• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 27th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

   स्तन क्यान्सर चेतना जगाउन  विविद् कार्यक्रम

October 11th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
   स्तन क्यान्सर चेतना जगाउन  विविद् कार्यक्रम

स्तन क्यान्सर सम्बन्धि जनचेतना बिस्तार गर्ने उद्देश्यले हरिसिद्घिस्थित नेपाल क्यान्सर अस्पतालले अक्टूबर महिनाभरि विविद् जनचेतनामूलक कार्यक्रमको आयोजना गरि मनाउने भएको छ ।

अस्पतालले बुधबार पत्रकार सम्मेलन गरि स्तन क्यान्सर सम्बन्धि जनचेतनामूलक पदयात्रा, स्तन क्यान्सरमाथि बिजय प्राप्त गरेका व्यक्तिहरुको भेला, स्तन क्यान्सर सम्बन्धि निशुल्क परामर्श सेवा, चेतनामूलक डबली नाच, स्तन क्यान्सरको स्क्रिनिङमा ५० प्रतिसत छुट लगायतका विविद् कार्यक्रम आयोजना गरिने जानकारी दिएको हो । अस्पतालले यही असोज २८ गते ( अक्टूबर १४ ) का दिन राजधानीको दरबारमार्गदेखि माइतीघर मण्डलासम्म चेतनामूलक क्यान्सर सम्बन्धि पदयात्रा (वाकाथन) को आयोजना गर्ने भएको छ भने ३० गते अस्पतालमै स्तन क्यान्सर माथि बिजय प्राप्त गरेका व्यक्तिहरुको भेलाको आयोजना गर्ने जनाएको छ ।

अस्पतालका अध्यक्ष एवं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.सुदीप श्रेष्ठका अनुसार अक्टूबरदेखि नोबेम्बर ८ सम्म स्तन क्यान्सर स्क्रिनिङमा ५० प्रतिसत छुट दिइने बताए ।  प्रारम्भिक अवस्थामा पहिचान गर्न सके ८० प्रतिसतको रोग निको पार्न सकिने अवस्था भएपनि जनचेतनाको कमिले नेपालमा रोग छिप्पिएपछि मात्र उपचारका लागि आउने गरेकाले ६५ प्रतिसतको मात्र पूर्ण निको पार्न सकिने अवस्था रहेको डा. श्रेष्ठले बताए । पत्रकार सम्मेलनमा अस्पतालका स्तन क्यान्सर विशेषज्ञ डा. कपिन्द्रसेखर अमात्यले स्तन क्यान्सरबाट बच्ने एकमात्र उत्तम उपाय प्रारम्भिक अवस्थामै यसको पहिचान गर्नु भएकोले जनचेतना जगाउनु जरुरी रहेको बताए ।

नेपालमा पाठेघरको मुखको क्यान्सर पछि महिलाहरुमा सबैभन्दा धेरै हुने नै स्तन क्यान्सर हो । विज्ञहरुका अनुसार हरेक वर्ष लगभग पाँच हजार नेपाली महिलाहरुलाई स्तन क्यान्सर हुने अनुमान गरिएको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेशनल बाथरोग सेन्टरमा निशुल्क शिविर
Next article बालबालिकामा मोटोपन चुनौति बन्दै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Aug 27th 10:49 AM
समाचार

बाढीले यातायत अवरुद्द भएपछि हुम्ला भन्दा पनि दुर्गम भयो त्रिशुली अस्पताल

Aug 27th 10:14 AM
समाचार

कोटेश्वर क्याम्पसका प्राध्यापक एवं कर्मचारीद्वारा भोटेकोशी बाढी प्रभावितलाई ५१ हजार सहयोग

Aug 26th 12:33 PM
समाचार

उपचारपछि पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी शाह नर्भिकबाट डिस्चार्ज

Aug 26th 11:36 AM
समाचार

सूर्ती उद्योगको संलग्नतामा हुन लागेको ‘बाह्रखरी कथा प्रतियोगिता’ प्रति एक्सन नेपालको आपत्ति

Aug 25th 11:56 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८ औं कलेजो प्रत्यारोपण सफल

Aug 25th 11:42 AM
समाचार

पाँच महिना बित्दा पनि सकिएन स्वास्थ्यमा सरुवा : नीति योजनामा डा. विवेक र क्षयरोगमा डा. गुणनीधि

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134271
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

66
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

14
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

70
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web