• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

गर्मीमा छालाको स्याहार कसरी गर्ने?

May 11th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गर्मीमा छालाको स्याहार कसरी गर्ने?

हेल्थ टुडे,
२८ बैशाख, काठमाडौः गर्मीमा मौसमसंगै छालामा विभिन्न प्रकारका समस्याहरु देखिने हुदा यो सिजनमा छालालाई अतिरिक्त हेरचाहको आवश्यकता हुन्छ । चर्को घामको सम्पर्कमा आउनाले स्किन ड्यामेज, सन ट्यान, डार्क स्पट्स तथा पिग्मेन्टेसन हुनुका साथै मुहारमा प्रि–मच्योर एजिङ जस्तै रिङ्कल्स एवं फाइन लाइन्स देखिनु सामान्य जस्तै हुन्छ । फेरी कामको सिलसिलामा धुलोधुवाको सम्पर्कमा रहनुले पनि छालामा समस्या आइरहेको हुन्छ । यस्तो अवस्थामा त्यसलाई हाइड्रेट गर्नुपर्छ जसले छालालाई नरमपन प्रदान गर्छ । त्यसपछि छाला स्वस्थ एवं सुन्दर हुन्छ । गर्मीमा छालालाई हेल्दी डोज दिन निम्न फेस प्याक प्रयोग गर्न सकिन्छ ।
दही फेस प्याकः चर्को घाममा छालालाई शीतलता प्रदान गर्न दहीको फेस प्याक प्रयोग गर्नुपर्छ । यसका लागि एक चम्चा दहीमा एउटा सानो चम्चा चन्दन पाउडर मिसाउने र तयार भएको फेस प्याकलाई मुहारमा राम्रोसँग लगाएर १० मिनेटपछि चिसो पानीले पखाल्ने । यसबाट फ्रेस महसुस गर्न सकिन्छ ।
काँक्राको फेस प्याकः यदि फेस प्याकका साथमा स्क्रविङ सँगै मुहारको डेड स्किन पनि हटाउने हो भने काँक्राको फेस प्याक प्रयोग गर्नुपर्छ । काँक्राको केही टुक्रालाई मिक्सरमा हालेर पेस्ट बनाउने । त्यसमा थोरै सख्खर मिसाएर केही समयका लागि फ्रिजमा राख्ने । यो पेस्टलाई मुहारमा लगाएर सुकेपछि रगडेर निकाल्ने । परिणाम डेड स्किनको लेयर हट्छ ।

चन्दन फेस प्याकः चन्दनको शीतलताले गर्मीमा छालालाई धेरै हदसम्म राहत प्रदान गर्छ । यसका लागि एउटा कचौरामा एउटा ठूलो चम्चा चन्दन पाउडर तथा थोरै गुलाब जल मिसाएर लेप तयार गर्ने । यो लेपलाई मुहार र घाँटीमा राम्रोसँग लगाई सुकेपछि चिसो पानीले पखाल्ने ।

कागती फेस प्याकः एउटा ठूलो चम्चा कागतीको रसमा थोरै मात्रामा मह मिसाएर पेस्ट तयार पार्ने । उक्त पेस्टलाई कटन बलको सहायताले मुहार तथा घाँँटीमा प्रयोग गर्ने । २० मिनेटपछि चिसो पानीले मुहार तथा घाँटी पखाल्ने । यसबाट छाला कस्सिन्छ र त्यसमा ग्लो समेत देखापर्छ । यसबाट सन ट्यानमा पनि राहत प्राप्त हुन्छ । यसको थप प्रभावकारिताका लागि कागतीको बोक्राले प्रभावित ठाउँमा रगड्नुपर्छ ।

पुदिनाफेस प्याकः पुदिनाको फेस प्याकले चर्को घाममा छालालाई राहत प्रदान गर्छ । यसका लागि एउटा ठूलो चम्चा पुदिनाको पातलाई पिसेर त्यसमा दुई चम्चा गुलाब जल मिसाई अनुहारमा प्रयोग गर्ने । सुकेपछि चिसोपानीले पखाल्ने । गोरोपनका लागि यसमा एक चिम्टी हर्दी पाउडर मिसाउन सकिन्छ ।
वाटरमेलन फेस प्याकः गर्मीमा छालाको नरमपन कायम राख्न वाटरमेलन फेस प्याक निकै प्रभावकारी साबित हुन्छ । फेस प्याक बनाउन वाटरमेलन जुसमा थोरै दही मिसाउने । तयार भएको लेपलाई मुहारमा प्रयोग गर्ने र १५ मिनेटपछि पखाल्ने ।
आँपको फेस प्याकः आँपलाई ताछेर त्यसको पल्पलाई मिक्सरमा हाली पेस्ट बनाउने । त्यसमा एक सानो चम्चा चन्दन पाउडर, एक सानो चम्चा दही, आधा चम्चा मह तथा एक चिम्टी हर्दी मिसाएर लेप तयार पार्ने र मुहारमा लगाउने । सुकेपछि मुहारलाई चिसो पानीले पखाल्ने ।
एजेन्सी
baixar snaptube

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आँखामा समस्या यी हुनसक्छन कारण
Next article रुकुमका झुम्लाबाङका स्थानीयले आफ्नै लगानीमा स्थापना गरे अस्पताल

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132732
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web