• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

८ देखि १२ कक्षामा अध्ययनरत ३९ प्रतिशत विद्यार्थी सुर्तीजन्य पदार्थको प्रयोगकर्ता

May 5th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
८ देखि १२ कक्षामा अध्ययनरत ३९ प्रतिशत विद्यार्थी सुर्तीजन्य पदार्थको प्रयोगकर्ता

हेल्थ टुडे,
काठमाडौ,बैशाखः काठमाडौ‌ महानगरपालिकाका होटल तथा लजमा सुर्तीजन्य पदार्थको प्रयोग बढ्दो छ। सरकारले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ ले ल्याए पनि कार्यान्वयन हुन नसक्दा यसको प्रयोग पछिल्ला समयमा बढ्दो क्रममा छ । काठमाडौँ महानगरपालिकाको शहरी स्वास्थ्य महाशाखाले यहाँका विभिन्न क्षेत्रमा गरेको अध्ययनमा होटल र लजमा ५४ प्रतिशत सुर्तीजन्य पदार्थको प्रयोग हुने गरेको पाइएको हो।

महाशाखाका प्रमुख नरेन्द्र बज्राचार्यले विगतमा यसको प्रयोग नियन्त्रण गर्ने प्रयास पनि सफल हुन नसकेको भन्दै होटल लजमा धेरै प्रयोग भइरहेको बताए। श्रेष्ठका अनुसार पहिलो नम्बरमा होटल र लजमा ५४ दशमलव ४ प्रतिशत र दोस्रोमा पसलमा २९ प्रतिशतले प्रयोग गर्ने गरेको छन्। सुर्तीजन्य पदार्थको प्रयोग स्वास्थ्य क्षेत्रमा समेत पाँच प्रतिशतले प्रयोग गर्ने गरेका छन्। सरकारी कार्यालयमा दुई दशमलव पाँच प्रतिशत, नीति कार्यालयमा सात, धार्मिक क्षेत्रमा दुई, बैंकमा चार दशमलव सात र बसपार्क तथा ट्राभल एजेन्सीमा दुई दशमलव दुई प्रतिशतले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको अध्ययनमा पाइएको छ।

सबैभन्दा बढी भने १५ देखि ४० वर्ष उमेर समूहकाले प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ। पढाइको हिसाबले मूल्याङ्कन गर्दा आठदेखि १२ कक्षामा अध्ययन गर्नेले सबैभन्दा बढी ३९ दशमलव २ प्रतिशतले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको छ । स्नातक तहका १४ प्रतिशत र साक्षर समूहका १३ दशमलव सात प्रतिशतले प्रयोग गर्ने गरेको पाइएको हो। सुर्तीजन्य पदार्थ प्रयोग गर्नेमा महिला २९ र पुरुष ७१ प्रतिशत रहेका छन्।

सरकारले यसको नियमन र नियन्त्रणका लागि २०६८ मा ऐन र नियमावली ल्याएको थियो भने २०७१ सालमा नियमन निर्देशिका र सोही साल प्याकेजिङ छपाई तथा दृश्यमा सावधानी निर्देशिका ल्याएको थियो। छपाई प्याकेजिङमा ऐन लागू भएको देखिए पनि प्रयोगमा भने रोकिएको छैन । विगतका वर्षमा सार्वजनिक ठाउँमा धूमपान गर्नेलाई जरिवाना लगाएर शुरु गरिएको अभियानसमेत त्यसै हराएर गएकाले अहिले जुनसुकै स्थानमा पनि प्रयोग हुने गरेको भन्दै काठमाडौँको स्वयम्भूस्थित सामुदायिक सेवा केन्द्रका अध्यक्ष अमित पाण्डेले नियमित कार्यक्रमको कमी भएको बताए।

मृत्युको सबैभन्दा ठूलो कारक नै सुर्तीजन्य पदार्यको प्रयोग भएको बताउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले अब यसको नियन्त्रणका लागि सबैको सामूहिक प्रयास जरुरी रहेको बताए। नेपाल प्रहरीले काठमाडौँको ठूला सरकारी अस्पताल र १०० मिटर आसपासमा भने प्रयोग र बेचविखन नियत्रण गर्न लागेको छ। यही वैशाख २९ गतेबाटै अभियान थालिने महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए।

धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनले मानव जीवनको आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा समेत नकारात्मक असर पार्ने भएकाले यसलाई नियन्त्रण गरी सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्न विसं २०६८ मा सरकारले ऐन ल्याएको थियो।
ऐनमा धूमपान वा सुर्ती सेवन गरे तुरुन्त रोक लगाउने र त्यसरी रोक लगाउँदा नमानेमा वा पटकपटक धूमपान वा सुर्तीसेवन गरेमा निजलाई त्यस्तो सार्वजनिकस्थलबाट बाहिर निकाल्ने वा रु १०० जरिवाना वा दुवै सजायको व्यवस्था छ। (रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मुटु रोग लागेको छ कि छैन ? आफै यसरी थाहा पाउन सकिन्छ...
Next article तेस्रो राष्ट्रिय मिडवाइफ्री सम्मेलन बैशाख २१ र २२ गते काठमाडौमा हुने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134420
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web