• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

बालबालिकामा मोटोपन चुनौति बन्दै

October 10th, 2017 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बालबालिकामा मोटोपन चुनौति बन्दै

 

बिहे गरेको लामो समयपश्चात् जन्मेकी छोरीको हेरविचारमा धेरै नै समय दिन्थे रूपन्देहीका कपिल अधिकारी । विस्तारै छोरीको माग बमोजिम भान्छामा पाक्ने खानेकुरा बाहेक बजारमा पाइने पाकेटमा पाइने तयारी खानेकुरा किनीदिन थाले । छोरीले खानेकुरा खाँदा आनन्द मान्दै भनेअनुसारको माग पूरा गर्ने अधिकारी तबमात्र झस्के जब उनकी छोरीको तौल अत्यधिक  वृद्धि भई मोटोपन नै रोगको रूपमा विकसित भई समस्या देखा पर्यो । मोटोपनको कारण स्कुले साथीहरूले गिज्याउने र सामाजिक क्रियाकलापमा पनि त्यत्ति रुचि नदेखाउने उनको छोरीको पढाइ पनि त्यत्ति सन्तोषजनक भएन । पछि गएर १५ वर्षको सानो उमेरमा उनलाई मधुमेहको समस्या भयो । अधिकारीको छोरी त एक प्रतिनिधि पात्र मात्र हुन । हिजोआज बाबुआमाले बरू आफू एक पेट खाएर भए पनि छोराछोरीको मागबमोजिमका बजारमा सजिलै किन्न पाइने तयारी खानेकुरा दिने चलन बढ्दै गएको छ । यसले कालान्तरमा समस्यासमेत निम्त्याउने गरेकोले अहिले धेरै बाबुआमा तनावमा छन् ।

बालबालिकामा देखिने यस्तो मोटोपन नेपालमात्र होइन विश्वकै प्रमुख स्वास्थ्य समस्या बनेको छ । बाल स्वास्थ्यमा असर पु¥याउने यो एउटा गम्भीर प्रकृतिको अवस्था हो । सामान्यतया आफ्नो तौल र उमेरमा हुनुपर्ने तौलभन्दा बढी तौल देखिएमा मोटोपन भएको मानिन्छ । बालबालिकामा देखिने मोटोपनले वयस्क अवस्थामा मधुमेह, उक्त रक्तचाप तथा उच्च कोलेस्ट्रोलको समस्यातर्फ धकेल्ने विज्ञहरूले औंल्याएका छन् । मोटोपनाबाट गुज्रेका बालबालिका वयस्क त हुन्छन् नै । मोटोपनाले पछि गएर आफ्नै शरीरप्रति हीनभाव जाग्नुका साथै निराशातर्फ डो¥याउन सक्छ । यसले अध्ययन, खेलकुद, व्यक्तित्व विकास आदि क्रियाकलापमा सक्रिय हुन उत्साहित नहुने समस्या बढ्न जान्छ ।

विश्वमा पाँच वर्षमुनिका करिब चार करोड २० लाख बालबालिकामा मोटोपनको समस्या रहेको अनुमान गरिएको छ । केही वर्षअघि विकसित देशको लागि समस्या मानिएको मोटोपना अहिले आएर नेपालजस्तो विकासोन्मुख  देशका सहरहरूमा पनि देखिएको छ । एसिया महादेशकै कुरा गर्ने हो भने पनि पाँच वर्षमुनिका आधाभन्दा बढी बालबालिका यो समस्याबाट गुज्रेको मानिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार न्यून तौलभन्दा उच्च तौल भएका मानिसको असामयिक मृत्यु हुने खतरा बढी हुन्छ ।

सन् २०१३ को जुनदेखि डिसेम्बर महिनामा बालबालिकामा देखिने मोटोपनाका कारक तत्व र विद्यमान अवस्थाबारे नेपालको ललितपुरमा एक अध्ययन गरिएको थियो । उक्त अध्ययनमा ६ देखि १३ वर्षका नौ सय ८६ बालबालिका समेटिएका थिए । जसमध्ये दुई सय २५ जनामा मोटोपन देखिएको थियो । उच्चवर्गका एक वा दुईमात्र सन्तान भएका, जन्मिँदै बढी तौल भएका एवं सम्पन्न परिवारका बालबालिकामा मोटोपना देखिएको थियो ।

