य मन्त्रालयले आवश्यक ठाउँको पहिचान गरेपछि गृहमन्त्रालय र अन्य आवश्यक मन्त्रालयसँग सहकार्य गरिने बताउनुभयो । ड्रोनले औषधि लिएर गन्तव्यमा पुगी औषधि छोडेर एयरर्पोटमा फर्किने छ । ल्याबमा इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र मेकानिकल काम गर्ने युवा व्यस्त रहेका छन् । केन्द्रमार्फत विद्युतीय सवारीसाधन, जलविद्युत् आयोजनाका सोचसमेत बनाइएको छ ।केन्द्रको दिगो विकासका लागि तीन वर्षभित्र १० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरी बिक्रीबाट प्राप्त आम्दानीलाई केन्द्रको अनुसन्धानमा प्रयोग गर्ने पुनले बताउँदै आउनुभएको छ ।पुनले केन्द्र स्थापनाका लागि कास्की जिल्ला बेगनास तालको उत्तरपट्टिको ठूलाकोट भन्ने डाँडामा २० वर्ष अगाडि खरिद गरेको २८ रोपनी समेत केन्द्रलाई दान गर्नुभएको छ ।म्याग्दी जिल्लाका साथै प्रवासमा रहेका म्याग्देलीले समेत केन्द्रलाई प्राथमिकतामा राखेर सहयोग गरेका पुनले जानकारी दिनुभयो । (रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हरेक वडामा सरकारी स्वास्थ्य संस्था : स्वास्थ्य राज्यमन्त्री
Next article यी अवस्थामा एन्टीबायोटिक खानु हुदैन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134433
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

41
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web