• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अनुसन्धानका आधारमा नीति र योजना बनाउनु पर्छ : यादव

August 21st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अनुसन्धानका आधारमा नीति र योजना बनाउनु पर्छ : यादव

हेल्थ टुडे,

काठमाडौं, ५ भदौ : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयले अनुसन्धानका आधारमा नीति र योजना बनाउनु आवश्यक रहेको बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जिआईजेटको सहयोगमा मंगलबार राजधानीमा आयोजना गरेको गोष्टीमा मन्त्री यादवले अनुसन्धानका आधारमा बनाइने नीति र योजना दीर्घकालिन हुने बताउदै त्यस्ता योजना प्रभावकारी पनि हुने दाबी गरे । केन्द्रिय सरकारले मात्र नभएर प्रदेश सरकार र स्थानिय सरकारले पनि स्वास्थ्य सम्बन्धी नीति योजना बनाउदा अनुसन्धानलाई आधार बनाउनु पर्नेमा यादवले जोड दिए । उनले भने, ‘राष्ट्रिय रुपमा उपलब्ध अनुसन्धानहरुलाई केन्द्रको दृष्टिकोण बनाउन प्रयोग गरेजस्तै हरेक प्रदेश र स्थानिय सरकारले समेत आआफ्ना परिवेश र आवश्यकताका आधारमा वैज्ञानिक अनुसन्धान गर्ने र ती तथ्यमा टेकेर नै योजना तथा कार्यक्रम बनाउनु पर्छ । ’         नेपाल स्वास्थ्य अनुसनधान परिषद्का कार्यकारी अध्यक्ष डा. अञ्जनीकुमार झाले अनुसन्धानमा आधारित रहेर नीति निर्माण गर्दा लक्ष्यहरु हासिल गर्न सहज हुने र सिमित श्रोत साधनबाट स्वास्थ्य सम्बन्धी लक्ष्यहरु हासिल गर्न सजिलो हुने भएकाले यो तथ्यलाई सरकारले बिर्सन  नहुनेमा जोड दिए । तथ्य र प्रमाणका आधारमा रहेर मात्र कुनै पनि कुराको विश्वास गर्न सकिने स्मरण गर्दै डा. झाले त्यसका लागि अनुसन्धानलाई प्राथमिकता दिने संस्कारको विकाश हुनु पर्ने आवश्यक रहेको बताए ।  परिषद्को अनुसन्धान गर्ने र गराउने वातावरण बनाएको दाबी गर्दै देशका लागि अत्यावश्यक सिकलसेल एनिमिया, क्यान्सर, वातावरण प्रदुशण लगायतका ५ क्षेत्रमा  परिषद्ले अनुसन्धान गरेको जानकारी उनले दिए । गोष्टीमा जिआईजेडका प्राविधिक सल्लाहकार डा. पाउलले अनुसन्धानबाट प्राप्त लक्ष्यहरुलाई नीति निर्माण तहमा पु्याउन र अनुसन्धानमा आधारित नतिजा बनाउने दरका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । गोष्टीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका नीति निर्माताका साथै अनुसन्धानकर्ताहरुको सहभागीता रहेको थियो । 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article क्यान्सर पीडितलाई काठमाडौँ धाउनुपर्ने अवस्थाको अन्त्य
Next article विशेषज्ञ सेवा नहुँदा भारतीय अस्पताल धाउन बाध्य

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132713
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web