काठमाडौँ, २१ जेठ ः उपप्रधानमन्त्री उपेन्द्र यादवले अहिलेको कर्मचारी व्यवस्थापन निर्णय परिवर्तन गरी सबैले प्रदेशमा गई काम गर्नसक्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।
स्वास्थ्य सेवा विभागका कर्मचारीसँगको भेटघाटमा नवनियुक्त स्वास्थ्य मन्त्री यादवले प्रदेशस्तरमा सहसचिवलाई प्रमुख बनाएर पठाउँदा त्यसभन्दा माथिका कर्मचारीलाई मातहतमा बसेर काम गर्न समस्या भएकाले त्यसमा हेरफेर गरी सबैलाई प्रदेश र स्थानीय तहमा गई काम गर्न सक्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।
उहाँले संघीयता कार्यान्वयनको शुरुआती चरणमा भएकाले कर्मचारी समायोजन, व्यवस्थापन, बजेट बाँडफाँट, अधिकार बाँडफाँटमा अप्ठ्यारा आएका बताउदै, हामीलाई लयमा जान समय लाग्छ, काम गर्दै सुध्रिँदै जानुपर्ने बताउनुभयो ।
गुणस्तरीय स्वास्थ्य सेवासँगै स्वास्थ्य चेतनालाई पनि स्थानीय तहसम्म पु¥याउने लक्ष्यका साथ अघि बढ्ने बताउँदै उहाँले स्वस्थ वातावरण, खानेपानी, खाद्यान्नमा पनि सम्बन्धित सबै मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
स्वास्थ्य सचिव डा पुष्पा चौधरीले स्वास्थ्य संरचनालाई एकै पटक परिवर्तन गर्न नहुने विश्व स्वास्थ्य संगठन लगायतबाट सुझाव आइरहेकाले स्वास्थ्यमा संघीयता कार्यान्वयन क्रमिक रुपमा गर्दा स्वास्थ्य सेवा प्रवाहमा सहजता हुने सुझाव अनुरुप मन्त्रालयले काम गरिरहेको जानकारी दिनुभयो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीले स्थानीय तहमा खटिएका कर्मचारीले महीनौँदेखि तलब सुविधा नपाएको, बजेट अभावमा धेरै स्थानमा औषधि अभाव सिर्जना भएको, कर्मचारी व्यवस्थापनमा समस्या देखिएको बारे स्वास्थ्यमन्त्रीलाई अवगत गराउनुभएको थियो ।
रासस
गुणस्तरीय स्वास्थ्य सेवा स्थानीय तहसम्म पु¥याइने–मन्त्री यादव
Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 812
Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 818

Leave a Reply