• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सामुदायिक स्कुलमा निःशुल्क स्वास्थ्य परिक्षण अभियान सुरु

March 9th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सामुदायिक स्कुलमा निःशुल्क स्वास्थ्य परिक्षण अभियान सुरु

हेल्थ टुडे,
डोटी,२५ फागुनः सुदूरपश्चिम प्रदेशमै पहिलो पटक डोटी जिल्लाको केआईसिंह गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरुको स्वास्थ्य परिक्षण अभियान सुरु गरेको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य अवस्थाबारे बुझ्न गाउँपालिकाले निःशुल्क स्वास्थ्य परिक्षण अभियान सुरु गरेको हो ।

केआईसिंह गाउँपालिकाको वडा नम्बर ५ कमलकट्टे स्थित भूवनेश्वर माविका विद्यार्थीहरुको डा.राजु गुरुङको नेतृत्वमा खटिएको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परिक्षण सुरु गरेको छ । केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले बुधबार विद्यार्थीहरुलाई जुकाको औषधी खुवाएर अभियानको उद्घाटन गरेका थिए ।

गाउँपालिकालाई स्वास्थ्य परिक्षण गर्न नीतिगत व्यवस्था र बजेट बिनियोजन गर्न डोटीमा कार्यरत गैर सरकारी संस्था एफएमडिसीद्वारा संचालित पारस्परीक जवाफदेहिता परियोजनाले पैरबी गरेको थियो । चालु आर्थिक वर्षमा केआईसिंह गाउँपालिका–५ स्थित चारवटा सामुदायिक विद्यालयमा स्वास्थ्य परिक्षण गर्न गाउँपालिकाले बजेट बिनियोजन गरेको छ भने आगामी आर्थिक वर्षबाट गाउँपालिकाभरका सामुदायिक विद्यालयका विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसबाहेक गाउँपालिकाले आँखा कमजोर भएका विद्यार्थीहरुलाई चश्मा तथा महिनावारी भएका छात्राहरुका लागि सेनटरी प्याड समेत हस्तान्तरण गरेको छ । सामुदायिक विद्यालयलाई प्राथमिक उपचार सामाग्री भएको किटबक्स समेत बितरण गरिएको गाउँपालिकाले जनाएको छ । भूवनेश्वर माविमा गरिएको स्वास्थ्य परिक्षणमा विद्यार्थीको तौल, उचाई नाप्नुका साथै उनीहरुको कान, नाक, दाँतलगायत परिक्षण गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article १२ वर्षकी बालिकाले जन्माइन बच्चा, आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य
Next article नेपालमा विदेशी औषधिको रजाइँ, औषधि खरिदमा दैनिक ७ करोड रुपैयाँ बाहिँरिदै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132708
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web