• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

आँखामा समस्या यी हुनसक्छन कारण

May 11th, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आँखामा समस्या यी हुनसक्छन कारण

हेल्थ टुडे
२८ बैशाख, काठमाडौःआँखा शरीरको महत्वपूर्ण अंग हो । सुन्दर संसार आँखाकै कारण हाम्रो मानसपटलमा खिचिन्छ अनि आँखाकै कारण जीवन सार्थक हुने गर्छ । आँखा हाम्रा इन्द्रियहरू मध्ये प्रमुख इन्द्रियको रुपमा मानिन्छ ।
व्यस्थ जीवनशैली र धुलोधुवाका कारण आँखामा विभिन्न समस्या देखिन सक्छन् । कतिपय अवस्थामा हेर्दा आँखा धमिलो हुने गर्छ । आँखा सम्बन्धी विभिन्न समस्याका कारण आँखा धमिलो हुने र चिलाउने गर्दछ । आँखा चिम्लँदा वा आँखा पखालेमा पनि यस्ता समस्या क्षणभरमै ठिक हुन्छ तर कहिलेकाहीँ केही रोगका कारण पनि आँखा धमिलो हुने गर्छ ।
पटक पटक आाखा धमिलो हुने समस्या देखिए त्यसले गम्भीर समस्या निम्ताउन सक्छ, त्यसैले समयमा नि समस्या पहिचान गरी समाधान खोज्नु उत्तम हुन्छ । आँखा निकै संवेदनशील अंग भएकोले पनि हामी एकदम सचेत र चनाखो हुनुपर्छ ।
माइग्रेन
माइग्रेन वा टाउको दुख्ने समस्याका कारण पनि कहिलेकाहीँ दृष्टि धमिलो हुने गर्छ । कतिपय मानिसहरूले माइग्रेनलाई नै सामान्य दुखाइ सम्झने गर्छन् । माइग्रेन आफैंमा एक गम्भीर समस्या हो । माइग्रेनकै कारण आखाले संवेदनशीलता गुमाउँछ, जसका कारण आँखाअघि अँध्यारो हुने गर्छ ।
मधुमेह
मधुमेह रोगका कारण आँखा धमिलो हुने गर्छ । मधुमेह भएमा त्यसले आँखाको रेटिनामा असर पार्दछ, जसका कारण रेटिनोप्याथी मधुमेह हुने गर्दछ । त्यस बाहेक मधुमेहकै कारण रेटिना सुन्निने गर्दछ, जसलाई म्याक्युला पनि भनिन्छ । म्याक्युला भएमा आँखाको रेटिनाभित्रका रक्तबाहिनी अचानक बढ्ने गर्छ, वा नयाँ तरिकाका रक्तबाहिनीको निर्माण हुने गर्छ । जसका कारण आँखा सुन्निने तथा आँखाबाट रगत बग्ने गर्दछ ।
स्ट्रोक
स्ट्रोकका कारण पनि आँखा धमिलो हुने गर्छ । स्ट्रोक भएमा शरीरमा कम्पन हु्ने, अनुहारमा पसिना आउने, हिँड्दा हिँड्दै लडे जस्तो हुने, हुत्तिने, बोल्दाबोल्दै आवाज परिवर्तन हुने तथा बोल्नमा समस्या हुने आदि लक्षण देखा पर्छन् ।
प्रिक्लेम्पसिया
गर्भवती अवस्थामा महिलाको शरीर बढी कमजोर तथा संवेदनशील हुने गर्दछ । कमजोरीकै कारण गर्भवती महिलामा धमिलो देख्ने तथा आँखाअघि अँध्यारो छाउने गर्छ । गर्भवती अवस्थामा क्लेम्पसिया जस्तो गम्भीर रोग लागेमा पनि यस्तो समस्या निम्तने गर्छ । विशेषगरी रक्तचाप उच्च भएमा वा पिसाबमा प्रोटिनको मात्रा उच्च भएमा पनि यो समस्या देखिने गर्छ । यस्तो समस्या त्यस्ता महिलालाई बढी हुन्छ, जसको गर्भावस्थाकै क्रममा अचानक रक्तचाप बढ्ने गर्छ । अधिकांश अवस्थाहरूमा यो समस्या गर्भावस्थाको २० महिना पश्चात मात्र देखिन सुरु हुन्छ । यो रोग लागेमा आमा र बच्चा दुवैको ज्यान समेत जानसक्छ ।
आँखाको थकान
पर्याप्त निद्राको कमीका कारण पनि आँखामा असर पर्छ । विशेषगरी आँखामा थकान महसुस भए आँखा धमिलो हुने गर्छ । धमिलो देखेमा केही समयका लागि आँखा बन्द गरेर चिसो पानी वा वरफले सेक्नुपर्छ । यसबाट आँखाको थकान कम हुन्छ र अाँखाले पुनः स्पष्ट देख्न थाल्छ ।
एजेन्सी

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article दोलखाको लामाबगरमा स्टारको स्वास्थ्य शिविर
Next article गर्मीमा छालाको स्याहार कसरी गर्ने?

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Jun 5th 8:11 AM
समाचार

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

Jun 4th 7:32 AM
समाचार

चिकित्सक संघ, रोटरी क्लव र डब्लूएचओको पहलमा सर्पदंश रोकथाम सम्वन्धी कार्यशाला सम्पन्न

Jun 3rd 12:24 PM
समाचार

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने

Jun 3rd 12:13 PM
समाचार

मेड आईक्यूले ल्यायो ‘हस्पिटल अपरेटिङ सिस्टम’ नामक आधुनिक सफ्टवेयर

Jun 1st 9:20 AM
समाचार

नेपाल र किम्स अस्पतालबीच स्वास्थ्य सेवामा सीप र क्षमता अभिवृद्धिका लागि सहकार्य

May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131561
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

13
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web