अन्तर्राष्ट्रिय संस्था राष्ट्रिय स्वास्थ्य तथ्यांक केन्द्रको २०१३र१४ को एक प्रतिवेदनअनुसार २–५ वर्ष उमेरसमूहका ८.९ प्रतिशत बालिबालिकामा, ६–११ उमेरसमूहका १७.५ प्रतिशत बालबालिकामा र १२–१९ वर्ष उमेरसमूहका २०.५ प्रतिशत बालबालिकामा विश्वव्यापी रूपमै मोटोपनाको समस्या रहेको पाइएको छ ।

मोटोपनाका नकारात्मक परिणाम

१. मुटुरोग, उच्च रक्तचाप, कोलेस्ट्रोल वृद्धि, मधुमेह तथा श्वास–प्रश्वाससम्बन्धी समस्या ।

२. दम तथा सुत्दा सास फेर्न गाह्रो हुने ।

३. मोटो शरीरका कारण हुने असुविधाले गर्दा मांसपेशी तथा हड्डीमा देखिने समस्या ।

४. फ्याटी लिभर अर्थात् कलेजोमा बोसो जम्ने समस्या ।

५. शरीर आकर्षक नदेखिने हुँदा आफ्नै शरीरप्रति हीनभावनाको विकास हुनु ।

६. डिप्रेसन अर्थात् निराशाका कारण व्यवहारमा परिवर्तन आउनु ।

७. आफ्ना साथीसँगी एवं सामाजिक रूपमै अपहेलित भएको महसुस गर्नु जसले गर्दा बालबालिकाको शैक्षिक तथा सामाजिक उन्नतिमा बाधा आउनु ।

८. युवा अवस्थामा पुगेपछि प्रजनन स्वास्थ्यमा समेत असर पर्नु ।

यसबाट बच्न आफ्ना बालबच्चाहरूलाई पर्याप्त मात्रामा स्तनपान गराउन जरुरी छ । शारीरिक कसरत अर्थात् सक्रियतालाई बढाउने र विद्यालयमा पढाइका अतिरिक्त नृत्य, खेलकुदलगायत विभिन्न क्रियाकलापमा सक्रिय गराउने, दिनको करिब एक घण्टा पसिना आउने गरी हिँड्नका लागि प्रेरित गर्न जरुरी छ । त्यसैगरी विद्यालय र घर दुवै ठाउँमा स्वस्थ खानपानमा ध्यान दिने र विशेष गरी फलफूल, जुस, सागपातजस्ता खाद्यान्न सेवन गराउने  अभिप्रेरित गरेमा मोटोपनबाट जोगाउन सकिन्छ । कार्बोनेटयुक्त तथा चिनीयुक्त खाद्यान्न सेवन न्यून गर्ने र बच्चाको तौल वृद्धिमा नियमित ध्यान दिएमा बालबालिकालाई मोटोपनबाट हुने समस्याबाट जोगाउन सकिन्छ ।कुनै रोग लाग्नुभन्दा रोग लाग्न नै नदिनु उत्तम मानिन्छ । आजभोलि अभिभावकहरू काममा व्यस्त हुने हुँदा आफ्ना बालबालिकाको स्वास्थ्यप्रति त्यति ध्यान दिएको पाइँदैन । यसले गर्दा घर तथा विद्यालयमा तयारी खाना खुवाउने बानीले गर्दा बालबालिकाको स्वास्थ्यमा गम्भीर प्रकृतिका समस्याहरू देखिने गरेका छन् । अभिभावक जतिसुकै व्यस्त भए पनि आफ्ना छोराछोरीको स्वास्थ्यको लागि पूर्ण रूपमा सचेत हुनु आवश्यक छ । उनीहरूको पोषण, शारीरिक सक्रियताजस्ता विषयमा स्वास्थ्य समस्या देखिनुअघि नै ध्यानदिनुपर्ने हुन्छ । यसो गरेमा हामीले आफ्ना बालबालिकालाई स्वस्थ राख्न सक्छौं, मोटोपनबाट जोगाउन सक्छौं ।

 

सुरक्षा सुवेदी, एशियन कलेज फर एडभान्स स्टडी, सातदोवाटो ललतिपुरमा नर्सिङ विषय प्राध्यापन गर्दै आइरहनुभएको छ । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article केमसानको १३ औं स्थापना दिवस
Next article    स्तन क्यान्सर चेतना जगाउन  विविद् कार्यक्रम

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133308
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

44
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web