• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 12th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जापानले दियो चार एम्बुलेन्स

July 6th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जापानले दियो चार एम्बुलेन्स

नेपाल रेडक्रस सोसाइटीलाई जपान सरकारले सहयोगस्वरुप चार वटा एम्बुलेन्स प्रदान गरेको छ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा बुधबार आयोजित कार्यक्रममा नेपालकालागि जापानका  राजदूत मासासीओगाआले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाको उपस्थिथिमा ती एम्बुलेन्सहरूको साँचो नेपाल रेडक्रसका चारवटा जिल्ला शाखाका सभापतिहरूलाई हस्तान्तरण गरेका हुन । एम्बुलेन्स प्राप्तगर्नेहरूमा रौतहट, धनकुटा, जाजरकोट र खोटाङ रेडक्रस रहेका छन् । ती हरेक एम्वुलेन्सको लागत नौलाख ५६ हजार चार सय ३२ रुपैया रहेको छ । कार्यक्रममा स्वागत गर्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्नधाख्वाले नेपाल रेडक्रस सोसाइटीलाई जापान सरकार र जापानी रेडक्रसले लामो समयदेखि विभिन्न प्रकारले सहयोग गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो ।

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै जापानिज राजदूत मासासीओगाआले नेपालका ग्रामीण समुदायका मानिसहरूलाई स्वास्थ्य सेवाको खाँचो परिपूर्ति गर्न एम्बुलेन्स सहयोग गरिएको बताए ।  जापान सरकारले जनस्तरीय आयोजना र मानवीय सहयोग कार्यक्रम अन्तर्गतविगत २५ वर्षदेखि नेपाललाई सहयोग गर्दै आएको छ ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले नेपाल रेडक्रससँग तीन दशक अगाडिदेखि खानेपानी, सरसफाइलगायत मानवीय सेवाकार्यमा सहयोग गर्दै आएकोमा जापान सरकार, जापानिज रेडक्रस र जापानी जनताप्रति आभार प्रकट गरे ।

 

पहाडमा एम्वुलेन्स सञ्चालन कार्य चुनौतिपूर्ण रहेको बताउँदै जाजरकोट जिल्ला शाखा सभापति सनतकुमार कार्कीले जाजरकोट जिल्लाशाखाले पहिलो पटक सञ्चालन गर्न लागेको र नगरपालिका तथा गाउँपालिकासँग समन्वय गरेर दीगो रुपमा सेवा सञ्चालनगर्ने योजना रहेको बताए ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अब खेलाडीको उपचार गर्न छुट्टै अस्पताल
Next article मिर्गौला काण्ड छानविन गर्न सभासद्हरुको माग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132111
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

62
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web